Open top menu
Wednesday, June 29, 2016
जोकोभिच र फेडेरर तेस्रो चरणमा


१६ असार, २०७३ विश्व नम्बर एक नोभाक जोकोभिच र रोजर फेडेरर, बर्षको तेस्रो ग्राण्डस्लाम ओपन टेनिस प्रतियोगिता विम्बल्डनको तेस्रो चरणमा प्रवेश गरेका छन् । 

फ्रान्सका एड्रिएन मान्नारिनोलाई ६–४, ६–३ र ७–६ ले पराजित गर्दै सर्बियाली जोकोभिचले अघिल्लो चरणमा आफ्नो स्थान पक्का गरेका हुन् । यस्तै गएराती नै भएको अर्को खेलमा तेस्रो बरियाता प्राप्त स्वीट्जरल्याण्डका फेडेररले बेलायती मार्कस विल्सलाई ६–०, ६–३ र ६–४ ले पराजित गरे । 

त्यस्तै पुरुष एकल तर्फका अन्य खेलमा चेकरिपब्लिकका थोमस बर्डिच, अष्ट्रियाका डोमिनिक थिम, अष्ट्रेलियाका बर्ननार्ड टोमिक, जर्मनी अलेक्जेण्डर भेरेभ पनि आ–आफ्नो खेलमा विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।


सोहि प्रतियोगिताको महिला एकल तर्फ तेस्रो बरियाताकी पोल्याण्डकी एग्निएस्का राडवान्स्काले युक्रेनकी काटेरिना कोज्लोभालाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाईन् । अन्य खेलमा स्विजरल्याण्डकी बेलिन्दा बेन्किक, चेकरिपब्लिककी पेट्रा भिटोभा, बेलायती जनाथन कोन्टा, रसियन अनास्तासिया पाब्लुचेन्को र क्यानाडाकी ईग्युईन बोउचार्डले पनि आ–आफ्नो खेल जित्दै दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।  
Read more
मेसीद्धारा अन्तराष्ट्रिय फुट्बलबाट सन्यासको घोषणा


१३ असार / कोपा अमेरिका कप फुट्बलको फाइनलमा टाइब्रेकरमा आफ्नो पेनाल्टी बाहिरीए सँगै अर्जेन्टिनाका कप्तान तथा स्टार लियोनल मेसीले अन्तराष्ट्रिय फुट्बल बाट सन्यासको घोषणा गरेका छन् ।

 निर्धारीत र अतिरीक्त समय सम्म गोल रहित बराबरी भएपछि भएको टाइब्रेकरको पहिलो प्रहारमै मेसी चुकेका थिए । चिलीका आरटुरो भिडालको प्रहार अर्जेन्टायन गोलकिपरले उत्कृष्ट ढंगबाट बचावट गरेपनि मेसीको पहिलो प्रहार नै दाँया साइडको माथिल्लो पोल बार बाट बाहिरीएको थियो ।

 लगातार तीन पटक फाइनलमा पुगेर पनि उपाधि दिलाउन नसकेका मेसी त्यसपछि दबाबमा रहेका थिए । त्यसपछि उनी पटक पटक रुएका थिए । चिलीको पनि पहिलो प्रहार विफल भएकोले उनको असफलता पछि पनि आसामै रहेपनि लुकास विग्लीयाको प्रहार चीलीका गोलकिपरले बचावट गरेसँगै अर्जेन्टिना निसाश भएको थियो । त्यहि कारण मेसीले आँफुले राष्ट्रको लागि धेरै गरेको र अब केहि गर्न नसक्ने भन्दै सन्यासको घोषणा गरेका थिए । 

 क्लब फुट्बलमा स्पेनिस क्लब बार्सिलोनाका लागि दर्जनौ उपाधि दिलाएका उनले आफ्नो देशका लागि उपाधी दिलाउन नसकेपछि सन्यास लिनुलाई कतिपयले स्वभाबिक नै भनेका छन् । गत बर्ष सम्पन्न विश्वकप फुट्बलको फाइनमा पनि आशा गरिएको उपाधी अन्तीम समयमा जर्मनीलाई सुम्पिएको अर्जेन्टिनाका लागि यो त्यसलाई मलम लगाउने रुपमा लिइएको थियो । 
Read more
कोपा अमेरिकाको उपाधि चिलीलाइ,अर्जेन्टिना टाइब्रेकरमा पराजित

१३ असार /   लगातार दोस्रो पटक अर्जेन्टिनालाई टाइब्रेकरमा पराजित गर्दै चिलीले कोपा अमेरिका कप फुट्बलको उपाधि जितेको छ । 


नेपाली समयअनुसार आज बिहान भएको खेलमा अर्जेन्टिनाका कप्तान तथा पाँच पटकका फिफा बर्ष खेलाडी लियोनल मेसी पेनान्टि प्रहारमा चुकेपछि अर्जेन्टिना पराजित भएको हो ।  र्निधारित र अतिरिक्त दुवै समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । अर्जेन्टिनाका  कप्तान मेसीले प्रहार गरेको बल पोल बार भन्दा माथि बाट बाहिरीएको थियो । 


सुरुमा पेनाल्टी प्रहार गरेका चिलीका आर्टुरो भिडालको बल अर्जेन्टिनी गोल किपरले उत्कृष्ट ढंगले रोके पनि अर्जेन्टिनाको लागि पहिलो पेनाल्टी प्रहार गरेका मेसीको बल बाहिरीएपछि उ अग्रता लिनबाट चुकेको थियो । त्यसपछि दबाबमा रहेका अजेन्टिनी लुकास बिग्लियाको पेनाल्टी चिलीका गोल किपरले रोक्दा चिलीका गाटो सिल्भाले गोल गर्दै विजयी बनाए । 
Read more
Thursday, June 16, 2016
जिल्ला स्तरीय बुद्धिचाल शुरु


२ असार,दमक /  झापाको दमकमा आजबाट जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । जिल्ला बुद्धिचाल संघको आयोजना तथा डाइनामिक चेस एकेडेमीको प्राविधिक सहयोग रहेको प्रतियोगितामा जिल्लाका नाम चलेका सहित अनरेटेडको पनि सहभागिता रहेको छ । दमकको दमक नगरपालिकाको भवनमा भइरहेको प्रतियोगितामा जिल्लाका ३४ खेलाडीको सहभागिता रहेको छ । नेपाल बुद्धिचाल संघका केन्दि«य अध्यक्ष भुपेन्द्र निरौला (निरज) को प्रमुख आतिथ्यमा शुरु भएको प्रतियोगितामा प्रमुख अतिथी निरौला र जिल्लाका अध्यक्ष विजय सुब्बाले गोटी नालेर संयुक्त रुपमा उद्घाटन गरिएको थियो । सात राउण्ड सम्म चल्ने प्रतियोगिता चार गते सकिने छ । 

Read more
फ्रान्स युरो कपको अन्तिम १६ मा

२ असार / युरो कप फुटबल खेलमा फ्रान्सले लगातार दोस्रो जित निकालेको छ । समूह ए अन्तरगत बुधबार भएको खेलमा फ्रान्सले अल्बानियालाई २-० ले हराएको हो । 

खेलको अन्त्यतिर एन्टोनी ग्रिजम्यान र दिमित्री पयेटले गरेको गोलको मद्धतमा फ्रान्सले अल्बानियालाई २–० गोल अन्तरले हराउन सक्यो । 
लगातार दोस्रो जितसँगै आयोजक फ्रान्स अन्तिम १६ मा स्थान बनाउने पहिलो टोली बनेको छ । खेलको ९० औँ मिनेटमा फ्रान्सका ग्रिजम्यानले गोल गर्दै खेलमा अग्रता दिलाए । थपिएको अतिरिक्त सात मिनेटको अन्त्यतिर फ्रान्सका पयेटले गोल गरेपछि अल्बानिया २-० ले पछि पर्‍यो ।  
अल्बानियाले गोल गर्ने केही अवसरलाई सदुपयोग गर्न सकेन । फ्रान्सले पहिलो खेलमा रोमानियालाई हराएको थियो । अल्वानिया स्विट्जरल्याण्डसँग पराजित भएको थियो । 

Read more
Monday, June 13, 2016
झापा जिल्ला स्तरीय बुद्धिचाल हुने




३१ जेठ,दमक/ आगामी असार २ गते देखी झापाको दमकमा जिल्ला स्तरीय रेटिङ्ग बुद्धिचाल प्रतियोगिता हुने भएको छ । जिल्ला बुद्धिचाल संघ झापाका अध्यक्ष विजय सुब्बाका अनुसार प्रतियोगिता ४ गते सम्म चल्ने छ । सात राउण्ड सम्म चल्ने प्रतियोगिताका सबै खेल झापाको दमक नगरपालिकाको भवनमा संचालन हुने छन् । प्रतियोगितामा च्याम्पियन हुने खेलाडीले नगद पाँच हजार,ट्रफी र मेडल प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुने खेलाडीले नगद तीन हजार,ट्रफी र मेडल,तेस्रो हुने खेलाडीले नगद दुई हजार,ट्रफी र मेडल,चौथो र पाँचौ हुने खेलाडीले नगद पन्ध्र सय र मेडल तथा छैटौ देखी दशौं सम्मकाले नगद पाँच सय र मेडल प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा महिला प्रथम हुनेले नगद एक हजार,ट्रफी र मेडल,दोस्रो र तेस्रो हुनेले नगद पाँच सय र मेडल प्राप्त गर्ने छन् । उमेर समुहमा पनि प्रथम हुनेले पुरस्कार पाउने छन् । जस अन्तरगत बेष्ट अण्डर सिक्सटिन, बेष्ट अण्डर थर्टीन,बेष्ट अण्डर इलेभेन,बेष्ट भेट्रान र बेष्ट अनरेटेड रहेका छन् । उनीहरुले नगद पाँच सयसँगै मेडल प्राप्त गर्ने नेपाल च्याम्पियन तथा क्यान्डिडेट माष्टर भुपेन्द्र निरौला ( निरज ) ले जानकारी दिए । प्रतियोगितामा सहभागिता जनाउनका लागि असार एक गते सम्म सम्पर्क गर्न पनि जिल्ला बुद्धिचाल संघले झापाका सबै खेलाडीलाई अनुरोध गरेको छ । जिल्लामा उत्कृष्ट खेलाडी उत्पादनका लागी र बुद्धिचाल खेल प्रति विद्यार्थीहरुको लगाव बढाउन पनि यस प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष सुब्बाले जानकारी दिए । 

Read more
Sunday, June 12, 2016
सनसाइन कपको उपाधी भण्डारीलाई


२९ जेठ,दमक /  मोरङ्गको उर्लाबारी – ६ मंगलबारेमा सम्पन्न दोस्रो सनसाइन कप अन्तर विद्यालय बुद्धिचालको उपाधी आयोजक सनसाइन बोर्डिङ्ग स्कुलका सक्षम भण्डारीले जितेका छन् ।

शनिबार सातौ तथा अन्तिम राउण्डमा झापा दमकको एभरेष्ट बोर्डिङ्गकी कृपा अधिकारीलाई चित ख्वाएसँगै उनले उपाधी हात पारेका हुन् । भण्डारीलाई कडा चुनौति दिएपनि क्विन पिनमा परेको नदेख्दा उनी पराजित भएकी थिइन् । पहिलो बोर्डमा ह्वाइटबाट खेलेका भण्डारीले अपराजित रहदै प्रतियोगितामा ६.५ अंक जोडे । पराजित अधिकारीको भने ५ अंक थियो । त्यस्तै प्रतियोगिताको दोस्रो भएकी आयोजककै खुसी मुखियाले दोस्रो बोर्डमा खेलेका आयोजककै आदेश दाहाललाई चित ख्वाएकी थिइन् । दाहालले बराबरी गर्न गरेको अफर अस्वीकार गरेकी उनले अन्ततः दाहाललाई घुँडा टेकाउँदै दोस्रो स्थान हासिल गरेकी हुन् । पराजित भएपनि दाहाल तेस्रो भए । मुखियाको ६ र दाहालको ५.५ अंक थियो ।

प्रतियोगितामा आयोजक सनसाइनका सैलेस दुलाल चौथो,झापा मोडल दमकका संदेश खड्का पाँचौ र समान ५.५ अंक नै भएपनि प्रोग्रेसिव प्वाइनटका आधारमा आयोजकका श्रृजन खड्का छैटौ भए । समान पाँच अंक जोडेका सुनगाभा उर्लाबारी मोरङ्गका दिपेन्द्र खनाल ,आयोजकका आषिस पाण्डे,एभरेष्ट दमकका प्रशान्त शाहा र आयोजकका सौरभ दुलाल क्रमशः सातौ देखि दशौं भए ।

गल्सतर्फको उपाधी भने झापा दमकको एभरेष्ट बोर्डिङ्गकी कृपा अधिकारीले जितिन् । उनले प्रतियोगितामा पाँच खेल जितेकी थिइन् । गल्सतर्फ आयोजककी आष्मा थापा हुँदा एभरेष्टकै खुस्बु थापा तेस्रो भइन् । खुस्बुले झापा मोडल दमकका प्रज्वल खतिवडासँग सातौ राउण्डमा बराबरी खेलेकी थिइन् । झापा मोडलकी स्मिता सुब्बा चौथो,झापा मोडलकै रिया कार्की पाँचौ,एभरेष्टकी अस्मिता दाहाल छैटौ र झापा मोडलकी निष्मा संकर सातौ भइन् । 

प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथी समाजसेवी प्रेम प्रकाश कोइराला,समापन कार्यक्रमका सभापति तथा विद्यालयका निर्देशक सुरेन्द्र सुबेदी, झापा जिल्ला बुद्धिचाल संघका अध्यक्ष विजय सुब्बा,सुनगाभा उमाविका विजय श्रेष्ठ,हिमचुलीका भवानी आचार्य,झापा मोडलका जय बहादुर श्रेष्ठ,राष्ट्रिय फुट्बल खेलाडी संजिब बुढाथोकी लगायतले नगद तथा ट्रफी प्रदान गरिएको थियो ।

कार्यक्रममा चिफ आरविटर तथा नेपाल च्याम्पियन भुपेन्द्र निरौला (निरज) र आरविटर तथा संचारकर्मी उत्तम रिजाल र मोरङ्गकी पहिलो महिला रेटेड खुसी मुखियालाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा झापा र मोरङ्गका ८ विद्यालयका ६२ विद्यार्थीको सहभागिता रहेको थियो ।


Read more
Saturday, June 11, 2016
आदेश र सक्षमको अग्रता





२८ जेठ,दमक/  मोरङ्गको उर्लाबारी –६ स्थित मंगलबारेमा जारी दोस्रो सनसाइन कप विद्यालय स्तरीय खुला बुद्धिचाल प्रतियोगितामा आदेश दाहाल र सक्षम भण्डारीले संयुक्त अग्रता कायम गरेका छन् । उनीहरुको ६ राउण्डको खेल सकिदा सम्म समान ५.५ अंक रहेको छ । दुबै आयोजक सनसाइन बोर्डिङ्ग स्कुलका खेलाडी हुन् ।

शुक्रबार सम्पन्न छैटौ राउण्डमा पहिलो बोर्डमा आमने सामने भएका उनीहरुले बराबरी खेलेसँगै संयुक्त अग्रता कायम गर्न सफल भएका हुन् ।

यसअघि चौथो राउण्डमा झापा दमकको एभरेष्ट बोर्डिङ्गका एन्जल शिवालाई पराजित गरेका आदेशले पाँचौ राउण्डमा आफ्नै स्कुलकी आष्मा थापालाई चित ख्वाएका थिए । भण्डारीले भने चौथो राउण्डमा सुनगाभाका दिपेन्द्र खनाल तथा पाँचौ राउण्डमा आफ्नै स्कुलकी खुसी मुखियालाई माथ दिए ।

प्रतियोगिताका एक मात्र रेटेड खेलाडी मुखिया माथिको जितले भण्डारीको उपाधि जित्ने सम्भावना पनि बढेको छ । यद्यपी निर्णय भने अन्तिम राउण्डको खेलले मात्र तय गर्ने भएको छ । शनिबार अन्तिम राउण्डमा भण्डारीले भापा दमकको एभरेष्टकी कृपा अधिकारीसँग पहिलोे बोर्डमा खेल्ने छन् । कृपाको ५ अंक रहेको छ । सो खेलमा भण्डारीले पराजय भोगे दोस्रो बोर्डमा ब्लाकबाट खेल्ने आदेशले खुसीमाथि जित निकाले दाहालले बाजी मार्ने छन् । मुखियाको ५ अंक रहेको छ । उनले छैटौ राउण्डमा दिपेन्द्र खनाललाई माथ दिएकि थिइन् । त्यस्तै छैटौ राउण्डमा जित हासिल गरेपछि झापा दमकको झापा मोडलका संदेश खड्काले पनि टप थ्रिको संभावना बढाएका छन् । उनले छैटौ राउण्डमा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका आयोजकका समिर खड्कालाई पाखा लगाएका थिए ।

त्यस्तै आयोजकका सैलेश दुलालले दमककै एभरेष्टका प्रशान्त शाहालाई पराजित गर्दै ५ अंक बनाएका छन् । उनले अन्तिम राउण्डमा जित निकाले टप थ्रीको यात्रा तय गर्ने छन् । पछिल्लो क्रममा उत्कृष्ट पुनरागमन गरेकी आयोजककै आष्मा थापाले पनि छैटौ जितसँगै छात्रा तर्फको उपाधी सम्भावना बलियो बनाएकी छन् । त्यस्तै दमककै एभरेष्टकी खुस्बु थापाले पनि छात्रा तर्फको टाइटलमा पर्ने सम्भावना बढाएकी छिन् । उनले छैटौ राउण्डमा आफ्नै स्कुलका मिसन दाहाललाई पाखा लगाएकी थिइन् ।

अन्य खेलमा प्रज्वल खतिवडाले ओत्सव अधिकारीलाई,डिचेन लिम्बुले प्रेम बराललाई,बिशाल भण्डारीले सुरेन सुब्बालाई,सिद्धार्थ राईले सुशान्त भण्डारीलाई, कबी ग्याबाले मौसम धिमाललाई,सौरभ दुलालले एन्जल शिवालाई र रोजन ढुङ्गानाले संदिप राईलराई पराजित गर्दै थप एक अंक जोडेका छन् । यिनीहरु सबैको समान ४ अंक रहेको छ । आयोजकका श्रृजन खड्का र आष्मा थापाको समान ४.५ अंक रहेको छ ।

सातौ तथा अन्तिम राउण्डमा यि दुई खेलाडी चौथो बोर्डमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा झापा र मोरङ्गका गरि ८ विद्यालयका ६२ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । अन्तिम राउण्ड विहान दश बजेबाट शुरुहुने चिफ आरविटर तथा नेपाल च्याम्पियन भुपेन्द्र निरौला (निरज) ले जानकारी दिए । सनसाइनले अघिल्लो बर्ष देखी प्रत्येक बर्ष विद्यालय स्तरीय खुला बुद्धिचाल प्रतियोगिता गर्ने जनाएको थियो ।

Read more
Thursday, June 9, 2016
दोस्रो सनसाइन कप शुरु,छ खेलाडी अगाडी




२७ जेठ,उर्लाबारी/  मोरङ्गको उर्लाबारी–६ मंगलबारेमा दोस्रो सनसाइन कप
अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । आयोजक सनसाइन
बोर्डिङ्ग स्कुलमा बिहीबारबाट शुरु प्रतियोगितामा ६ खेलाडी समान तीन अंका
साथ अगाडी रहेका छन् । बिहीबार भएका तीनै राउण्डका खेलमा जित हातपार्दै
आयोजक सनसाइनकी १५ सय ३१ रेटेड खुसी मुखिया,आयोजककै सैलेस दुलाल,सक्षम भण्डारी र आदेश दाहाल तथा सुनगाभाका दिपेन्द्र खनाल र एभरेष्ट
बोर्डिङ्गका एन्जल शिवा टप थ्रि बोर्डमा पर्न सफल भएका छन् । पहिलो राउण्ड देखी नै पहिलो बोर्डमा खेलेकी खुसी लगातार पहिलो बोर्डमै रहेर खेल्न सफल भएकी छन् । पहिलो राउण्डमा सुनगाभा इङ्गलिस स्कुलकी मुविहाङ्गमा वनेम फागोलाई चित ख्वाएकी उनले दोस्रो राउण्डमा आफ्नै
स्कुलका कुस कार्की र तेस्रो राउण्डमा बालबिक्रम कार्कीलाई पाखा लगाएकी थिइन् । उनी प्रतियोगिताकै एक मात्र रेटेड खलाडी हुन् । उनले जेठ ११ गते इलाममा सम्पन्न चौथो राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिताबा रेटिङ्ग प्राप्त गरेकी थिइन् । 
उनी मोरङ्ग जिल्लाकै रेटिङ्ग प्राप्त गर्ने पहिलो महिला खेलाडी समेत हुन् । त्यस्तै प्रतियोगिताका उपाधी दाबेदार मानिएका आदेश दाहालले तेस्रो राउण्डमा आफ्नै स्कुलका आशिष पाण्डेलाई पराजित गरे ।

सैलेसले प्रज्वल बस्नेत माथि जित हासिल गर्दा सक्षम भण्डारीले झापा मोडल दमकका डिचेन लिम्बुलाई चित ख्वाए । दमककै एभरेष्ट बोर्डिङ्गका एन्जल शिवाले भने रोजन ढुङ्गानामाथी अप्रत्यासित जित निकाले । अन्य खेलमा एभरेष्टकी क्रिपा अधिकारीले सनसाइनकी आष्मा थापासँग बराबरी खेल्दा प्रज्वल खतिवडाले नविन आचार्यलाई,कोशल अग्रवालले पायल राईलाई,खेमदुहाङ्ग लिम्बुले प्रेम बराललाई,बिशाल भण्डारीले रोसहाङ्ग लिम्बुलाई,मिसन दाहालले कृष्ण संग्रौलालाई,सौरभ दुलालले सौरभ सिटौलालाई , सुरेन सुब्बाले कवी ग्यावालाई,श्रृजन खड्काले विशाल ढुङ्गानालाई र समिर खड्काले रुजल कार्कीलाई पराजित गर्दै थप एक अंक जोडेर उपाधि होडलाई कायमै राखेका छन् ।

उनीहरुको दुई अंक रहेको छ । शुक्रबार पनि तीन राउण्डका खेल हुने चिफ आरविटर तथा नेपाल च्याम्पियन भुपेन्द्र निरौला ९निरज० ले जानकारी दिएका छन् । प्रतियोगितामा झापा र मोरङ्गका आठ विद्यालयका ६२ विद्यार्थीको सहभागिता रहेको छ ।
Read more
Tuesday, June 7, 2016
अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता हुने

२५ जेठ,विराटनगर/ मोरङ्गको विराटनगरमा अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यहि २७ गतेबाट शुरुहुने मोरङ्ग जिल्ला बुद्धिचाल संघका अध्यक्ष विजय कुमार थापाले जानकारी दिनुभएको छ । 

२९ गते सम्म संचालन हुने सो प्रतियोगितामा प्रत्येक विद्यालयका चार छात्र र चार छात्रा गरी जिल्लाका ८० जनाको सहभागिता हुने अध्यक्ष थापाले जानकारी दिनु भयो । प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट चार छात्र र चार छात्रालाई जिल्ला बुद्धिचाल संघले दोस्रो चरणमा आयोजना गर्ने FIDE ROUND ROBIN CHESS TOURNAMENT मा सोझै सहभागी गराउने छ । आगामी असार महिना भित्रै छनौटमा परेका खेलाडी लगायत स्थानिय खेलाडीहरुलाई समावेश गराई FIDE ROUND ROBIN CHESS TOURNAMENT गराउने पनि थापाले वताउनु भयो । आगामी दिनहरुमा विद्यार्थी लगायत स्थानिय खेलाडीहरुलाई यसै प्रकृया द्वारा प्रतियोगितामा सहभागी गराई जिल्लामा उत्कृष्ट FIDE RATED PLAYER   उत्पादन गरी SECONDARY SCHOOL LEVEL DISTRICT FIDE RATING CHESS TOURNAMENT तथा DISTRICT LEVEL OPEN FIDE RATING CHESS TOURNAMENT को आयोजना गर्ने पनि वहाले वताउनु भयो ।

 मोरङ जिल्लाका खेलाडीहरुलाई अझै सशक्त वनाउनका लागि प्रशिक्षण कार्यक्रमहरु समेत ल्याउने वहाले वताउनु भयो । प्रतियोगिता मोरङ जिल्ला खेलकुद विकास समिति, विराटनगरको कभर्ड हलमा हुनेछ ।
Read more