Open top menu
Friday, December 18, 2020
                                         फुलबारी क्लबको विजयी शुरुवात


झापा, ३ पुस/  धरमपुरको फुलबारी स्पोर्टिङ्ग क्लबले झापाको दमकमा जारी दुम्सेली नक आउट फुट्बल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । 

दमक–३ स्थित चुलाचुली खेल मैदानमा जारी प्रतियोगितामा उसले मोरङ्गको इष्ट स्टार स्पोर्टिङ्ग क्लब मधुमल्लालाई ३–१ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । 

विजयी टिमका लागि सुमन लिम्बु, अमन लिम्बु र पृतम लिम्बुले गोल गरेका थिए । जर्सी नम्बर ११ का सुमनले ७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने जर्सी नम्बर १५ का अमनले २४ औं र जर्सी नम्बर ९ का पृतमले दोश्रो हाफको २१ औं मिनेटमा गोल गरेका थिए । 

पराजित टिमकातर्फबाट जर्सी नम्बर ३ का प्रबेश बस्नेतले पहिलो हाफको २३ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर ६ का आशिष लावती घोषित भए । जीतसँगै फुलबारी प्रतियोगिताको क्वाटर फाईनल प्रबेश गरेको छ । 

अब उसले अन्तिम चार प्रबेशका लागि मंगलबार गछिया फुट्बल क्लब मोरङ्गसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार रियल स्टार फुट्बल क्लब र चात्यासा फुट्बल क्लबबीच खेल हुने खेल संयोजक अनिस बस्नेतले जानकारी दिनु भयो ।

 प्रतियोगिताको विजेताले नगद २५ हजार हात पार्ने छ भने उप–विजेताले नगद १५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको आयोजना चुलाचुली फुट्बल क्लब दुम्सेले गरेको हो । 


Read more