Open top menu
Friday, December 23, 2022
एभनिर एफसी जय हुमागाई स्मृति गोल्डकपको सेमिफाईनलमा

 


उत्तम रिजाल, झापा । क्यामरुनको एभनिर एफसी झापाको दमकमा जारी प्रथम जय हुमागाई स्मृति गोल्डकप फुट्बल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ । उसले बिवाईसी बेलडाँगीलाई पाँच शुन्यले पराजित गर्दै सेमिफाईनल प्रबेश गरेको हो । खेलको शुरुवातदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको एभनिरले दोश्रो मिनेटमै अग्रता लिएको थियो ।

उसका गिनीले गोल गर्दै खाता खोलेका थिए । त्यसपछि टिम्बा टिम्बाले १७ औं मिनेटमा गोल गर्दै खेलमा एभनिरलाई दुई शुन्यको अग्रता दिलाए । टिम्बाले हेड मार्फत दर्शनीय गोल गरेका थिए । त्यसपछि झनै आक्राम देखिएको उसले २७ औं मिनेटमा स्टेफनको गोलबाट अग्रता तेब्बर बनाएको थियो ।

उता बिवाईसीका खमिर गिल्शन कन्दङ्गवा १३ औ मिनेटमा गोल गर्न चुके भने राहुल राईले ३१ औं मिनेटमा वान भर्सेस वानमा पनि गोल गर्न नसक्दा पहिलो हाफमा बिवाईसी तीन शुन्यले पछि परेको थियो । पहिलो हाफमा तीन शुन्यले पछि परेको बिवाईसीले दोश्रो हाफमा केहि सुधारिएको खेल प्रदर्शन गरेपनि एभनिरका सोङ्गलाई रोक्न सकेन् ।

सोङ्गले दोश्रो हाफको ३६ औं र ३७ औं मिनेटमा गोल गर्दै एभनिर एफसीलाई पाँच शुन्यको जित दिलाए । नेपालका चर्चित खेलाडीहरु देवेन्द्र तामाङ्ग,सुनिल खड्का, पुजन उपरकोटी, रुपेश केसी, अशोक खबास, बर्तमान राई एन्जल गुरुङ्ग लगायतका खेलाडी मैदानमा उत्रिएपनि बिवाईसी एभनिर विरुद्ध निरीह देखिएको थियो ।

जितसँगै एभनिरले सिरहाको सल्हेस युवा क्लबसँगको भेट पक्का गरेको छ । खेलको म्यान अफ द म्याच विजयी टिमका जर्सी नम्बर २२ का स्टेफन भए । उनले नगद पाँच हजार हात पारे । शनिवार अन्तिम चार प्रबेशका लागि युकेएफसी दार्जेलिङ्ग र उपाधि दाबेदार बिवाईएससी मिनिसोटा अमेरिका आमनेसामने हुने छन् ।

प्रतियोगिताको विजेताले नगद ५ लाख हात पार्नेछ भने उपविजेताले नगद ३ लाख हात पार्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार र विधागततर्फका उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार प्राप्त गर्ने खेल संयोजक तारा कालिकोटेले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल, भारत, अमेरिका र क्यामरुनका गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको आयोजना जय हुमागाई मेमोरियल ट्रष्टले गरेको हो ।

Read more