Open top menu
Thursday, July 7, 2016




२४ असार , २०७३  / नेपालबिरुद्धको बल्र्ड क्रिकेट लिग च्याम्पियनसिपका लागी नेदरल्याण्डसले आफ्नो टोलीको घोषणा गरेको छ । सन् २०१४ को ट्वान्टी २० बिश्वकपमा बिराट कोहलीपछि सर्बाधिक रन बनाएका टिम ग्रुईजर्टस नेपालबिरुद्धको खेलमा डच टोलीमा परेका छन् । अलराउण्डर ग्रुइजर्टस नेदरल्याण्ड्सका भरपर्दा बलर समेत हुन् । चोटका कारण उनी २ बर्ष मैदान बाहिर थिए । 

१६ सदस्सीय टोलीको कमानी भने नियमित कप्तान पिटर बोरेनले सम्हाल्ने छन् । त्यस्तै वेस्ले बारिसी, वेन कोपर, भिभिएन किङमा, स्टेफन मेवर्ग, मिचेल रिपोन र पिटर सेलारले पनि टोलीमा स्थान बनाएका छन् । फाष्ट बलर असान मलिक, पउल भान मिक्रेन र सिकन्दर जुल्फिकर पनि नेपालबिरुद्धको खेलमा मैदान उत्रनेछन् । 

नेपालले भने नेदरल्याण्डस बिरुद्धको खेलका लागी टोलीको औपचारिक घोषणा गरेको छैन् । यद्यपी सोही खेलको तयारीका लागी भन्दै ईङल्याण्ड भ्रमणमा जाने १५ सदस्सीय टोलीको घोषणा भइसकेको छ । नेपालले नेदरल्याण्ड्सबिरुद्ध उसकै घरेलु मैदानमा आगामी अगष्ट १३ र १५ मा दुई एक दिबसीय खेल खेल्नेछ । 

६ खेलबाट ४ मा जित निकालेको नेदरल्याण्डस् अंक तालिकाको शीर्ष स्थानमा छ । बर्षाका कारण अबरुद्ध दुई खेलमा भने उसले अंक बाँडेको थियो । नेपाल भने ६ मध्ये २ मा जित निकाल्दै ४ अंक सहित तालिकाको छैटौ स्थानमा छ ।  
Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments