Open top menu
Thursday, July 7, 2016


२३ असार , २०७३ / गारेथ वेलको वेल्सलाई पाखा लगाउँदै पोर्चुगल युरोकप फुटबलको फाइनल प्रवेश गरेको छ । आज विहानका राती सम्पन्न खेलमा वेल्समाथि २–० को जित निकाल्दै पोर्चुगल उपाधि नजिक पुगेको हो । उपाधिका लागि अब पोर्चुगलले आज राती हुने  आयोजक फ्रान्स र बिश्व बिजेता जर्मनीबीचको दोस्रो सेमिफाईनलको विजेतासँग आगामी आईतवार प्रतिस्पर्धा गर्नेछ ।
लियोनमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि ५० औ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले हेडर मार्फत उत्कृष्ट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै नानीले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । बेल्जियमलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको वेल्सले ५६ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि गोल फर्काउन सकेन । युरोकपको डेब्यु म्याचमा नै सेमिफाईनलसम्मको यात्रा तय गरेको भन्दै उपस्थित दर्शकले भने वेल्सका खेलाडिलाई तालीले सम्मान गरेका थिए ।
पोर्चुगल विदेशी भुमीमा आयोजित कुनै पनि महत्वपूर्ण प्रतियोगिताको फाइनलमा पुग्दा वेल्स भने पहिलो पटक कुनै पनि अन्तराष्ट्रिय प्रतियोगिताको फाईनलमा प्रवेश गर्न चुक्यो । सन् १९५८ को बिश्वकप फुटबलको क्बाटरफाईनलमा पुगे यता वेल्स महत्वपूर्ण प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो ।
५६ प्रतिशत खेल आफ्नो नियन्त्रणमा लिए पनि वेल्सले हार भने टार्न सकेन ।  प्रतियोगिता अन्तरगत दोस्रो सेमिफाईनलमा आज राती आयोजक फ्रान्स र विश्व विजेता जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । 
Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments