Open top menu
Friday, March 17, 2017
इण्डीयाको गतिलो जबाफ

घरेलु टोली इण्डीयाले अष्ट्रेलिया विरुद्धको तेस्रो टेष्टको पहिलो इनिङ्गमा गतिलो जबाफ दिएको छ । पाहुना टोली अष्ट्रेलियालाई आज  ४  सय ५१ रनमा रोक्दै आफ्नो इनिङ्ग शुरु गरेको उसले दोस्रो दिनको खेल सकिंदा सम्म एक विकेट गुमाएर एक सय २० रन जोडेको छ ।
उसका लागि ओपनर दोय लोकेश राहुन र मुरली विजयले ९१ रनको साझेदारी गरे । राहुल एक सय २ बलको सामना गर्दै ९ चौकाको सहायताले ६७ रन जोडेर आउट भए । उनी पाट कुमिन्सको बलमा विकेट किपर म्याथ्यु वाडद्धारा क्याच आउट भए । क्रिजमा एक सय १२ बलको सामना गरेका मुरली विजय ६ चौकाको सहायताले ४२ तथा २६ बलको सामना गरेका चेतेश्वर पुजरा एक चौकाको सहायताले १० रनमा छन् । 
यसअघि आज ४ विकेटको क्ष्यतिमा २ सय ९९ रनबाट खेख्न शुरुगरेको पाहुना टोली अष्ट्रेलियाले एकसय ३७.३ ओभरमा ४ सय ५१ रन जोडेको थियो । उसका लागि कप्तान स्टेभन स्मिथले सर्बाधिक अविजित एक सय ७८, ग्लेन म्याक्सवेलले एक सय ४, म्याट रेनसले ४४ तथा विकेट किपर म्याथ्यु वाडले ३७ रनको योगदान दिएका थिए । बलिङ्गतर्फ रविन्द्र जडेजाले ५, उमेश यादवले ३ तथा रविचन्द्रन अश्विनले एक विकेट लिए ।
भोलि घरेलु टोली एक विकेटको क्ष्यतिमा एक सय २० रनबाट खेल्न शुरु गर्नेछ । चार टेष्ट म्याचको श्रृंखला एक एक को बराबरीमा छ ।


  ४ चैत्र,२०७३
Read more