Open top menu
Monday, May 29, 2017
आषिस र खुसीलाई उपाधी

मोरङ्गको उर्लाबारीमा सम्पन्न तेस्रो सनसाइन कप विद्यालय स्तरीय खुला बुद्धिचालको उपाधी आयोजक सनसाइनका आषिस पाण्डेले जितेका छन् । पाँचौ राउण्ड सम्म उपाधी आशा नै नगरिएका उनी छैटौ र सातौ राउण्डको अप्रत्यासित नतिजासँगै च्याम्पियन बनेका हुन् ।  

पाँचौ राउण्ड सम्म अपराजित रहेका सोहि विद्यालयका आदेश दाहाल र सक्षम भण्डारीले छैटौ राउण्डमा बराबरी तथा सातौ राउण्डमा पराजय भोगेपछि पाण्डेले उपाधी उचालेका हुन् । छैटौ राउण्डको बराबरीसँगै उपाधी होड खुला भएको थियो । उनले ६ अंक जोडे । सातौ तथा अन्तिम राउण्डमा सक्षमले बराबरी मात्र खेलेको भएपनि उपाधी पाण्डेले पाउने थिएनन् ।  

आदेश सातौ राउण्डमा आफ्नै स्कुलका समिर खड्कासँग तथा सक्षम आषिससँग पराजित भए । समान ६ अंक भएपनि समिर दोस्रो तथा ५.५ अंकका साथ सक्षम तेस्रो भए । पाँचौ राउण्ड सम्म अपराजित रहेका आदेशले चौथो स्थानमा चित्त बुझाए । सोहि विद्यालयका श्रृजन खड्का पाँचौ तथा दमकको एभरेष्ट बोर्डिङ्ग स्कुलका प्रज्वल बस्नेत छैटौ भए । त्यस्तै सुनगाभाका दीपेन्द्र खनाल सातौ ,आयोजक सनसाइनकै शैलेश दुलाल आठौं,एभरेष्ट दमकका प्रशान्त शाहा नौ औं तथा पशुपति इङ्गलिस बोर्डिङ्ग स्कुल उर्लाबारीका रोशन भट्टराई दशौं भए ।

त्यस्तै गल्स तर्फको उपाधी आयोजक सनसाइनकै खुसी मुखियाले हात पारिन । उनले ५ अंक जोडेकी थिइन् । समान ५ अंक भएपनि एभरेष्ट दमकका कृपा अधिकारी दोस्रो र खुस्बु थापा तेस्रो भए । गल्सतर्फ नै आयोजकी आष्मा थापा ४.५ अंकका साथ चौथो हुँदा मोरङ्ग मोडलकी सलिना तामाङ्ग पाँचौ भइन् ।

त्यस्तै तेह्र बर्ष मुनिको उमेर समुहमा एभरेष्ट दमकका क्रिस अधिकारी प्रथम, समान ४ अंक नै भएपनि आयोजकका कुश कार्की दोस्रो र लभ कार्की तेस्रो भए । सोह्र बर्ष मुनिको उपाधी भने झापा मोडलका लाक्पा तामाङ्गले हात पारे । उनले ४ अंक जोडेका थिए । समान ४ अंक जोडेपनि प्रोगे्रसिभ प्वाइण्टका आधारमा एभरेष्ट दमकका मिसन दाहाल दोस्रो र मोदर मधुमल्लाका पंकज श्रेष्ठ तेस्रो भए । 

खुला तर्फका प्रथम देखी पाँचौ सम्मका विजेताले ट्रफी,मेडल सँगै नगद पन्ध्र सय ,एक हजार ,७ सय र पाँच। पाँच सय तथा गल्सतर्फ आठ सय , पाँच सय र तीन सय प्राप्त गरे । कार्यक्रममा चिफ आरविटर नेपाल च्याम्पियन भुपेन्द्र निरौला र आरविटर तथा संचारकर्मी उत्तम रिजाललाई सम्मान गरिएको थियो । 

विद्यालयका संस्थापक सुरेन्द्र सुवेदीको सभापतित्वमा भएको कार्यक्रम प्रिन्सिपल दीपक दंगालले संचालन गरेका थिए । प्रतियोगितामा झापा र मोरङ्गका एघार विद्यालयका ५४ विद्याथी सहभागी थिए ।

१५ जेठ,२०७४

Read more