Open top menu
Thursday, July 21, 2016
Konta ruthless in Stanford

Johanna Konta serves 11 aces in easy win over Julia Boserup in California




Johanna Konta had few problems in beating Julia Boserup
Johanna Konta had few problems in beating Julia Boserup
Johanna Konta cruised past Julia Boserup 6-3 6-1 in her first game at the Bank Of The West Classic in Stanford.
The British No 1, seeded three for the tournament in California, was playing for the first time since her second-round exit against Eugenie Bouchard at Wimbledon late last month.

Konta was in dominant form in the second-round encounter, allowing only one break point - which she saved - to the wildcard entrant and serving up 11 aces.
Read more
नवयुग वर्ष खेलाडी , नमितालाई पिपुल च्वाइस

६ श्रावण, २०७३  काठमाडौं /   नेपाली राष्ट्रिय फुटबल टोली तथा त्रिभूवन आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठले वर्ष खेलाडीको उपाधी जितेका छन्। 


आज राजधानीमा आयोजित ‘पल्सर स्पोर्टस् अवार्ड–२०७२’ मा नवयुग पुरुषतर्फ वर्ष खेलाडी  घोषित भएका हुन्। उनले फुटबलका विकेश कुथु,भारोक्तोलनका विकास थापा, उसुका राजेश चौधरी तथा तेक्वान्दोका वीरबहादुर महरालाई पछि पारे। 

त्यस्तै, महिलातर्फ जुडोकी फुपु ल्यामु खत्री महिला वर्ष खेलाडी २०७२ घोषित भइन्। उनले उसुकी निमा घर्ती मगर, स्विमिङकी गौरिका सिंह, ट्रयाल्याथोनकी रोजा केसीलाई पछि पारिन्। पिपुल च्वाइस अवार्ड भने टेवल टेनिसकी नमिता श्रेष्ठले जितेकी छन्। एसएमएस तथा फेसबुक भोटको आधारमा चुनिने पिपुल च्वाइस अवार्डमा उनले क्रिक्रेटका सन्दिप लामिछाने,फुटबलका नवयुग श्रेष्ठ, भलिबलकी प्रतिभा माली तथा भरोक्तोलनकी तारादेवी पुनलाई पछि पारिन्।


उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी तथा पिपुल च्वाइस अवार्डका विजेतालाई नगद ५० हजारसहित पल्सर मोटरसाइकल प्रदान गरिएको थियो। उत्कृष्ट पारा एथलेटिक्सको अवार्ड भने सीता भण्डारीले जितिन्। उनलाई नगद ५० हजारसहित सम्मान गरिएको थियो।

त्यस्तै, फुटबल प्रशिक्षक बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक घोषित भए। उनले फुटबलकै राजुकाजी शाक्य, क्रिक्रेटका जगत टमाटा, उसुका प्रकाश महर्जन तथा जुडोका दलबहादुर गरुङलेलाई पछि पारे। उनले ५० हजार नगद हात पारे। फुटबलकै अन्जन विष्ट युवा वर्ष खेलाडी घोषित भए। उनले क्रिक्रेटका सन्दिप लामीछाने, स्विमिङकी गौरिका सिंह, उसुकी निमा घर्ती मगर, जुडोकी मनिता श्रेष्ठलाई पछि पारे। उनले ५० हजार नगद हात पारे।


सो अवसरमा फिफा रेफ्रि श्रीराम रन्जितकारलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। त्यस्तै गत वर्ष आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएका एन्फाका उपाध्यक्ष स्व। ललितकृष्ण श्रेष्ठलाई फुटबल क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप स्पेशल अवार्ड प्रदान गरिएको छ। त्यस्तै, २३ वर्षपछि राष्ट्रिय टोलीलाई फुटबलमा उपाधि दिलाउन सफल नेपाली राष्ट्रिय फुटबल टिमलाई टिम अफ दि इयरबाट सम्मानीत गरिएको छ।
Read more
पल्सर स्पोर्टस अवार्ड आज

६ श्रावण, २०७३ काठमाडौं /  नेपाली खेलकुदमा सक्रिय युवा देखि पुराना पुस्ताका खेलाडी,प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७२ आज आयोजना हुँदैछ। अवार्डको सम्पूर्ण तयार पुरा भएको नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ।

अवार्डमा विभिन्न ८ विधामा पुरस्कार वितरण गरिने मञ्चले विज्ञप्तीमार्फत उल्खेल गरेको छ। मञ्चले बर्षका उत्कृष्ट खेलाडी महिला, पुरुष, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट अवार्ड, स्पेशल अवार्ड र लाइफ टाइभ एचिभमेन्ट अवार्ड प्रदान गर्नेछ। गत बर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सफलताका आधारमा महिला,पुरुष, युवा र प्रशिक्षकको मनोनयनमा रहेका ५/५ मध्येबाट एक जना विजेता बन्नेछन्। यी चार विधामा गत बर्ष भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद ९साग० का पदक विजेताको बाहुल्यता रहेको छ।

बर्षको उत्कृष्ट खेलाडी पुरुषमा फुटबलका नवयुग श्रेष्ठ र विकेश कुथु, भारोत्तोलनका विकास थापा, उसुका राजेश चौधरी र तेक्वान्दोका वीरबहादुर महरा छन्। महिलामा उसुकी नीमा घर्तीमगर, जुडोकी फुपू ल्हामु खत्री, पौडीकी गौरिका सिंह, ट्रायथलनकी रोजा केसी र तेक्वान्दोकी रेजिना कार्कीबीच प्रतिस्पर्धा छ।


युवा खेलाडीमा नीमा, गौरिका, क्रिकेटका सन्दीप लामिछाने, जुडोकी मनिता श्रेष्ठ प्रधान र फुटबलका अञ्जन विष्ट मनोनयमा रहेका छन्। प्रशिक्षकमा फुटबलका राजु शाक्य र बालगोपाल महर्जन, उसुका प्रकाश महर्जन, जुडोका दलबहादुर गुरुङ र क्रिकेटका जगत टमाटा छन्।


पिपल्स च्वाइनमा भलिबलकी प्रतिभा माली, टेबल टेनिसकी नविता श्रेष्ठ , भारोत्तोलनकी तारादेवी पुन, क्रिकेटका सन्दीप र फुटबलका नवयुग मनोनयनमा छन्। फुटबलका नवयुग, क्रिकेटका सन्दीप, उसुकी निमा र पौडीकी गौरिका २/२ विधाको मनोयनमा छन्।

पिपल्स च्वाइस अवार्डको विजेताको घोषणा भने एमएमएस भोटिङ र फेसबुक लाइकका आधारमा सर्वाधिक मत प्राप्त गर्नेले एकजनाले जित्नेछन्। प्रदर्शनकै आधारमा दिइने पारा एथलिट अवार्डमा भने सोझै एक जना विजेताको नाम घोषाण गरिने मञ्चले जनाएको छ। खेलकुदमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति वा संस्थालाई स्पेशल अवार्ड प्रदान गरिनेछ। त्यस्तै आफ्नो जीवनभर नेपाली खेलकुद क्षेत्रमा सक्रिय रहने एकजनालाई लाइफ टाइम अवार्डबाट सम्मानित गरिने बताइएको छ।

बर्षका उत्कृष्ट खेलाडी महिला, पुरुष र पिपल्स च्वाइका विजेताले ट्रफीसहित पल्सर मोटरसाइकल प्राप्त गर्ने छन् भने अन्य विधाका विजेताले ५० हजार रुपैयाँ पाउनेछन्।
Read more
शिरीष द्धारा दुई राष्ट्रिय कीर्तिमान, सोफियालाई ५ स्वर्ण

 ६ श्रावण ,२०७३ काठमाडौं /  रियो ओलम्पिक खेल्ने तयारीमा रहेका शिरीष गुरुङले २१ औं राष्ट्रिय खुला तथा अन्तरविद्यालय उमेर समूहको पौडी प्रतियोगितामा बुधबार दुई राष्ट्रिय कीर्तिमान बनाएका छन्। शिरीषले कीर्तिमान बनाएको दिन उनकै साथी सोफिया शाहले ५ स्वर्ण पदक जितिन्। 


शिरीषले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा ब्याकस्ट्रोकको १०० मिटर र ५० मिटरमाकीर्तिमान बनाएका थिए। उनले अघिल्लो दिन १०० मिटर फ्रिस्टायल, २०० मिटर व्यक्तिगत मिड्ले, १०० मिटर बटरफ्लाई र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेका थिए। तर कीर्तिमान भने बनाउन सकेका थिएनन्।  


शिरीषले आफ्नै नामको कीर्तिमानमा सुधार गरेका हुन्। राष्ट्रिय कीर्तिमानमा वर्चस्व राख्दै आएकाशिरीषले १०० मिटर ब्याकस्ट्रोक १ मिनेट १२ सेकेन्डमा पूरा गरेका थिए। यसअघि उनले सन् २०१५ मा काठमाडौंमा सम्पन्न सातौं राष्ट्रिय पौडी च्याम्पियनसिपमा १ मिनेट १२.०९ सेकेन्डको कीर्तिमान राखेका थिए।

शिरीषले ५० मिटर बेस्टस्ट्रोकमा ३२.६२ सेकेन्डको कीर्तिमान सुधार्दै ३१.९८ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरेका थिए। ओलम्पिकछात्रवृत्तिमा थाइल्यान्डमा प्रशिक्षण गरेर फर्किएका शिरीषसँग लन्डनमा रहेकी गौरिका सिंह वाइल्ड कार्डमार्फत रियो ओलम्पिकमा प्रतिस्पर्धा गर्दै छन्।


गौरिकाले भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुदमा १ रजत र ३ कांस्य पदक जितेकी थिइन्। व्यक्तिगततर्फ नेपाली पौडीमा पदक जित्ने १३ वर्षीया गौरिका पहिलो खेलाडी हुन्। शिरीषले बुधबार २०० मिटर फ्रिस्टायल र ५० मिटर फ्रिस्टायलमा पनि स्वर्ण पदक जितेका थिए। उनले २ मिनेट १७ सेकेन्डमा २०० मिटर पूरा गर्दै स्वर्ण जित्दा २६.५६ सेकेन्डबाट ५० मिटरको दुरी पार गरेका थिए ।

सोफियाले २०० मिटर महिला व्यक्तिगत मिड्लेमा स्वर्ण जित्दा ३ मिनेट ००.४१ सेकेन्ड लगाइन्। लिंकन स्कुलकी सोफियाले १०० मिटर ब्याकस्ट्रोक, ५० मिटर ब्याकस्ट्रोक, ५० मिटर फ्रिस्टायल र १०० मिटर बटरफ्लाईमा स्वर्ण जितिन्। उनले १०० मिटर ब्याकस्ट्रोकको स्वर्ण जित्दा १ मिनेट २१.०४ सेकेन्ड लगाइन्। ५० मिटर ब्याकस्ट्रोक ३६.४४ सेकेन्ड र १०० मिटर बटरफ्लाई १ मिनेट २३.८७ सेकेन्डमा पूरा गरेकी थिइन्।  


यसैगरी यु–१० गर्ल्सको ५० मिटर ब्याकस्ट्रोक ४३.८१ सेकेन्डमा पूरा गर्दै डुअना लामाले स्वर्ण जितिन्। सोही इभेन्टको ब्वाइजमा नासिर हुसैनले ४०.८७ सेकेन्डबाट स्वर्ण जिते। यु–१२ गर्ल्स ५० मिटर ब्याकस्ट्रोकमा समिरा निर्सागाले ४६.५३ सेकेन्डबाट स्वर्ण जितिन्। २०० मिटर बेस्टस्ट्रोकमा किरण कार्कीले स्वर्ण जितेका थिए। उनले २ मिनेट ४८.३४ सेकेन्डमा दुरी पार गर्दैस्वर्ण जितेका थिए। किरणले १०० मिटर बेस्टस्ट्रोकमा पनि आफ्नो प्रभुत्व राख्दै स्वर्ण जितेका थिए। उनले उक्त इभेन्ट १ मिनेट १५.३४ सेकेन्डमा पूरा गरेका थिए।
Read more
प्रिमियर लिगका स्टारहरूलाई रेफ्रीप्रति सम्मान गर्न चेतावनी

 ६ श्रावण ,२०७३ /  नयाँ सिजन सुरु हुनुपूर्व इङ्लिस प्रिमियर लिगका स्टारहरूलाई आफ्नो व्यवहारमा सुधार गर्दै रेफ्रीप्रति सम्मान गर्न चेतावनी दिइएको छ। खेलाडीले अपशब्द प्रयोग तथा आक्रामक व्यवहारबाट रेफ्रीलाई दुर्व्यवहार गर्ने घटनाहरू बढ्दै जान थालेपछि इङ्ल्यान्ड फुटबल संघ एफए, प्रिमियर लिग र फुटबल लिगले बुधबार यस्तो चेतावनी जारी गरेका हुन्। 

खेलाडी र प्रशिक्षकले रेफ्रीलाई घेरेर प्रभावित गर्न खोज्ने, शारीरिक रूपमा छुने र विभिन्न रूपमा निराश पार्ने घटनाका कारण इङ्लिस फुटबलको सर्वोच्च निकायले आफू हैरान भएको जनाएको छ। खेलाडी र प्रशिक्षक सानो उमेरका बालबच्चाहरूको आदर्श हुने भएकाले उनीहरूले जस्तो व्यवहार देखायो, बालबालिकाले त्यही सिक्ने भएकाले पनि खेलाडीहरू सच्चिनुपर्ने बताइएको छ।


अप्रिलमा वेस्ट ह्यामविरुद्धको खेलमा विवादास्पद रूपमा रातो कार्ड पाएपछि लेस्टर सिटीका स्ट्राइकर जेमी भार्डेले रेफ्री जोनाथन मोसलाई गरेको व्यवहार गत सिजनमा ठूलै चर्चाको विषय बनेको थियो। मोसले डाइभिङ गरेवापत भार्डेलाई रातो कार्ड देखाएका थिए। यसैगरी टोटेनह्याम र चेल्सीबीच बराबरीमा सम्पन्न महŒवपूर्ण खेलमा पनि खेलाडी र प्रशिक्षकको व्यवहार रेफ्रीप्रति राम्रो थिएन। जसका कारण दुवै क्लबलाई ठूलो जरिवाना गरिएको थियो। 

एफएले ल्याएको नयाँ नीतिअनुसार यो सिजनदेखि रेफ्रीलाई अपशब्द प्रयोग गर्ने खेलाडीले सोझै रातो कार्ड सामना गर्नुपर्नेछ। यसैगरी आक्रामक रूपमा शरीर छुने गरी केही अपिल गरेमा पनि सोझै रातो कार्ड देखाइने छ। थुप्रै खेलाडीले रेफ्रीलाई घेरेर अपिल गरेमा पनि रेफ्रीले कम्तीमा एक खेलाडीलाई पहेँलो कार्ड देखाउनुपर्नेछ। प्रिमियर लिगका कार्यकारी अध्यक्ष रिचार्ड सुडामोरले आउँदो सिजनदेखि अनुशासनको मामलामा शून्य सहनशीलताको नीति लिइएको बताए।  

खेलाडीजस्तै रेफ्रीलाई पनि कुनै विवादका घटना हुँदा खेलाडी वा प्रशिक्षकलाई छोएर व्यवहार नगर्न निर्देशित गरिएको छ।  
Read more
 विना पारिश्रमिक प्रशिक्षकका रुपमा काम गर्ने म्यारोडोनाको भनाई

५ श्रावण,२०७३ / अर्जेन्टिनाका पूर्वकप्तान डिएगो म्यारोडोनाले आफू पुन प्रशिक्षकका रुपमा विना पारिश्रमिक काम गर्ने  बताएका छन्। म्यारोडोना राष्ट्रिय टोलीमा फर्कन आतुर छन्। 


प्रशिक्षक गिराडो मार्टीनोले कोपा अमेरिकापछि पदबाट राजीनामा दिएपछि अर्जेन्टिना नयाँ प्रशिक्षकको खोजीमा छ। यसकालागि उसले डिएगो सिमोनलाई राष्ट्रिय टोलीको प्रशिक्षक बन्न प्रस्ताव गरेको थियो। तर उनले पारिश्रमिक सुविधामा चिक्त नबुझेको भन्दै उक्त प्रस्ताव अस्विकार गरेका थिए।

म्यारोडोनाले यसअघि सन् २००८ देखि २०१० सम्म राष्ट्रिय टिम सम्हालेका थिए। सन् २०१० को विश्वकपको क्वाटरफाइनलमा जर्मनसँग ४–०  गोल अन्तरले पराजित भएपछि उनले पद बाट राजीनामा दिएका थिए।
Read more
नेपाली क्रिकेट टोलीले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएसँगै मेरिलेबोन ४१ रनले पराजित

५ श्रावण, २०७३ /  नेपाली राष्ट्रिय क्रिकेट टोलीले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएसँगै मेरिलेबोन क्रिकेट क्लब एमसिसी माथि ४१ रनको जित हासिल गरेको छ।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाइ २ सय १७ रन बनाएको थियो। नेपालका स्पिनरहरूले उत्कृष्ट बलिङ गरेपछि २ सय १८ रनको लक्ष्य पछ्याएको एमसिसीले ४२।२ ओभरमा सबै विकेट गुमाएर १ सय ७६ रनमात्र जोड्न सकेको थियो ।

नेपालले इङ्ल्यान्ड भ्रमणलाई साउन २९ र ३१ मा नेदरल्यान्डविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका रूपमा लिएको छ । नेपाल–बेलायतबीचको दौत्यसम्बन्ध स्थापनाको दुई सय वर्षगाँठमा यो क्रिकेट भएको हो ।

एमसिसीका जिए एडैरले शतक प्रहार गरे पनि टोलीलाई जितको हकदार बनाउन सकेनन् । ओपनर एडैरले १ सय २३ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै १ सय रन बनाए । उनलाई वसन्त रेग्मीले राजु रिजालको हातबाट क्याचआउट गराए। अन्य ब्याट्सम्यानले नेपाली स्पिनरसामु खुलेर खेल्न सकेनन् । आइएम विल्किन्सलेले २० र एस क्लार्कले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । विल्किन्सनलाई सोमपाल कामीले बोल्ड गरे भने ओपनर क्लार्कशक्ति गौचनबाट बोल्ड हुन पुगे। बलिङ्गतर्फ वसन्त रेग्मी र सागर पुनले ३–३ , सोमपाल कामीले २ तथा सन्दिप लामिछाने र शक्ति गौचनले १–१ विकेट लिए । 

त्यसअघि टस जितेको नेपालले तेस्रो ओभरमै ओपनर अनिल मण्डललाई २ रनमा गुमाएको थियो । ४ बल खेलेका अनिल केपी डुचको बलमा कट एन्ड बोल्ड भएका थिए । त्यसपछि ब्याटिङ आएका शरद भेषावकरले पनि लामो इनिङ खेल्न सकेनन् । १३औं ओभरको पाँचौं बलमा शरद एस क्लार्कको बलमा बोल्ड भए । ४० बल खेलेका शरदले ५ चौका प्रहार गरे । पछिल्लो समय टोलीमा शरद लयमा देखिए । फिनिसरका रूमा खेल्ने शरदले नामिबियाविरुद्धको खेलपछि टोलीको इनिङ सम्हाल्ने जिम्मेवारी पाएका छन् । त्यसमा उनी सफलहुँदै आएका छन् ।

कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले नेपालको इनिङ सम्हाले । यिनीहरूले तेस्रो विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । २३औं ओभरको पहिलो बलमै ज्ञानेन्द्र केथ फिलिप डचको बलमा कट एन्ड बोल्ड भएका थिए । ६३ बल खेलेका उनले ५ चौकाको मद्धतमा ३९ रनको योगदान गरे ।लगत्तै पारस पनि पवेलियन फर्किए । २८ बलमा २ चौका र १ छक्का प्रहार गरेका पारस ३० रन बनाउँदा एमएस रनगोल्डको बलमा एस क्लार्कबाट समातिए। राजु रिजाल २४ रनमा आउट भए । ३५ बल खेलेका उनले २ चौका  प्रहार गरे। विनोद भण्डारी ९ रनमा आउट हुँदा सोमपाल ९२०० रनआउट भएका थिए । वसन्तले अविजित २४ रन बनाए । इङ्ल्यान्ड भ्रमणमा नेपालले यसअघि चार अभ्यास खेल खेलेको थियो । सबै खेलमा नेपाली टोली विजयी भएको थियो ।
Read more