Open top menu
Wednesday, February 1, 2017
साउथअफ्रिका १२१ रनले विजयी

श्रीलंका विरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा साउथअफ्रिका एक सय एक्काइस रनले विजयी भएको छ । डरवनमा टस हारेर ब्याटिङ्ग गरेको उसले प्रस्तुत गरेको ३ सय ८ रनको लक्ष्य पच्छ्याएको श्रीलंका ३७ दशमलव ५ ओभरमा मात्र एक सय ८६ रनमा समेटिएको थियो । 

उसका लागि दिनेश चण्डीमालले सर्बाधिक ३६ तथा उपल थारांगाले २६ रन जोडे। बलिङ्गतर्फ जेपी डुमिनी,वाइने परनेल र इम्रान ताहिरले समान २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ्ग गरेको साउथअफ्रिकाले भने डेविड मिलरको अविजित एक सय १७ र फाप डु प्लेसिसको एक सय पाँच रनको मद्दतले ६ विकेटको क्ष्यतिमा ३ सय ७ रन बनाएको थियो । 

जितसँगै साउथअफ्रिकाले पाँच एक दिवसिय म्याचको श्रृंखलामा दुई शुन्यको अग्रता लिएको छ । 


२० माघ,२०७३
Read more