Open top menu
Monday, July 18, 2016
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ऐतिहासिक मेरी लिवोनसंग खेल्दै


४ श्रावण, २०७३ /  आगामी बल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको तयारीका क्रममा बेलायतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ऐतिहासिक मेरी लिवोन क्रिकेट क्लबसंग अभ्यास खेल खेल्दैछ । एक सातादेखी बेलायतमा अभ्यासरत नेपाली टोली, आज बिश्वकै पुरानो क्रिकेट क्लब एमसीसीबिरुद्ध लर्डस्मा उत्रन लागेको हो ।

खेल एमसीसीको घरेलु मैदान लर्डसमा नेपाली समयानुसार अपरान्ह सवा ३ बजे सुरु हुनेछ । नेपाली टोलीले यसअघि ४ स्थानिय क्लबसँग अभ्यास खेल खेलेको थियो । सबै अभ्यास खेलमा नेपाली टोली बिजयी बनेको छ । पछिल्लो समय बलिङ र ब्याटिङमा उल्लेख्य सुधार गरेको नेपाली टोलीले ऐतिहासिक क्लब बिरुद्ध बिश्वकै सर्वाधिक चर्चित मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो ।  

नेपाली टोली भोली बेलायत–नेपाल दौत्य सम्बन्ध स्थापनाको दुई सय बर्ष पुगेको अबसरमा आयोजना हुने एक बिशेष कार्यक्रममा सहभागी भई पर्सी स्बदेश फर्कनेछ । नेदरल्याण्ड्सबिरुद्धको बल्र्ड क्रिकेट लिगको तयारीमा रहेको नेपाली टोली केहि दिनको घरेलु अभ्यासपछि यसै महिना नेदरल्याण्ड्स पुग्नेछ । बल्र्ड च्याम्पियन्सीप अन्तरगतको खेल भने आगामी साउन २९ र ३१ गते नेदरल्याण्ड्सको घरेलु मैदानमा हुदैछ ।  
Read more