Open top menu
Friday, May 20, 2016


    



७ जेठ,इलाम/  इलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपाल च्याम्पियन केशब श्रेष्ठले लगातार जित हात पारेका छन । पहिलो राउण्डमा भगवती प्रसाद शर्मालाई पहिलो बोर्डमा चित खुवाएका उनले दोस्रो राउण्डमा पहिलो बोर्डमै पुर्व नेपाल च्याम्पियन नविन तण्डुकारमाथि जित हासिल गदै लगातार दुई खेलमा जित निकाल्दै पुन नेपाल च्याम्पियनको संकेत दिएका छन् । 

उता दोस्रो बोर्डमा खेलेका फिडे माष्टर मनिष हमालले १९ सय ३९ रेटेड पुरुषोत्तम चौलागाईलाई माथ दिदै लगातार दुई खेलमा जित निकालेका छन् । त्यस्तै तेस्रो बोर्डमा खेलेका भुपेन्द्र निरौला निरजले १९ सय २२ रेटेड गणेशमान दुवाललाई पराजित गरेका छन् । जितसँगै भुपेन्द्रले पनि लगातार दुई खेलमा जित हासिल गर्दै आफ्नो पनि दाबेदारी प्रस्तुत गरेका छन् । त्यस्तै १९ सय ७८ रेटेड सजिन महर्जनले पनि पहिलो दिनको दुबै खेलमा जित हात पारेका छन् । दोस्रो राउण्डमा पाँचौ बोर्डमा खेलेका उनले १७ सय ९१ रेटेड कृष्ण शाहालाई माथ दिदा फिडे माष्टर द्धोय बिलमलाल श्रेष्ठ सुजेन्द्र प्रसाद श्रेष्ठले बराबरीमा चित्त बुझाए । दुबैको समान एक दशमलव ५ अंक रहेको छ । 

अन्य खेलमा क्यानिडेट माष्टर रिजेन्द्र राजभण्डारी,रविन्द्र शाक्य,भगवती प्रसाद शर्मा,बाबुराजा महर्जन ,सुमित पन्त र अविरल राईले जित हात पारेका छन् । उता महिलातर्फ भने अस्मिता अधिकारी,विना जैसवाल,सिन्दीरा जोशीले दुबै राउण्डमा जित हात पारेका छन् । शनिबार दोस्रो दिन पनि दुई राउण्का खेल हुनेछन् ।


Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments