Open top menu
Friday, December 16, 2016
इण्डीयासँगको पराजयसँगै नेपाल बाहिरीयो


उत्तम रिजाल, १ पुस, २०७३    श्रीलंकामा जारी अण्डर नाइन्टीन एशिया कप क्रिकेटमा नेपाल इण्डीयासँग पराजित भएको छ । इण्डीयासँगको पराजयसँगै नेपाल प्रतियोगिताबाट पनि बाहिरीएको छ ।
समुह चरणको पहिलो खेलमा आयोजक श्रीलंकासँग एक रनले पराजित भएपछि बाँकी दुबै खेल जित्नु पर्ने दबाबमा रहेको नेपाल आज इण्डीयासँग ६ विकेटले पराजित भएको हो । कोलम्बोमा टस जितेर ब्याटिङ्ग गरेको नेपालले प्रस्तुत गरेको एक सय ७३ रनको लक्ष्य इण्डीयाले खेल सकिन ९९ बल अगाबै पुरा गरेको थियो । ओपनर  पृथ्वी सावलाई ५ रनमै नेपालका कप्तान तथा स्पिनर संदिप लामिछानेले पेवेलियनको बाटो देखाउँदै विकेट लिएर जित निकाल्न सक्ने संकेत देखाएपछि त्यसपछि सहत विकेट लिन नसक्दा पराजय भोगेको थियो ।
दोस्रो विकेटका लागी नेपालले १९ औं ओभर सम्म पर्खिनु परेको थियो । अर्का ओपनर हिमांसु राना दोस्रो विकेट स्वरुप १९ औं ओभरको अन्तिम बलमा विकेट किपर प्रकाश केसीद्धारा समातिएका थिए । उनी पवन सराफको बलमा केसीद्धारा समातिदा ६१ बलमा ५ चौका सहित ५१ रनमा थिए । टिमका लागि अर्का आक्रामक ब्याट्समेन सुबमन गिलले ५७ रनको योगदान दिएका थिए । बलिङ्गतर्फ पवन सराफले तीन तथा सन्दिप लामिछानेले एक विकेट लिए ।
यसअघि नेपालले रोहित कुमार पौडेलको अविजित ६८,दिपेन्द्रसिंह ऐरीको ३४,आसिफ सेखको १८,प्रकाश केसीको १३ तथा कप्तान सन्दिप लामिछानेको ७ रनको मद्दतमा निर्धारीत ५० ओभरमा ९ विकेट गुमाइ एक सय ७२ रन जोडेको थियो । नेपालले अब समुह चरणको अन्तिम खेलमा मलेशियाको सामना गर्नेछ । 
Read more