Open top menu
Friday, May 20, 2016
राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा आज दोस्रो दिनका खेलहरु जारी


      



८ जेठ,इलाम/  इलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल
प्रतियोगितामा आज दोस्रो दिनका खेलहरु हुदैछन् । अहिले पहिलो राउण्डको खेल भइरहेको छ । आज पहिलो बोर्डमा नेपाल च्याम्पियन २१ रेटेड सय ४७ क्यानिडेट माष्टर केशब श्रेष्ठ र १९ सय ६५ रेटेड क्षितिज भण्डारी प्रतिस्पर्धा गरिरहेका छन् ।

त्यस्तै दोस्रो बोर्डमा रहेर फिडे माष्टर मनिष हमाल र १९ सय ७८ रेटेड सजिन महर्जन ,तेस्रो बोर्डमा क्यानिडेट माष्टर २ हजार ३७ रेटेड भुपेन्द्र निरौला निरज र १८ सय ८५ रेटेड कमल श्रेष्ठ,चौथो बोर्डमा फिडे माष्टर १९ सय ५ रेटेड सुजेन्द्र प्रसाद श्रेष्ठ र २ हजार ६९ रेटेड हिमाल लामा,पाँचौ बोर्डमा १९ सय ९७ रेटेड फिडे माष्टर बिलमलाल श्रेष्ठ र १९ सय ९२ रेटेड रिजेन्द्र राजभण्डारी प्रतिस्पर्धा गरिरहेका छन् ।

उता चौथो महिला राष्ट्रिय प्रतियोगिता तर्फ भने पहिलो बोर्डमा १६ सय ४४ रेटेड अस्मिता अधिकारी र १५ सय ९१ रेटेड बिना जैसवाल,दोस्रो बोर्डमा १६ सय २५ रेटेड शान्ता थापा र १५ सय २४ रेटेड सिन्दीरा जोशी , तेस्रो बोर्डमा १७ सय ४९ रेटेड मोनालिसा खम्बु र अन रेटेड आभा पुडासैनी प्रतिस्र्धा गरिरहेका छन् । 
Read more
   श्रेष्ठ द्धारा तण्डुकार पराजित


    



७ जेठ,इलाम/  इलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपाल च्याम्पियन केशब श्रेष्ठले लगातार जित हात पारेका छन । पहिलो राउण्डमा भगवती प्रसाद शर्मालाई पहिलो बोर्डमा चित खुवाएका उनले दोस्रो राउण्डमा पहिलो बोर्डमै पुर्व नेपाल च्याम्पियन नविन तण्डुकारमाथि जित हासिल गदै लगातार दुई खेलमा जित निकाल्दै पुन नेपाल च्याम्पियनको संकेत दिएका छन् । 

उता दोस्रो बोर्डमा खेलेका फिडे माष्टर मनिष हमालले १९ सय ३९ रेटेड पुरुषोत्तम चौलागाईलाई माथ दिदै लगातार दुई खेलमा जित निकालेका छन् । त्यस्तै तेस्रो बोर्डमा खेलेका भुपेन्द्र निरौला निरजले १९ सय २२ रेटेड गणेशमान दुवाललाई पराजित गरेका छन् । जितसँगै भुपेन्द्रले पनि लगातार दुई खेलमा जित हासिल गर्दै आफ्नो पनि दाबेदारी प्रस्तुत गरेका छन् । त्यस्तै १९ सय ७८ रेटेड सजिन महर्जनले पनि पहिलो दिनको दुबै खेलमा जित हात पारेका छन् । दोस्रो राउण्डमा पाँचौ बोर्डमा खेलेका उनले १७ सय ९१ रेटेड कृष्ण शाहालाई माथ दिदा फिडे माष्टर द्धोय बिलमलाल श्रेष्ठ सुजेन्द्र प्रसाद श्रेष्ठले बराबरीमा चित्त बुझाए । दुबैको समान एक दशमलव ५ अंक रहेको छ । 

अन्य खेलमा क्यानिडेट माष्टर रिजेन्द्र राजभण्डारी,रविन्द्र शाक्य,भगवती प्रसाद शर्मा,बाबुराजा महर्जन ,सुमित पन्त र अविरल राईले जित हात पारेका छन् । उता महिलातर्फ भने अस्मिता अधिकारी,विना जैसवाल,सिन्दीरा जोशीले दुबै राउण्डमा जित हात पारेका छन् । शनिबार दोस्रो दिन पनि दुई राउण्का खेल हुनेछन् ।


Read more