Open top menu
Thursday, June 9, 2016
दोस्रो सनसाइन कप शुरु,छ खेलाडी अगाडी




२७ जेठ,उर्लाबारी/  मोरङ्गको उर्लाबारी–६ मंगलबारेमा दोस्रो सनसाइन कप
अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । आयोजक सनसाइन
बोर्डिङ्ग स्कुलमा बिहीबारबाट शुरु प्रतियोगितामा ६ खेलाडी समान तीन अंका
साथ अगाडी रहेका छन् । बिहीबार भएका तीनै राउण्डका खेलमा जित हातपार्दै
आयोजक सनसाइनकी १५ सय ३१ रेटेड खुसी मुखिया,आयोजककै सैलेस दुलाल,सक्षम भण्डारी र आदेश दाहाल तथा सुनगाभाका दिपेन्द्र खनाल र एभरेष्ट
बोर्डिङ्गका एन्जल शिवा टप थ्रि बोर्डमा पर्न सफल भएका छन् । पहिलो राउण्ड देखी नै पहिलो बोर्डमा खेलेकी खुसी लगातार पहिलो बोर्डमै रहेर खेल्न सफल भएकी छन् । पहिलो राउण्डमा सुनगाभा इङ्गलिस स्कुलकी मुविहाङ्गमा वनेम फागोलाई चित ख्वाएकी उनले दोस्रो राउण्डमा आफ्नै
स्कुलका कुस कार्की र तेस्रो राउण्डमा बालबिक्रम कार्कीलाई पाखा लगाएकी थिइन् । उनी प्रतियोगिताकै एक मात्र रेटेड खलाडी हुन् । उनले जेठ ११ गते इलाममा सम्पन्न चौथो राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिताबा रेटिङ्ग प्राप्त गरेकी थिइन् । 
उनी मोरङ्ग जिल्लाकै रेटिङ्ग प्राप्त गर्ने पहिलो महिला खेलाडी समेत हुन् । त्यस्तै प्रतियोगिताका उपाधी दाबेदार मानिएका आदेश दाहालले तेस्रो राउण्डमा आफ्नै स्कुलका आशिष पाण्डेलाई पराजित गरे ।

सैलेसले प्रज्वल बस्नेत माथि जित हासिल गर्दा सक्षम भण्डारीले झापा मोडल दमकका डिचेन लिम्बुलाई चित ख्वाए । दमककै एभरेष्ट बोर्डिङ्गका एन्जल शिवाले भने रोजन ढुङ्गानामाथी अप्रत्यासित जित निकाले । अन्य खेलमा एभरेष्टकी क्रिपा अधिकारीले सनसाइनकी आष्मा थापासँग बराबरी खेल्दा प्रज्वल खतिवडाले नविन आचार्यलाई,कोशल अग्रवालले पायल राईलाई,खेमदुहाङ्ग लिम्बुले प्रेम बराललाई,बिशाल भण्डारीले रोसहाङ्ग लिम्बुलाई,मिसन दाहालले कृष्ण संग्रौलालाई,सौरभ दुलालले सौरभ सिटौलालाई , सुरेन सुब्बाले कवी ग्यावालाई,श्रृजन खड्काले विशाल ढुङ्गानालाई र समिर खड्काले रुजल कार्कीलाई पराजित गर्दै थप एक अंक जोडेर उपाधि होडलाई कायमै राखेका छन् ।

उनीहरुको दुई अंक रहेको छ । शुक्रबार पनि तीन राउण्डका खेल हुने चिफ आरविटर तथा नेपाल च्याम्पियन भुपेन्द्र निरौला ९निरज० ले जानकारी दिएका छन् । प्रतियोगितामा झापा र मोरङ्गका आठ विद्यालयका ६२ विद्यार्थीको सहभागिता रहेको छ ।
Read more