Open top menu
Thursday, July 7, 2016
जर्मनीलाई पराजित गर्दै फ्रान्स युरोकपको उपाधि नजिक


२४ असार , २०७३ / बिश्वबिजेता जर्मनीलाई पाखा लगाउँदै आयोजक फ्रान्स युरोकप फुटबलको उपाधि नजिक पुगेको छ । आज बिहान सम्पन्न दोश्रो सेमिफाईनलमा बिश्वबिजेता जर्मनीलाई २–० को हार चखाउँदै आयोजक फ्रान्स प्रतियोगीताको अन्तिम दुई प्रबेश गरेको हो । ठुला प्रतियोगीतामा फ्रान्सले सन् १९५८ यता जर्मनीलाई हराएको यो पहिलो पटक हो ।  
फ्रान्सको जितमा एन्टोनी ग्रीजम्यान नायक बने । पहिलो हाफको ईन्ज्युरी समयमा ग्रीजम्यानले पेनाल्टी मार्फत गोल गर्दै फ्रान्सका लागि खाता खोलेका थिए । जर्मनीका कप्तान बाष्टिएन स्वाईन्स टाईगरले डिबक्समा हेण्ड गरेपछि पाएको पेनाल्टीको अबसरलाई ग्रीजम्यानले सदुपयोग गरेका थिए ।  
पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको फ्रान्सका लागी खेलको ७२ औ मिनेटमा ग्रीजम्यानले दोश्रो गोल गरे । जारी प्रतियोगीतामा उनले ६ गोल गर्दैै सर्बाधिक गोलकर्ताको सुचीको शिर्ष स्थानमा छन् ।
६८ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि जर्मनी प्रतियोगितामा अघि बढ्न भने सकेन । उसका ५ प्रहार फ्रान्सका गोलरक्षक हुगो लौरिसले बचाएका थिए । 
उपाधिका लागि फ्रान्सले पर्सि आइतवार पोर्चुगलसंग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल यस अघिनै वेल्समाथी २–० कै जित निकाल्दै अन्तिम दुई प्रबेश गरिसकेको छ। उपाधि भिडन्त पेरिसस्थित स्टेड डि फ्रान्समा हुनेछ ।  
Read more
नेपालबिरुद्धको खेलका लागि नेदरल्याण्डसद्वारा टोलीको घोषणा




२४ असार , २०७३  / नेपालबिरुद्धको बल्र्ड क्रिकेट लिग च्याम्पियनसिपका लागी नेदरल्याण्डसले आफ्नो टोलीको घोषणा गरेको छ । सन् २०१४ को ट्वान्टी २० बिश्वकपमा बिराट कोहलीपछि सर्बाधिक रन बनाएका टिम ग्रुईजर्टस नेपालबिरुद्धको खेलमा डच टोलीमा परेका छन् । अलराउण्डर ग्रुइजर्टस नेदरल्याण्ड्सका भरपर्दा बलर समेत हुन् । चोटका कारण उनी २ बर्ष मैदान बाहिर थिए । 

१६ सदस्सीय टोलीको कमानी भने नियमित कप्तान पिटर बोरेनले सम्हाल्ने छन् । त्यस्तै वेस्ले बारिसी, वेन कोपर, भिभिएन किङमा, स्टेफन मेवर्ग, मिचेल रिपोन र पिटर सेलारले पनि टोलीमा स्थान बनाएका छन् । फाष्ट बलर असान मलिक, पउल भान मिक्रेन र सिकन्दर जुल्फिकर पनि नेपालबिरुद्धको खेलमा मैदान उत्रनेछन् । 

नेपालले भने नेदरल्याण्डस बिरुद्धको खेलका लागी टोलीको औपचारिक घोषणा गरेको छैन् । यद्यपी सोही खेलको तयारीका लागी भन्दै ईङल्याण्ड भ्रमणमा जाने १५ सदस्सीय टोलीको घोषणा भइसकेको छ । नेपालले नेदरल्याण्ड्सबिरुद्ध उसकै घरेलु मैदानमा आगामी अगष्ट १३ र १५ मा दुई एक दिबसीय खेल खेल्नेछ । 

६ खेलबाट ४ मा जित निकालेको नेदरल्याण्डस् अंक तालिकाको शीर्ष स्थानमा छ । बर्षाका कारण अबरुद्ध दुई खेलमा भने उसले अंक बाँडेको थियो । नेपाल भने ६ मध्ये २ मा जित निकाल्दै ४ अंक सहित तालिकाको छैटौ स्थानमा छ ।  
Read more
गल्फ च्याम्पियनसिपको उपाधि शिवरामलाई

२३ असार , २०७३ / नेपाल नम्बर एक गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल एनपीजिए टुर च्याम्पियनसिप 
गल्फको  उपाधि जितेका छन् ।

    पार ७२ को गोकर्ण गल्फ क्लवमा आज रवि खड्कालाई प्लेअफमा पराजित गर्दै डिफेण्डिङ च्याम्पियन शिवरामले सूर्य नेपाल गल्फ टुर २०१५—१६ को अन्तिम प्रतियोगिता आफ्नो नाममा गराए ।  
    फाइनल राउण्डमा दुबैले २ अण्डर ७० को स्कोर गरेपछि समग्रमा २ अण्डर २ सय ८६ को कार्ड लेखाएका थिए । अघिल्लो दिन शीर्ष स्थानमा रहेका भुवन नगरकोटी तेस्रो स्थानमा रहे । शिवरामले ट्रफीसहित नगद १ लाख जिते । रविको नाममा ६३ हजार र भुवनले ४५ हजार रुपैयाँमा चित्त बुझाए ।

    एमेच्योरतर्फ टंकबहादुर कार्कीले उपाधि जिते । समग्रमा ३ ओभर २ सय ९१ स्कोर गर्दै उनले टासी छिरिङलाई उछिने टंकले आज ३ अण्डर ६९ को कार्ड लेखाए । तेस्रो स्थानमा रहेका शुक्रबहादुर राईले आज ३ ओभर ७५ स्कोर गरे ।
    विजेतलाई सूर्य नेपालका ब्राण्ड म्यानेजर रजत थापा, नेपाल प्रोफसनल गल्फर एशोसिसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र नेपाल गल्फ संघका महासचिव टासी घलेले पुरस्कार वितरण गर्नुभयो ।
    Read more
    वेल्सलाई पाखा लगाउँदै पोर्चुगल युरोकप फुटबलको फाइनलमा


    २३ असार , २०७३ / गारेथ वेलको वेल्सलाई पाखा लगाउँदै पोर्चुगल युरोकप फुटबलको फाइनल प्रवेश गरेको छ । आज विहानका राती सम्पन्न खेलमा वेल्समाथि २–० को जित निकाल्दै पोर्चुगल उपाधि नजिक पुगेको हो । उपाधिका लागि अब पोर्चुगलले आज राती हुने  आयोजक फ्रान्स र बिश्व बिजेता जर्मनीबीचको दोस्रो सेमिफाईनलको विजेतासँग आगामी आईतवार प्रतिस्पर्धा गर्नेछ ।
    लियोनमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि ५० औ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले हेडर मार्फत उत्कृष्ट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै नानीले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । बेल्जियमलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको वेल्सले ५६ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि गोल फर्काउन सकेन । युरोकपको डेब्यु म्याचमा नै सेमिफाईनलसम्मको यात्रा तय गरेको भन्दै उपस्थित दर्शकले भने वेल्सका खेलाडिलाई तालीले सम्मान गरेका थिए ।
    पोर्चुगल विदेशी भुमीमा आयोजित कुनै पनि महत्वपूर्ण प्रतियोगिताको फाइनलमा पुग्दा वेल्स भने पहिलो पटक कुनै पनि अन्तराष्ट्रिय प्रतियोगिताको फाईनलमा प्रवेश गर्न चुक्यो । सन् १९५८ को बिश्वकप फुटबलको क्बाटरफाईनलमा पुगे यता वेल्स महत्वपूर्ण प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो ।
    ५६ प्रतिशत खेल आफ्नो नियन्त्रणमा लिए पनि वेल्सले हार भने टार्न सकेन ।  प्रतियोगिता अन्तरगत दोस्रो सेमिफाईनलमा आज राती आयोजक फ्रान्स र विश्व विजेता जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । 
    Read more