Open top menu
Monday, June 13, 2016
झापा जिल्ला स्तरीय बुद्धिचाल हुने




३१ जेठ,दमक/ आगामी असार २ गते देखी झापाको दमकमा जिल्ला स्तरीय रेटिङ्ग बुद्धिचाल प्रतियोगिता हुने भएको छ । जिल्ला बुद्धिचाल संघ झापाका अध्यक्ष विजय सुब्बाका अनुसार प्रतियोगिता ४ गते सम्म चल्ने छ । सात राउण्ड सम्म चल्ने प्रतियोगिताका सबै खेल झापाको दमक नगरपालिकाको भवनमा संचालन हुने छन् । प्रतियोगितामा च्याम्पियन हुने खेलाडीले नगद पाँच हजार,ट्रफी र मेडल प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुने खेलाडीले नगद तीन हजार,ट्रफी र मेडल,तेस्रो हुने खेलाडीले नगद दुई हजार,ट्रफी र मेडल,चौथो र पाँचौ हुने खेलाडीले नगद पन्ध्र सय र मेडल तथा छैटौ देखी दशौं सम्मकाले नगद पाँच सय र मेडल प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा महिला प्रथम हुनेले नगद एक हजार,ट्रफी र मेडल,दोस्रो र तेस्रो हुनेले नगद पाँच सय र मेडल प्राप्त गर्ने छन् । उमेर समुहमा पनि प्रथम हुनेले पुरस्कार पाउने छन् । जस अन्तरगत बेष्ट अण्डर सिक्सटिन, बेष्ट अण्डर थर्टीन,बेष्ट अण्डर इलेभेन,बेष्ट भेट्रान र बेष्ट अनरेटेड रहेका छन् । उनीहरुले नगद पाँच सयसँगै मेडल प्राप्त गर्ने नेपाल च्याम्पियन तथा क्यान्डिडेट माष्टर भुपेन्द्र निरौला ( निरज ) ले जानकारी दिए । प्रतियोगितामा सहभागिता जनाउनका लागि असार एक गते सम्म सम्पर्क गर्न पनि जिल्ला बुद्धिचाल संघले झापाका सबै खेलाडीलाई अनुरोध गरेको छ । जिल्लामा उत्कृष्ट खेलाडी उत्पादनका लागी र बुद्धिचाल खेल प्रति विद्यार्थीहरुको लगाव बढाउन पनि यस प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष सुब्बाले जानकारी दिए । 

Read more