Open top menu
Saturday, July 2, 2016
बेल्जियमलाई पाखा लगाउँदै वेल्स युरो कपको अन्तिम चारमा

१८ असार / बेल्जियममाथी शानदार जित निकाल्दै वेल्स युरोकप २०१६ को अन्तिम चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बेल्जियमलाई ३–१ गोल अन्तरले हराउँदै  वेल्स अन्तिम चार प्रवेश गरेको हो।  


शुरुवाती अग्रता भने बेल्जियमले लिएको थियो । उसले पहिलो हाफको १३ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । बेल्जियमका राड्जा नारिनगोलान्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेलको ३० औं मिनेटमा वेल्सका कप्तान एश्ले विलियम्सले बराबरी गोल गरे । उनले हेडमार्फत शानदार गोल गरेका थिए । 




त्यसपछि दुवै टिमबाट थप गोल हुन नसकेपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा वेल्सले उत्कृष्ट प्रदर्शन गर्दै बेल्जियम माथी हाबी भयो। ५५ औं मिनेटमा हल रोब्सन कानुले र ८५ औं मिनेटमा साम भोक्सले गोल गरेसँगै उसले युरो २०१६ को सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो।


वेल्स १९५८ मा विश्श्वकपको क्वार्टरफाइनल खेलेपछि कुनै पनि ठूलो प्रतियोगिताको सेमिफाइन पुगेको यो पहिलो पटक हो । अब वेल्सले आगामी बिहीबार राति पौने एक बजे अन्तिम दुई प्रबेशका लागी  पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ ।
Read more
पोल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै पोर्चुगल युरोकपको सेमिफाइनलमा


१७ असार /  पोर्चुगल युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । उसले पोल्याण्डलाई  पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । यो सँगै पोर्चुगल युरोकपको सेमिफाइनलमा चौथो पटक पुगेको छ ।  

निर्धारित समय र अतिरिक्त समय सम्म दुवै टिमले १–१ को बराबरी खेलेपछि भएको  पेनाल्टी सुटआउटमा पोल्याण्ड चुक्यो । पोल्याण्डका ज्याकुब ब्लासचोकोब्स्कीको पेनाल्टीलाई पोर्चुगलका गोलरक्षकले रुई प्याट्रिसियाले रोकेका थिए । पोर्चुगलका रिकार्डो करिज्माले विजयी पेनाल्टी प्रहार गरे ।

तर खेलमा भने उत्कृष्ट प्रदर्शन गरेको पोल्यान्डका लेवान्डोस्कीले दोश्रो मिनेटमै गोल गरेर पोल्यान्डलाई अग्रता दिलाएका थिए । प्रतियोगितामा यो उनको पहिलो गोल थियो। पोर्चुगलविरुद्ध पोल्यान्डले युरो इतिहासकै दोस्रो छिटो गोल गरेको छ। युरो इतिहासकै सबैभन्दा छिटो गोल भने ६७ सेकेन्डमा ग्रिसविरुद्ध रसियाका डिमिट्री किर्चेन्कोले सन् २००४ मा गरेका थिए।    

खेलको ३३ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेसले गोल गर्दै बराबरी गरेपछि पोल्याण्डले पहिलो हाफ सम्म बराबरी खेल्यो। त्यसपछि दोस्रो हाफमा पनि आफ्नो उत्कृष्ट खेललाई निरन्तरता दिएको उसले थप गोल भने गर्न सकेन् । पोर्चुगलका क्रिष्टिआनो रोनाल्डो सो खेलमा निक्कै फिका देखिएका थिए । 


अब फाइनल प्रवेशका लागि पोर्चुगलले बेल्वियम र वेल्स मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्ने छ । यी दुई टिम शुक्रबार आमने सामने हुनेछन् । 
Read more