Monday, May 29, 2017
Wednesday, April 19, 2017
हैदराबाद १५ रनले विजयी
- 10:20 PM
- 0 comments
टस जितेर ब्याटिङ्ग गरेको सनराइजर्स हैदराबादले ४ विकेटको क्ष्यतिमा एक सय ९१ रन जोडेको थियो । उसका ओपनर तथा आक्राम ब्याट्समेन कप्तान डेविड वार्नर ४ रनमै आउट भएपनि म्यान फ दि म्याच कान विलियम्सन र शिखर धवन चम्किएपछि उच्च स्कोर बनाएको थियो । विलियम्सनले ५१ बलमा ६ चौका र ५ छक्काको सहायताले ८९ तथा धवनले ५० बलमा ७ चौका र एक छक्काको सहायताले ७० रन जोडेका थिए ।
युवराजसिंह मात्र ३ रनमा पेवेलियन फर्किदा मोइसेस हेनरीक्विस १२ तथा दीपक हुडा ९ रनमा अविजित रहे । आज किंग्स इलेभेन पन्जाब र मुम्बई इण्डीयन्सबीच प्रतिस्पर्धा हुनेछ ।
२०७४,बैसाख ७
Tuesday, April 4, 2017
पहिलो ट्वान्टी–ट्वान्टीमा बंगलादेश द्धारा श्रीलंका सामु १५६ रनको लक्ष्य प्रस्तुत
- 10:01 AM
- 0 comments
उत्तम रिजाल, श्रीलंका विरुद्धको पहिलो टि
ट्वान्टीमा बंगलादेशले एक सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कोलम्बोमा
टस जितेर ब्याटिङ्ग गरेको पाहुना टोली बंगलादेशले ६ विकेटको क्ष्यतिमा एस
सय ५५ रन जोडेको थियो ।
उसका
लागि मोसादेक हुसेनले सर्बाधिक अविजित ३४ , महमुदुल्लाहले ३१, ओपनर सौम्य
सरकारले २९ तथा सविर रहमानले १९ रनको योगदान दिए । आस गरिएका ओपनर तमिम
इक्वाल विनाकुनै रनमा आउट भएपछि टिमले खाता नै नखोली पहिलो विकेट गुमाएको
थियो । तर सरकार र रहमानले सम्हालिदैं ब्याटिङ्ग गरेसँगै टिमले सन्तोषजनक
स्कोर बजाएको थियो ।
बलिङ्गतर्फ लासिथ मालिङ्गाले २ तथा विकुम संजय, असेला गुनारत्ने र
सिक्कुज प्रसन्नाले समान एक विकेट लिए । जबाफमा एक सय ५६ रनको लक्ष्यका साथ
ब्याटिङ्ग थालेको घरेलु टोलीले आक्रामक शुरुवात गरेको छ ।
२२ चैत्र, २०७३
Sunday, April 2, 2017
मायामी ओपन टेनिसको उपाधि रोजर फेडेररलाई
- 11:11 PM
- 0 comments
पाँचौं मायामी ओपन टेनिसको उपाधि
रोजर फेडेररले जितेका छन् । फाइनलमा चिर प्रतिद्वन्द्वी राफेल नाडाललाई
हराएर फेडेररले उपाधि उचालेका हुन् ।
विश्व नम्बर ६ रोजर फेडेररले सातौं बरियताका राफेल नाडाललाई ६–३ र ६–४ को
सेटमा हराएर उपाधि उचालेका हुन् । स्वीस फेडेररले निक किरिओसलाई ७–६, ६–७ र
७–६ को सेटमा हराएर फाइनलमा स्थान बनाएका थिए ।
यस्तै
सातौं बरियताका स्पेनिस नाडालले सेमिफाइनलमा ४० औं बरियताका फाबियो
फोग्निनीलाई ६–१ र ७–५ को सेटमा हराएर फाइनलमा स्थान पक्का गरेका थिए । मायामी ओपनको फाइनल भेट फेडेरर र नाडालबिचको ३७ औं भेट थियो । फेडेररले
गएको जनवरीमा भएको अस्ट्रेलियन ओपनमा नाडाललाई हराएर उपाधि जितेका थिए ।
मायामी
ओपनको उपाधि तेश्रोपटक जितेका फेडेररले यसले आफूलाई फ्रेन्च ओपनमा राम्रो
प्रदर्शन गर्ने हौसला मिलेको बताए । घुँडाको चोटका कारण लामो समय कोर्टमा
नदेखिएका ३५ वर्षे फेडेरर मायामी ओपनको उपाधि जित्ने सबैभन्दा बढी उमेरका
खेलाडी पनि भएका छन् ।
लिग लिडर चेल्सीको अप्रत्यासित हार
- 10:57 PM
- 0 comments
लिग लिडर चेल्सीले अप्रत्यासित हार
ब्यहोरेपछि इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि होड रोमाञ्चक बनेको छ । गए
राति आफ्नै घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा उ क्रिस्टल
प्यालेससंग २–१ ले पराजित भयो । खेलको ५ औ मिनेटमा सेस फाब्रिगासको गोल
मार्फत अग्रता लिएपनि त्यसको ६ मिनेटमा २ गोल खाएको थियो ।
खेलपछि चेल्सी प्रशिक्षक एन्टोनी कोन्टेले अप्रत्यासित हारले प्रिमियर
लिगको उपाधि यात्रा अझ रोचक बनेको प्रतिक्रिया दिए । लिगमा ९ खेल बाँकी
रहदा लण्डन क्लब, दोस्रो स्थानको टोटनह्याम भन्दा ७ अंकले अघि छ । अर्को
खेलमा टोटनह्यामले वर्नलीलाई २–० ले पराजित गरेको छ । त्यस्तै, लिभरपुलले
एर्भटनलाई ३–१ ले पराजित गर्दै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने
सम्भावना बलियो बनाएको छ ।
शीर्ष चार भित्र पर्न संघर्षरत म्यानचेष्टर युनाईटेडले भने वेष्ट
ब्रोमसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको छ । पछिल्लो नतिजाले शीर्ष
चारभित्र पर्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने म्यान युको सम्भावना
कम्जोर बनेको छ । ९ खेल बाँकी छदा म्यान यु चौथो स्थामा रहेको म्यान्चेष्टर
सिटी भन्दा ४ अंकले पछाडी छ ।
२० चैत्र, २०७३
Friday, March 24, 2017
आयरल्याण्ड द्धारा अफगानिस्तान सामु २३० रनको लक्ष्य
- 1:16 AM
- 0 comments
उत्तम रिजाल, अफगानिस्तान विरुद्धको पाँचौ तथा
निर्णायक खेलमा आयरल्याण्डले २३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
इण्डीयाको
नोयडामा टस जितेर ब्याटिङ्ग गरेको उसले उत्कृष्ट शुरुवात गरेपनि मध्य
पंक्तिका ब्याट्समेन टिक्न नसक्दा उ ४८.१ ओभरमा २ सय २९ रनमै समेटिएको थियो
।
उसका
लागी ओपनर पउल स्टर्लिङ्गले सर्बाधिक ५१, एड जोइसले ४२ तथा कप्तान विलियम
पोटरफिल्ड र नेल ओब्रेनले समान ३४ रनको योगदान दिन बाहेक अन्यले खासै
प्रदर्शन गर्न सकेनन् । बलिङ्गतर्फ रसिद खानले ४, फरिद अहमदले ३ तथा दवलत
जद्रानले २ विकेट लिए । पाँच म्याचको श्रृंखला दुई–दुईको बराबरीमा रहेकोले
पनि सिरीज हातपार्न आजको खेलमा दुबै टिमलाई जित्नै पर्ने दबाब रहेको छ ।
११ चैत्र, २
Thursday, March 23, 2017
Wednesday, March 22, 2017
आयरल्याण्ड ३ विकेटले विजयी
- 9:19 AM
- 0 comments
अफगानिस्तान विरुद्धको चौथो वण्डेमा
आयरल्याण्ड ३ विकेटले विजयी भएको छ । अफगानिस्तानले प्रस्तुत गरेको २ सय
२१ रनको लक्ष्य उसले खेल सकिन १९ बल अगावै पुरा गर्यो ।
ओपनर ब्याट्समेन पउल स्टर्लिङ्गलाई २८, एड जोयसलाई २४ तथा कप्तान
विलियम पोटरफिल्डलाई ६ रनमा गुमाउँदा ३ विकेटको क्ष्यतिमा आयरल्याण्डले
मात्र ५९ रन जोडेको थियो । त्यसपछि दबाबमा रहेको उसले एक सय ३० रन
जोड्दा ६ विकेट गुमाएर पराजयतर्फ धकेलिएको उसका लागी विकेट किपर गेरी
विल्सल र केबिन ओब्रेनले ६६ रनको साझेदारी गरेपछि टोली जितको नजिक
पुगेको थियो । ६७ बलको सामना गरेका विल्सन ३ चौकाको सहायतामा ४१ रनमा
आउट भए ।
त्यसपछि क्रिजमा आएका जर्ज डकरेल र ओब्रेनले टिमलाई जीत दिलाए ।
अविजित यात्रा तय गरेका डकरेलले १० बलको सामनामा ५ तथा ६० बलको सामना गरेका
ओब्रेनले विष्फोटक ब्याटिङ्ग गर्दै ८ चौका र २ छक्काको सहायतामा ७२ रन
जोडे । उनले ४७ औं ओभरको पाँचौ बलमा चौका प्रहार गरेसँगै आयरल्याण्डले २ सय
२४ रन बनाएको थियो । ओब्रेन नै म्यान अफ दि म्याच घोषित भए । बलिङ्गतर्फ
मोहम्मद नाबीले ४ तथा रसिद खानले २ विकेट लिए ।
यसअघि इण्डीयाको नोयडामा टस जितेर ब्याटिङ्ग गरेको अफगानिस्तानले आफ्ना
आक्रामक र भरोसादार खेलाडीलाई सस्तैमा गुमाएपछि अफगानिस्तान एक सय २० रनमा
समेटिएको थियो ।
उसले खेल सकिन एक बल अगाबै सबै विकेट गुमायो । अफगानिस्तानले आफ्ना ६
ब्याट्समेनलाई दोहोरो अंकको रन जोड्न नपाउँदै गुमायो । ओपनर मोहम्मद सहजाद
एक रनमा आउट हुँदा उस्मान घानी तीन रनमा पेवेलियन फर्किए । त्यसपछि अर्का
आक्राम ब्याट्समेन राहत शाहले खाता खोल्नै भ्याएनन् । ११ रन जोड्दा ३ विकेट
गुमाएको उसले ८३ रन जोड्दा थप ४ विकेट गुमाएको थियो । त्यसपछि १४२ रन
जोड्दा आठौं विकेट गुमाएको थियो ।
उसका लागी सफिकउल्लाहले सर्बाधिक ४२ तथा मोहम्मद नाबी र दौलत जद्रानले
समान ४१ रनको योगदान दिए । जद्रान अविजित रहेका थिए । कप्तान अस्घर
तनिकजाइले ३५ रनको योगदान दिएका थिए । अफगानिस्तानलाई सस्तैमा समेट्ने
क्रममा केविन ओब्रेनले ४, जाकोब मुल्डरले ३ र एण्डी म्याकब्रेनले २ विकेट
लिए ।
जितसँगै पाँच म्याचको श्रृंखला २–२ को बराबरीमा पुगेको छ । पाँचौ तथा अन्तिम म्याच पर्सी शुक्रबार नोयडामा हुनेछ ।
९ चैत्र, २०७३
अफगानिस्तानद्धारा आयरल्याण्ड सामु २२१ रनको लक्ष्य प्रस्तुत
- 1:32 AM
- 0 comments
उत्तम रिजाल, आयरल्याण्ड विरुद्धको चौथो वण्डेमा
अफगानिस्तानले २ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ । इण्डीयाको नोयडामा
जारी खेलमा टस जितेर ब्याटिङ्ग गरेको अफगानिस्तानले आफ्ना आक्रामक र
भरोसादार खेलाडीलाई सस्तैमा गुमाएपछि कम लक्ष्य दिएको हो ।
उसले
खेल सकिन एक बल अगाबै सबै विकेट गुमायो । अफगानिस्तानले आफ्ना ६
ब्याट्समेनलाई दोहोरो अंकको रन जोड्न नपाउँदै गुमायो । ओपनर मोहम्मद सहजाद
एक रनमा आउट हुँदा उस्मान घानी तीन रनमा पेवेलियन फर्किए । त्यसपछि अर्का
आक्राम ब्याट्समेन राहत शाहले खाता खोल्नै भ्याएनन् । ११ रन जोड्दा ३ विकेट
गुमाएको उसले ८३ रन जोड्दा थप ४ विकेट गुमाएको थियो । त्यसपछि १४२ रन
जोड्दा आठौं विकेट गुमाएको थियो ।
उसका
लागी सफिकउल्लाहले सर्बाधिक ४२ तथा मोहम्मद नाबी र दौलत जद्रानले समान ४१
रनको योगदान दिए । जद्रान अविजित रहेका थिए । कप्तान अस्घर तनिकजाइले ३५
रनको योगदान दिएका थिए । अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा केविन
ओब्रेनले ४, जाकोब मुल्डरले ३ र एण्डी म्याकब्रेनले २ विकेट लिए । पाँच
म्याचको श्रृंखलामा अफगानिस्तान २–१ ले अघि रहेको छ ।
९ चैत्र, २०७३
Tuesday, March 21, 2017
घानाका रेफ्रीलाई आजीवन प्रतिबन्ध
- 2:45 AM
- 0 comments
एजेन्सी। विश्व फुटबल महासंघ फिफाले घानाका रेफ्री जोसेप ल्याम्पटीलाई फुटबल गतिविधिबाट आजीवन प्रतिबन्ध लगाएको छ । नियोजित रुपमा खेल हेरफेर गरेको भन्दै फिफाले राष्ट्रिय र अन्तराष्ट्रिय फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।
विश्वकप छनोट अन्र्तगत गत नेभेम्वरमा साउथ अफ्रिका र सेनेगलबीचको खेलको नतिजामा नियोजित हेरफेर गरेको भन्दै फिफाले प्रतिबन्ध लगाएको जनाएको छ । सेनेगलका खेलाडीले ह्यान्ड बल गरेको भन्दै रेफ्री जोसेफले पेनाल्टी दिएपनि रिप्लेमा त्यो घुडामा लागेको देखिएको थियो । सो खेल साउथ अफ्रिकाले २–१ ले जित्दै ४ टोली समुहको दोस्रो स्थानमा उक्लिएको थियो ।
आजिवन प्रतिबन्धको निर्णय बिरुद्ध ल्याम्पटीले फिफा र खेलकुदको सर्वोच्च अदालत कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्टसमा अपिल गर्न पाउनेछन ।
चैत्र ८, २०७३
Monday, March 20, 2017
इण्डीया र अष्ट्रेलियाबीचको तेस्रो टेष्ट बराबरी
- 10:33 AM
- 0 comments
इण्डीया र अष्ट्रेलियाबीचको तेस्रो
टेष्ट बराबरीमा सकिएको छ । आज पाँचौ तथा अन्तिम दिन पाहुँना टोली
अष्ट्रेलियाले पुरै खेलेपछि तेस्रो टेष्ट बराबरीमा सकिएको हो । चौथो दिन
७.२ ओभरमा २ विकेट गुमाएर दबाबमा रहेको कंगारु टोलीका लागी आज थप दबाब
रहेको थियो । आज ओपनर ब्याट्समेन म्याट रेन्स १५ तथा कप्तान स्टेभन स्मिथ
२१ रनमा आउट भएपछि पाहुना टोली संकटमा परेको थियो । यद्यपी सन मार्स र पेटर
हेन्ड्सकोम्बको साझेदारी घरेलु टोली इण्डीयाको लागी बाधक बन्यो ।
स्मिथलाई चौथो विकेटमा गुमाउँदा मात्र ६३ रन जोडेको कंगारु टोलीका लागी
मार्स र हेन्ड्सकोम्बको जोडीले एक सय ८७ रन सम्म पुर्याएका थिए । आज बाँकी
९२.४ ओभर मात्र खेल्नु पर्ने भएकोले पाहुना टोली संकटमा परेसँगै
पुरै ओभर टिक्न संघर्षरत थियो । मार्स रविन्द्र जडेजाको बलमा मुरली
विजयद्धारा समातिएका थिए । उनले एक सय ९७ बलको सामनामा ७ चौकाको सहायताले
५३ रन जोडे । उनी ९१.२ ओभरमा आउट भएका थिए ।
त्यसपछि क्रिजमा आएका आक्रामक ब्याट्समेन ग्लेन म्याक्सवेल मात्र २
रनमा पेवेलियन फर्किएपनि ह्याण्ड्सकोम्ब र विकेट किपर म्याथ्यु वाडले
अविजित खेलेका थिए । २०० बल खेलेका ह्याण्ड्सकोम्ब ७ चौका प्रहार गर्दै ७२
रनमा रहे भने वाडले १६ बलमा २ चौका हान्दै ९ रन जोडे । खेल सकिंदा पाहुना
टोलीले एक सय ओभरमा ६ विकेटको क्ष्यतिमा २ सय ४ रन बनाएको थियो ।
बलिङ्गतर्फ रविन्द्र जडेजाले ४ तथा इशान्त शर्मा र रविचन्द्रन अश्विनले
समान एक विकेट लिए ।
यसअघि राँचीमा टस जितेर ब्याटिङ्ग गरेको पाहुना टोली अष्ट्रेलियाले
पहिलो इनिङ्गमा कप्तान स्टेभन स्मिथको सर्बाधिक अविजित एक सय ७८ तथा ग्लेन
म्याक्सवेलको एक सय ४ रनको मद्दतमा १३७.३ ओभरमा ४ सय ५१ रन बनाएको थियो ।
जवाफमा घरेलु टोली इण्डीयाले उत्कृष्ट प्रदर्शन गर्दैै चेतेश्वर पुजराको
२ सय २ , ऋद्धिमान शाहाको एक सय १७ तथा ओपनर मुरली विजयको ८२ र लोकेश
राहुलको ६७ रनको मद्दतमा २१० ओभरमा ९ विकेटको क्ष्यतिमा ६ सय ३ रन बनाउँदै
इनिङ्ग समाप्तिको घोषणा गरेको थियो ।
यो बराबरीसँगै चार टेष्ट म्याचको श्रृंखला एक / एक को बराबरीमा कायमै
रहेको छ । यो खेलको म्यान अफ दि म्याच चेतेश्वर पुजरा भए । चौथो तथा
अन्त्मि टेष्ट १२ गतेबाट धर्मशालामा शुरु हुनेछ ।
७ चैत्र,२०७३
Sunday, March 19, 2017
दोस्रो टेष्टमा बंगलादेश ४ विकेटले विजयी, श्रृंखला बराबरी
- 6:21 AM
- 0 comments
बंलगादेश र
श्रीलंका बिचको दुई टेष्ट म्याचको श्रृंखला बराबरीमा सकिएको छ । श्रीलंका
विरुद्धको दोस्रो टेष्टमा बंगलादेश ४ विकेटले विजयी भएसँगै श्रृंखला एक /
एक को बराबरीमा सकिएको हो ।
श्रीलंकाले प्रस्तुत गरेको एक सय ९१ रनको लक्ष्य पाहुना टोली
बंगलादेशले ५७.५ ओभरमै पुरा गर्यो । बंगलादेशको जीतमा अक्रामक
ब्याट्समेत तथा ओपनर तमिम इक्वालले ८२, सविर रहमानले ४१, कप्तान
तथा विकेट किपर मुसफिकर रहिमले अविजित २२ तथा अलराउण्डर सकिब अल
हसनले १५ रनको योगदान दिए ।
बंगलादेशले पहिलो इनिङ्गमा सकिब अल हसनको एक सय १६, मोसादेक हुसेनको ७५, सौम्य सरकारको ६१ तथा मुसफिकर रहिमको ५२ रनको मद्दतमा १३४.३ ओभरमा ४ सय ६७ रन बनाएको थियो ।
घरेलु टोली श्रीलंकाले भने पहिलो इनिङ्गमा दिनेश चण्डीमालको एक सय ३८ तथा सुरंगा लकमलको ३५ रनको मद्दतमा ११३.३ ओभरमा ३ सय ३८ तथा दोस्रो इनिङ्गमा ओपनर दिमुथ करुनारत्नेको एक सय २६ तथा दिलरुवान परेराको ५० रनको मद्दतमा ११३.२ ओभरमा ३ सय १९ रन जोडेको थियो । प्लेयर अफ दि सिरीज सकिब अल हसन भए । पहिलो टेष्ट श्रीलंकाले २ सय ५९ रनले जितेको थियो ।
६ चैत्र,२०७३
बंगलादेशले पहिलो इनिङ्गमा सकिब अल हसनको एक सय १६, मोसादेक हुसेनको ७५, सौम्य सरकारको ६१ तथा मुसफिकर रहिमको ५२ रनको मद्दतमा १३४.३ ओभरमा ४ सय ६७ रन बनाएको थियो ।
घरेलु टोली श्रीलंकाले भने पहिलो इनिङ्गमा दिनेश चण्डीमालको एक सय ३८ तथा सुरंगा लकमलको ३५ रनको मद्दतमा ११३.३ ओभरमा ३ सय ३८ तथा दोस्रो इनिङ्गमा ओपनर दिमुथ करुनारत्नेको एक सय २६ तथा दिलरुवान परेराको ५० रनको मद्दतमा ११३.२ ओभरमा ३ सय १९ रन जोडेको थियो । प्लेयर अफ दि सिरीज सकिब अल हसन भए । पहिलो टेष्ट श्रीलंकाले २ सय ५९ रनले जितेको थियो ।
६ चैत्र,२०७३
Friday, March 17, 2017
इण्डीयाको गतिलो जबाफ
- 10:18 AM
- 0 comments
घरेलु टोली इण्डीयाले अष्ट्रेलिया
विरुद्धको तेस्रो टेष्टको पहिलो इनिङ्गमा गतिलो जबाफ दिएको छ । पाहुना टोली
अष्ट्रेलियालाई आज ४ सय ५१ रनमा रोक्दै आफ्नो इनिङ्ग शुरु गरेको उसले
दोस्रो दिनको खेल सकिंदा सम्म एक विकेट गुमाएर एक सय २० रन जोडेको छ ।
उसका लागि ओपनर दोय लोकेश राहुन र मुरली विजयले ९१ रनको साझेदारी गरे ।
राहुल एक सय २ बलको सामना गर्दै ९ चौकाको सहायताले ६७ रन जोडेर आउट भए ।
उनी पाट कुमिन्सको बलमा विकेट किपर म्याथ्यु वाडद्धारा क्याच आउट भए ।
क्रिजमा एक सय १२ बलको सामना गरेका मुरली विजय ६ चौकाको सहायताले ४२ तथा २६
बलको सामना गरेका चेतेश्वर पुजरा एक चौकाको सहायताले १० रनमा छन् ।
यसअघि आज ४ विकेटको क्ष्यतिमा २ सय ९९ रनबाट खेख्न शुरुगरेको पाहुना
टोली अष्ट्रेलियाले एकसय ३७.३ ओभरमा ४ सय ५१ रन जोडेको थियो । उसका लागि
कप्तान स्टेभन स्मिथले सर्बाधिक अविजित एक सय ७८, ग्लेन म्याक्सवेलले एक सय
४, म्याट रेनसले ४४ तथा विकेट किपर म्याथ्यु वाडले ३७ रनको योगदान दिएका
थिए । बलिङ्गतर्फ रविन्द्र जडेजाले ५, उमेश यादवले ३ तथा रविचन्द्रन
अश्विनले एक विकेट लिए ।
भोलि घरेलु टोली एक विकेटको क्ष्यतिमा एक सय २० रनबाट खेल्न शुरु गर्नेछ । चार टेष्ट म्याचको श्रृंखला एक एक को बराबरीमा छ ।
४ चैत्र,२०७३
Thursday, March 16, 2017
स्मिथ र म्याक्सवेलले बचाए अष्ट्रेलियालाई
- 10:41 AM
- 0 comments
इण्डिया विरुद्धको दोस्रो टेष्टको पहिलो इनिङ्गमा पाहुना टोलि अष्ट्रेलियालाई कप्तान स्टेभन स्मिथ र आक्रामक ब्याट्स मेन ग्लेन म्याक्सवेलले बचाएका छन् । एक सय ४० रन जोड्दै ४ विकेट गुमाइ सकेको पाहुना टोलिलाई यि दुईको जोडीले पहिलो दिनको खेल सकिंदा सम्म ९० ओभरमा ४ विकेटको क्ष्यतिमा २ सय ९९ रनको स्थितिमा पुर्याएका छन् ।
स्मिथले २ सय ४४ बलको सामना गर्दै १३ चौकाको सहायतामा एक सय १७ तथा म्याक्सवेलले एक सय ४७ बलको सामनामा ५ चौका र २ छक्काको सहायतामा ८२ रन जोडेका छन् । यसअघि राँचिमा टस जितेर ब्याटिङ्ग थालेको पाहुना टोलिले ओपनर डेविड वारनरलाई १९ ,म्याट रेनसलाई ४४, सन मार्सलाई २ तथा पेटर हेण्ड्सकोम्बलाई १९ रनमै गुमाएको थियो ।
वारनर आउट हुँदा पाहुना टोलिले ९.४ ओभरमा मात्र ५० रन जोडेको थियो । बलिङ्गतर्फ उमेश यादवले २ तथा रविन्द्र जडेजा र रविचन्द्रन अश्विनले एक र एक विकेट लिए । भोलि दोस्रो दिनको खेल शुरुहुँदा पाहुना टोलि २ सय ९९ रनबाट खेल्न शुरु गर्नेछ ।
भोलिको पहिलो बलको सामना म्याक्सवेलले गर्ने छन् । चार टेष्ट म्याचको श्रृंखला एक र एकको बराबरीमा छ ।
Wednesday, March 15, 2017
श्रीलंकाको खराब प्रदर्शन
- 9:45 PM
- 0 comments
बंगलादेश विरुद्धको दोस्रो टेष्टको पहिलो इनिङ्गमा श्रीलंकाले खराब प्रदर्शन गरेको छ । कोलम्बोमा टस जितेर ब्याटिङ्ग गरेको घरेलु टोलिले पहिलो दिनको खेल सकिंदा सम्म ८३.१ ओभर खेल्दै ७ विकेटको क्ष्यतिमा २ सय ३८ रन बनाएको छ । क्रिजमा दिनेश चण्डीमाल सर्बाधिक ८६ रनमा अविजित छन् ।
उनले २ सय १० बलको सामनामा ४ चौकाको सहायताले सो रन बनाएका हुन् । उनलाई
कप्तान रंगना हेराथले ६३ बलमा २ चौकाको सहायताले १८ रनमा साथ दिइरहेका छन्
। यसअघि ओपनर दिमुथ करुनारत्नेलाई पहिलो विकेट स्वरुप ७ रनमा गुमाएको
श्रीलंकाले कुशल मेण्डिसलाई दोस्रो विकेट स्वरुप ५ रनमा गुमाएको थियो ।
त्यसपछि अर्का ओपनर उपल थारंगा ११ तथा गनारत्ने १३ रनमा आउट हुँदा
धनन्जय डे शिल्भा र निरोशन डिकवेलले समान ३४ रनको योगदान दिए । त्यसपछि
दिलरुवान परेराले ९ रनमा चित्त बुझाए । बलिङ्गतर्फ मुस्तफिजुर रहमान र
मेहेदि हसनमिराजले २/२ तथा सुबाशिस रोय, तैजुल स्लाम र सकिब अल हसनले समान
एक विकेट लिए ।
भोलि दोस्रो दिनको खेल शुरुहुँदा घरेलु टोलिले ७ विकेटको क्ष्यतिमा २ सय ३८ रनबाट खेल्न शुरु गर्नेछ ।
२ चैत्र,२०७३
Monday, March 13, 2017
दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी
- 9:29 AM
- 0 comments
आइसिसि वल्ड क्रिकेट लिग च्याम्पियनसिपको केन्या
विरुद्धको दोस्रो खेलमा नेपाल विजयी भएको छ । नेपाल आज ७ विकेटले विजयी
भएको हो । पहिलो खेलमा पराजय भोगेर दवावमा रहेको नेपालले आजको जितसँगै केहि
आशा भने जगाएको छ ।
किर्तिपुर
स्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ्ग गरेको पाहुना टोली केन्याले
प्रस्तुत गरेको एक सय ५६ रनको लक्ष्य नेपालले खेल सकिन एक सय १८ बल अगावै
पुरा गरेको थियो । नेपालका लागि कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्लले
सर्बाधिक अविजित ६४ तथा दिपेन्द्रसिंह ऐरीले ६२ रनको योगदान दिए । ९३ बलको
सामना गरेका मल्लले ८ चौका र एक छक्का प्रहार गरे । उता सिनियर टोलीबाट
दोस्रो अन्तराष्ट्रिय प्रतियोगिता खेलेका ऐरीले ६६ बलमा ८ चौका र एक छक्का
प्रहार गरेका थिए । उनको अन्तराष्ट्रिय प्रतियोगिताको दोस्रो सर्वाधिक रन
हो ।
यस
अघि गत बर्ष मात्र अन्डर नाइन्टिन एशिया कपको समुह चरणको खेलमा श्रीलंका
विरुद्ध ९० रन बनाएका थिए । सो खेलमा उनी एलबीडब्लु धरापमा परेसँगै नेपाल
एक रनले पराजित भएको थियो । त्यस्तै आज शरद भेष्वाकरले आफ्नो आक्रामक खेल
देखाए । ११ बल मात्र खेलेका उनी ४ चौका र एक छक्का प्रहार गर्दै २४ रनमा
अविजित रहे । उनले ३१ औं ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दा नेपालले एक
सय ६० रन जोड्यो । अर्का ओपनर सुनिल धमला एक तथा सागर पुन ५ रनमा पेवेलियन
फर्किए ।
केन्याले
एक वाइ,दुई लेगवाई र एक वाइड गरी चार रन अतिरिक्त दिएको थियो । यसअघि
पहिले ब्याटिङ्ग गरेको केन्या ४६ दशमलव एक ओभरमा एक सय ५५ मा समेटिएको थियो
। उसका लागि कोलिन्स ओमोन्दी ओवुयाले सर्बाधिक ४८ तथा ओपनर इर्फान करिमले
३८ र कप्तान राकेप पटेलले २१ रन जोड्न बाहेक अन्यले खासै प्रदर्शन गर्न
सकेनन् । केन्यालाई सस्तैमा समेट्ने क्रममा अलराउण्डर शरद भेष्वाकरले ४,
मेहबुब आलम र बसन्त रेग्मीले दुई/दुई तथा संदिप लामिछाने र सागर पुनले
एक/एक विकेट लिएका थिए । जितसँगै नेपालको अघिल्लो चरण पुग्ने सम्भावना
कायमै रहेको छ ।
३० फागुन,२०७३
Saturday, March 11, 2017
उर्लावारीमा अन्तर विद्यालय बुद्धिचाल शुरु
- 11:32 PM
- 0 comments
मोरङ्गको उर्लावारीमा जारी प्याब्सन क्षेत्र नम्बर आठ अन्तरगत अन्तर
विद्यायलय बुद्धिचाल शुरु भएको छ । आजबाट शुरु प्रतियोगितामा पहिलो दिनका
तीन राउण्डको खेल सकिदा सम्म छात्र र छात्रातर्फ दुई/दुई खेलाडी समान अंकका
साथ अगाडी रहेका छन् ।
छात्रतर्फ सनसाइन इङ्गलिस बोर्डिङ्गका अनुस कार्की र मोदर मधुमल्लाका मन्दिप तिखत्री समान तीन अंकका साथ अगाडी रहेका छन् । पहिलो बोर्डमा खेलेका अनुसले सुनगाभाका दिपेन्द्र खनाललाई चित खुवाएका थिए । त्यस्तै तिखत्रीले विद्या ज्योतिका दिपक कार्कीलाई माथ दिए ।
छात्रतर्फ सनसाइन इङ्गलिस बोर्डिङ्गका अनुस कार्की र मोदर मधुमल्लाका मन्दिप तिखत्री समान तीन अंकका साथ अगाडी रहेका छन् । पहिलो बोर्डमा खेलेका अनुसले सुनगाभाका दिपेन्द्र खनाललाई चित खुवाएका थिए । त्यस्तै तिखत्रीले विद्या ज्योतिका दिपक कार्कीलाई माथ दिए ।
आस गरिएका सनसाइनका समिर खड्का भने दोस्रो
राउण्डको हारसँगै दुई अंकका साथ शिर्ष तीन भित्र पर्न संघर्षरत छन् ।
उनीसँगै अन्य चार खेलाडीको समान दुई अंक रहेको छ । उता छात्रातर्फ सनसाइनका
खुसी मुखिया र आष्मा थापा समान २।५ अंका साथ अगाडी रहेका छन् ।
अपराजित रहेका दुवैले तेस्रो राउण्डमा बरावरी खेलेका थिए । मुखिया मोरङ्गकै पहिलो महिला रेटेड खेलाडी हुन् । दुबै उपाधी हत्याउने दाउमा रहेका छन् । दुबैले अन्तिम राउण्डको खेल जिते थापा उपाधी चुम्न सफल हुनेछिन् । यस समुहमा आयोजक सुनगाभाकी मुविहाङ्गमा वनेम फागो र मोरङ्ग मोडलकी सजना दनुवार समान दुई अंकका साथ तेस्रो स्थान हात पर्न संघर्षरत छन् । भोलि अन्तिम दिन छात्रतर्फ दुई तथा छात्रातर्फ एक राउण्ड खेल हुने चिफ आरविटर नेपाल च्याम्पियन भुपेन्द्र निरौला निरजले जानकारी दिए ।
२३ फागुन,२०७३
अपराजित रहेका दुवैले तेस्रो राउण्डमा बरावरी खेलेका थिए । मुखिया मोरङ्गकै पहिलो महिला रेटेड खेलाडी हुन् । दुबै उपाधी हत्याउने दाउमा रहेका छन् । दुबैले अन्तिम राउण्डको खेल जिते थापा उपाधी चुम्न सफल हुनेछिन् । यस समुहमा आयोजक सुनगाभाकी मुविहाङ्गमा वनेम फागो र मोरङ्ग मोडलकी सजना दनुवार समान दुई अंकका साथ तेस्रो स्थान हात पर्न संघर्षरत छन् । भोलि अन्तिम दिन छात्रतर्फ दुई तथा छात्रातर्फ एक राउण्ड खेल हुने चिफ आरविटर नेपाल च्याम्पियन भुपेन्द्र निरौला निरजले जानकारी दिए ।
२३ फागुन,२०७३
Wednesday, February 1, 2017
साउथअफ्रिका १२१ रनले विजयी
- 10:18 PM
- 0 comments
श्रीलंका विरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा साउथअफ्रिका एक सय एक्काइस रनले विजयी भएको छ । डरवनमा टस हारेर ब्याटिङ्ग गरेको उसले प्रस्तुत गरेको ३ सय ८ रनको लक्ष्य पच्छ्याएको श्रीलंका ३७ दशमलव ५ ओभरमा मात्र एक सय ८६ रनमा समेटिएको थियो ।
उसका लागि दिनेश चण्डीमालले सर्बाधिक ३६ तथा उपल थारांगाले २६ रन जोडे। बलिङ्गतर्फ जेपी डुमिनी,वाइने परनेल र इम्रान ताहिरले समान २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ्ग गरेको साउथअफ्रिकाले भने डेविड मिलरको अविजित एक सय १७ र फाप डु प्लेसिसको एक सय पाँच रनको मद्दतले ६ विकेटको क्ष्यतिमा ३ सय ७ रन बनाएको थियो ।
जितसँगै साउथअफ्रिकाले पाँच एक दिवसिय म्याचको श्रृंखलामा दुई शुन्यको अग्रता लिएको छ ।
२० माघ,२०७३
Friday, January 6, 2017
न्युजिल्याण्डलाई श्रृंखला
- 8:05 PM
- 0 comments
उत्तम रिजाल, बंगलादेश विरुद्धको तीन ट्वान्टी–ट्वान्टी म्याचको श्रृंखला न्युजिल्याण्डले जितेको छ । दोस्रो ट्वान्टी–ट्वान्टी म्याचमा ४७ रनको जित हासिल गरेसँगै न्युजिल्याण्डले एक खेल अगावै श्रृंखला जितेको हो ।
न्युजिल्याण्डले प्रस्तुत गरेको एक सय ९६ रनको लक्ष्य पच्छ्याएको बंगलादेश १८ दशमलव एक ओभरमा एक सय ४८ रनमा समेटिएको थियो । उसका लागी सविर रहमानले ४८, सौम्य सरकारले ३९, महमदुल्लाहले १९ तथा नुरुल हसनले १० रन जोड्न बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् ।बलिङ्गतर्फ न्युजिल्याण्डका इण्डरवीर सिंह सोधीले ३ , कप्तान कान विलियम्सन र बेन ह्विलरले २/२ विकेट लिएका थिए । यसअघि टस हारेर ब्याटिङ्ग गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्ष्यतिमा एक सय ९५ रन बनाएको थियो ।
उसका लागी म्यान अफ दि म्याच कोलिन मुन्रोले एक सय एक ,टोम ब्रुसले ५९ र कप्तान कान विलियम्सनले १२ रनको योगदान दिएका थिए भने अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् ।
२३ पुस,२०७३
श्रीलंका विरुद्धको तीन टेष्ट म्याचको श्रृंखला साउथ अफ्रिकालाई
- 7:03 PM
- 0 comments
दोस्रो टेष्टमा पाहुना टोली श्रीलंकालाई २ सय ८२ रनले पराजित गर्दै साउथ अफ्रिकाले तीन टेष्ट म्याचको श्रृंखला एक खेल अगावै जितेको छ ।
जितका लागी ५ सय ७ रनको विशाल लक्ष्य पच्छ्याएको पाहुना टोली ६२ ओभरमा २ सय २४ रनमै समेटिएपछि घरेलु टोली विजयी भएको हो । श्रीलंकाका लागी कप्तान एंगेलो म्याथ्युजले ४९ , रंगना हेराथले अविजित ३५ , दिनेश चण्डिमालले ३० र कौशल शिल्भाले २९ रन जोड्न बाहेक अन्यले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । श्रीलंका यसअघि पहिलो इनिङ्गमा एक सय १० रनमा समेटिएको थियो ।
उता केपटाउनमा टस हारेर ब्याटिङ्ग गरेको घरेलु टोलीले भने पहिलो इनिङ्गमा ओपनर डिन एल्गरको एक सय २९ , क्विन्टोन डे कोकको एक सय एक र कप्तान फाप डु प्लेसिसको ३८ रनको मद्दतमा एक सय १६ ओभरमा ३ सय ९२ रन बनाएको थियो भने दोस्रो इनिङ्गमा ५१ दशमलव ५ ओभरमा ७ विकेटको क्ष्यतिमा २ सय २४ रन बनाउँदा इनिङ्ग समाप्तिको घोषणा गरेको थियो ।
खेलको म्यान अफ दि म्याच विजयी टिमका कागिसो रवाडा भए । उनले श्रीलंकाका ६ ब्याट्समेनलाई पेवेलियनको बाटो देखाएका थिए ।
२२ पुस, २०७३
अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मिरा र उनका प्रशिक्षक मल्ल सम्मानित
- 6:57 PM
- 0 comments
अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मिरा राई र उनका प्रशिक्षक ध्रुव विक्रम मल्ललाई झापाको दमकमा सम्मान गरिएको छ । सगरमाथा डोजाङ बेलायतका संस्थापक प्रमुख राष्ट्र राईको पहलमा उनीहरुलाई सम्मान गरिएको हो । खेलको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सफल भएकाले उनलाई सम्मान गरिएको राईले बताए ।
बेलायतस्थित डोजाङका प्रमुख तथा प्रशिक्षक राईको अगुवाईमा बेलायतका अन्य चार संस्था किरात राई यायोक्खा, किरात युथ अर्गनाइजेसन, जोन मार्सल आर्ट एकेडेमी र भोजपुर समाजको सहभागितामा मिरा राईको सहयोगार्थ ३० लाख रुपैयाँ संकलन गरिएको थियो। सोहि रकमबाट आज एक कार्यक्रम आयोजना गरी राईलाई २८ लाख र प्रशिक्षक ध्रुब मल्ललाई दुईलाख रुपैयाँसहित सम्मान गरिएको हो ।
उनीहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट ,नेपाली कांग्रेसकी सभासद महेन्द्रा सुब्बा लगायतले चेक हस्तान्तरण गरेका थिए । दमक रेडक्रस भवनमा भएको सम्मान कार्यक्रममा झापाका विभिन्न खेलकुद संघ संस्थाका पदाधिकारी र खेल प्रेमीहरुको उल्लेखिय उपस्थिति रहेको थियो । कार्यक्रमको आयोजना सगरमाथा मल्टि मार्सल आर्ट एकेडेमी दमकले गरेको थियो ।
२१ पुस, २०७३
Wednesday, January 4, 2017
अल्ट्रा म्याराथुन धाविका मिरा र उनका प्रशिक्षकलाई आज सम्मान गरिदैं
- 8:38 PM
- 0 comments
अल्ट्रा म्याराथुन धाविका मिरा राई र उनका प्रशिक्षक ध्रुव विक्रम मल्ल लाई आज सम्मान गरिदैं छ । उनीहरुलाई झापाको दमकमा नगद सहित सम्मान गर्न लागिएको हो । मिरालाई नगद २८ लाख तथा प्रशिक्षक मल्ललाई २ लाख सहित सम्मान गरिने छ। सरकार र नेताले उनको साहासिक यात्रा बुझ्न नसेके पनि झापा दमकका ब्रिटिस आर्मीका खुकुरी प्रशिक्षक राष्ट्र राईले उनलाई सम्मान गर्न लागेका हुन् । उनले अयोग्य भनि फालिएको तथा कम्जोर आर्थिक अबस्था भएको व्यक्तीले राष्ट्रको नाम विश्व सामु चिनाउँदा पनि त्यसको मुल्यांकन गर्न नसकेकाले उनी जस्ता राष्ट्रको नाम रोशन गर्नेका लागि केहि गर्नुपर्छ भन्ने भएर नै सम्मान गर्न लागिएको बताए ।
उनले मिरालाई राष्ट्रले नचिने पनि आँफुहरुले चिनेको बताए । खुकुरी प्रशिक्षक राईले ब्रिटेनमै उनले स्थापना गरेको शगरमाथा ताइकन्दो डोजाङ्ग युकेको पहलमा अन्य चार सहयोगी संस्थाकोे सहयोगमा उक्त रकम दिन लागेका हुन्। उनलाई किराँत राई यायोख्खा, जेन मार्शल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युके युथले सहयोग गरेको राईले बताए । खुकुरी प्रशिक्षक राईले मिरालाई खाडी मुलुक जान रोकेका गुरु धर्म विक्रम मल्ललाई पनि सम्मान गर्नुले राष्ट्रका लागि केहि योगदान दिन खोज्नेहरुलाई प्रेरणा मिल्ने बताए।
बाह्र बर्षको कलिलै उमेरमा माओवादी सशस्त्र द्धोन्द्धमा बन्दुक बोकाइएकी उनी माओवादी शान्ति प्रक्रियामा आएसँगै अयोग्य लडाकुमा परिणत भएकी थिइन् । माओवादी सत्ता प्राप्तीमा लागिरहदा योग्य भएकी उनी त्यतिबेला अयोग्य भइन जतिबेला माओवादी अध्यक्ष प्रधानमन्त्री हुने निश्चित थियो । त्यही पदको आशामा बसेका प्रचण्ड लगायतका माओवादी नेताहरुले अनमीनले लडाकु प्रमाणीकरण गर्दा उनीसँगै सयौं लडाकु अयोग्यको बिल्ला भिर्न बाध्य भए । त्यस पश्चात खिन्न मन भएपछि खाडी मुलुक जाने सोचका साथ तयारी गरेकी उनी धर्म विक्रम मल्ल नामका एक गुरुबाट रोकिइन र दौडतर्फ लागिन् । जसको फलस्वरुप उनी अल्ट्रा म्याराथुन धाविका बनिन् र आँफू अयोग्य नभएको मात्र होईन् नेताको सत्ता र कुर्सी मोहका कारण अयोग्य बनाइएको प्रमाणित गर्न सफल भइन् ।
प्रमाणिकरणमा अयोग्य भनिएपनि हरेश नखाई निरन्तरको मेहेनतले नेपाल र नेपालीको नाम विश्व सामु चिनाउन सकेको भन्दै उनको साहासिक कामको अहिले सर्बत्र चर्चा छ । सम्मान कार्यक्रम दमक रेडक्रस भवनमा गरि सम्मान गरिने शरगमाथा मल्टि मार्शल आर्टका अध्यक्ष तथा प्रशिक्षक दिपक धिमालले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको पनि उनले जानकारी दिए ।
२१ पुस, २०७३
Subscribe to:
Posts (Atom)