Open top menu
Thursday, June 16, 2016
जिल्ला स्तरीय बुद्धिचाल शुरु


२ असार,दमक /  झापाको दमकमा आजबाट जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । जिल्ला बुद्धिचाल संघको आयोजना तथा डाइनामिक चेस एकेडेमीको प्राविधिक सहयोग रहेको प्रतियोगितामा जिल्लाका नाम चलेका सहित अनरेटेडको पनि सहभागिता रहेको छ । दमकको दमक नगरपालिकाको भवनमा भइरहेको प्रतियोगितामा जिल्लाका ३४ खेलाडीको सहभागिता रहेको छ । नेपाल बुद्धिचाल संघका केन्दि«य अध्यक्ष भुपेन्द्र निरौला (निरज) को प्रमुख आतिथ्यमा शुरु भएको प्रतियोगितामा प्रमुख अतिथी निरौला र जिल्लाका अध्यक्ष विजय सुब्बाले गोटी नालेर संयुक्त रुपमा उद्घाटन गरिएको थियो । सात राउण्ड सम्म चल्ने प्रतियोगिता चार गते सकिने छ । 

Read more
फ्रान्स युरो कपको अन्तिम १६ मा

२ असार / युरो कप फुटबल खेलमा फ्रान्सले लगातार दोस्रो जित निकालेको छ । समूह ए अन्तरगत बुधबार भएको खेलमा फ्रान्सले अल्बानियालाई २-० ले हराएको हो । 

खेलको अन्त्यतिर एन्टोनी ग्रिजम्यान र दिमित्री पयेटले गरेको गोलको मद्धतमा फ्रान्सले अल्बानियालाई २–० गोल अन्तरले हराउन सक्यो । 
लगातार दोस्रो जितसँगै आयोजक फ्रान्स अन्तिम १६ मा स्थान बनाउने पहिलो टोली बनेको छ । खेलको ९० औँ मिनेटमा फ्रान्सका ग्रिजम्यानले गोल गर्दै खेलमा अग्रता दिलाए । थपिएको अतिरिक्त सात मिनेटको अन्त्यतिर फ्रान्सका पयेटले गोल गरेपछि अल्बानिया २-० ले पछि पर्‍यो ।  
अल्बानियाले गोल गर्ने केही अवसरलाई सदुपयोग गर्न सकेन । फ्रान्सले पहिलो खेलमा रोमानियालाई हराएको थियो । अल्वानिया स्विट्जरल्याण्डसँग पराजित भएको थियो । 

Read more