Open top menu
Monday, December 28, 2015
वुद्धिचालतर्फको उपाधी युनिसलाई

१३ पुस,दमक / दमक बहुमुखी क्याम्पसमा जारी खेल सप्ताह अन्तरगत बुद्धिचाल तर्फको उपाधी युनिस पौडेलले जितेका छन् । उनले ४ दशमलव ५ अंक जोडे । सोमबार सम्पन्न पाँचौ तथा अन्तिम राउण्डमा पहिलो बोर्डमा खेलेका उनले दिपक भट्टराईलाई पराजित गरेपछि उपाधी जितेका हुन् । उपाधिका लागि जित्नै पर्ने दबाबमा रहेका उनले भट्राईको ब्लण्डर मिष्टेकमा क्विन खाएपछि जीत निश्चित गरेका थिए । भट्टराईले भने उपाधीका लागि खेल बराबरी मात्र गरेपनि पर्याप्त हुने थियो । तर क्विन गुमाए लगत्तै उनी निराश भए । यद्यपी उनी दोस्रो भने हुन सफल भए । भट्टराईले लगातार चार खेल जितेका थिए । त्यस्तै उपाधी जित्ने आशा गरिएका सविन आचार्य भने तेस्रो भए । लगातार तीन राउण्ड सम्म अपराजित रहेका उनी चौथो राउण्डको पराजयसँगै पाँचौ तथा अन्तिम राउण्डमा जित निकालेपछि तेस्रो भएका हुन् । प्रतियोगितामा चौथो स्थान हासिल गर्दै राकेश निरौलाले सान्तोना पुरस्कारको हकदार बनाए । दोस्रो देखी चौथो हुने सबैको समान चार अंक भएपनि प्रोगेसिव प्वाइण्टको आधारमा स्थान तय भएको थियो । प्रतियोगितमा कुल ३२ खेलाडीको सहभागिता रहेको थियो । कार्यक्रममा बुद्धिचाल खेल संयोजक विश्वराज अधिकारी,क्याम्पस संचालक समिती सदस्य तथा खेल उपसमिति संयोजक पदम जवेगु,सदस्य टंक प्रसाद भट्टराई,भवकृष्ण खतिवडा,राष्ट्रिय खेलाडी तथा प्रशिक्षक भुपेन्द्र निरौला निरज लगायतको उपस्थिती रहेको थियो ।
Read more