Open top menu
Wednesday, September 14, 2016
राष्ट्रिय प्रतियोगिताको तयारीमा झापा



२९ भदौ / आगामी मंसिर ८ गते देखी पुर्वाञ्चलमा शुरु हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापाले तयारी तिब्र बनाएको छ । प्रतियोगितमा उत्कृष्ट प्रदर्शन गर्दै बढी भन्दा बढी पदक हत्याउने दाउकासाथ उसले तयारी थालेको हो । जसका लागी जसका लागी जिल्ला विकास समितीको आयोजनामा जिल्लका सम्पूर्ण खेलका जिल्ला संघ र प्रशिक्षकहरुको भेला सम्पन्न गरेको छ  । 

भेलाले राष्ट्रिय प्रतियोगिता लक्षित पुर्वाञ्चल क्षेत्रिय प्रतियोगिताका लागि जिल्लाका २१ खेलका खेलाडी छनोट तालिका पनि सार्बजनिक गरेको छ । खेलाडी छनोट यहि भदौ ३१ गते देखी असोज १४ गते सम्म चल्ने छ । जसअन्तरगत भदौ ३१ गते कराँते,असोज एक गते बास्केटबल, ३ गते कुस्ती,६ गते महिला फुट्बल,७ गते आइटिएफ तक्वान्दो,८ गते भलिबल,पुरुष फुट्बल,तेक्वान्दो,सुटिङ्ग,उसु र टेबल टेनिस,९गते ब्याडमिन्टन ,१० गते भारत्तोलन र चेस, ११ गते कबड्डी,१३ र १४ गते बक्सीङ्ग र क्रिकेट तथा १४ गते खो खो खेलका खेलाडी छनोट हुनेछन् । छनोट खेल जिल्लाका विभिन्न एघार स्थानमा हुनेछन् । भेला मेची रंगशालामा भएको थियो । 





Read more