Open top menu
Wednesday, April 19, 2017
हैदराबाद १५ रनले विजयी

इण्डीयन प्रिमियर लिग क्रिकेटको गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । उसले दिल्ली डेयरडेभिल्सलाई १५ रनले पराजित गरेको गर्योे ।
हैदराबादमा टस जितेर ब्याटिङ्ग गरेको सनराइजर्सले प्रस्तुत गरेको एक सय ९२ रनको लक्ष्य पच्छ्याएको दिल्लीले पुरै ओभर खेलेपनि ५ विकेट गुमाएर एक सय ७६ रन मात्र बनाउन सक्यो । उसका लागी श्रेयास इयरले सर्बाधिक अविजित ५०, ओपनर सन्जु सामसनले ४२, करुन नैरले ३३ र एंगेलो म्याथ्युजले ३१ रनको योगदान दिए ।
टस जितेर ब्याटिङ्ग गरेको सनराइजर्स हैदराबादले ४ विकेटको क्ष्यतिमा एक सय ९१ रन जोडेको थियो । उसका ओपनर तथा आक्राम ब्याट्समेन कप्तान डेविड वार्नर ४ रनमै आउट भएपनि म्यान फ दि म्याच कान विलियम्सन र शिखर धवन चम्किएपछि उच्च स्कोर बनाएको थियो । विलियम्सनले ५१ बलमा ६ चौका र ५ छक्काको सहायताले ८९ तथा धवनले ५० बलमा ७ चौका र एक छक्काको सहायताले ७० रन जोडेका थिए ।
युवराजसिंह मात्र ३ रनमा पेवेलियन फर्किदा मोइसेस हेनरीक्विस १२ तथा दीपक हुडा ९ रनमा अविजित रहे । आज किंग्स इलेभेन पन्जाब र मुम्बई इण्डीयन्सबीच प्रतिस्पर्धा हुनेछ ।

२०७४,बैसाख ७
Read more