Open top menu
Saturday, March 11, 2017
उर्लावारीमा अन्तर विद्यालय बुद्धिचाल शुरु

मोरङ्गको उर्लावारीमा जारी प्याब्सन क्षेत्र नम्बर आठ अन्तरगत अन्तर विद्यायलय बुद्धिचाल शुरु भएको छ । आजबाट शुरु प्रतियोगितामा पहिलो दिनका तीन राउण्डको खेल सकिदा सम्म छात्र र छात्रातर्फ दुई/दुई खेलाडी समान अंकका साथ अगाडी रहेका छन् ।
छात्रतर्फ सनसाइन इङ्गलिस बोर्डिङ्गका अनुस कार्की र मोदर मधुमल्लाका मन्दिप तिखत्री समान तीन अंकका साथ अगाडी रहेका छन् । पहिलो बोर्डमा खेलेका अनुसले सुनगाभाका दिपेन्द्र खनाललाई चित खुवाएका थिए । त्यस्तै तिखत्रीले विद्या ज्योतिका दिपक कार्कीलाई माथ दिए ।
आस गरिएका सनसाइनका समिर खड्का भने दोस्रो राउण्डको हारसँगै दुई अंकका साथ शिर्ष तीन भित्र पर्न संघर्षरत छन् । उनीसँगै अन्य चार खेलाडीको समान दुई अंक रहेको छ । उता छात्रातर्फ सनसाइनका खुसी मुखिया र आष्मा थापा समान २।५ अंका साथ अगाडी रहेका छन् ।

अपराजित रहेका दुवैले तेस्रो राउण्डमा बरावरी खेलेका थिए । मुखिया मोरङ्गकै पहिलो महिला रेटेड खेलाडी हुन् । दुबै उपाधी हत्याउने दाउमा रहेका छन् । दुबैले अन्तिम राउण्डको खेल जिते थापा उपाधी चुम्न सफल हुनेछिन् । यस समुहमा आयोजक सुनगाभाकी मुविहाङ्गमा वनेम फागो र मोरङ्ग मोडलकी सजना दनुवार समान दुई अंकका साथ तेस्रो स्थान हात पर्न संघर्षरत छन् । भोलि अन्तिम दिन छात्रतर्फ दुई तथा छात्रातर्फ एक राउण्ड खेल हुने चिफ आरविटर नेपाल च्याम्पियन भुपेन्द्र निरौला निरजले जानकारी दिए ।

२३ फागुन,२०७३
Read more