Open top menu
Monday, July 4, 2016
युके भ्रमणमा निस्किने नेपाली क्रिकेट टोलीको घोषणा

  

२० असार, २०७३ ,काठमाडौ / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) अन्तर्गतको छनोट समितिले युके (संयुक्त अधिराज्य)को तयारी भ्रमणमा निस्कने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
युके भ्रमणमा निस्किने नेपाली क्रिकेट टोलीको घोषणा
आज घोषणा गरिएको १५ सदस्यीय टोलीले इङ्ल्यान्डको म्यारिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग आगामी साउन ४ गते (जुलाई–१९) उसकै घरेलु मैदानमा खेल्नेछ ।
कप्तान पारस खड्काको नेतृत्वको टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी, सुवास खकुरेल, करण केसी, अनिलकुमार मण्डल, सन्दीप लामिछाने, विक्रम सोब, राजु रिजाल तथा राजेश पुलामी मगर छन् ।
नेपालले आगामी अगस्टमा नेदरल्यान्डसँग उसकै मैदानमा विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेल खेल्दैछ । हाल नेपाली टोली त्यसैको तयारी रहे बमोजिम युके भ्रमणमा निस्कन लागेको हो ।क्रिकेटको आधिकारिक निकाय नेपाल क्रिकेट सङ्घ निलम्बनमा रहेका अवस्थामा आइसिसीले आफ्नै अग्रसरतामा नेपाली टोलीको छनोट गरेको हो । 

छनोट समितिमा आइसिसीका प्रतिनिधि भेन्कातपाथी, नेपाली टोलीका प्रमुख  प्रशिक्षक जगत टमाटा र कप्तान खड्का थिए ।   
रासस
Read more
मेसीलाई राष्ट्रिय टिममा फर्कन अनुरोध गर्दै अर्जेन्टिनामा प्रदर्शन जारी



२० असार, २०७३ / कोपा अमेरिका फुट्बलको फाइनलमा चिलीसँग पेनाल्टि मिस गरेसँगै टिमले हार व्यहोरेपछि राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका पाँच पटकका फिफा बर्ष खेलाडी लिओनल मेसीलाई राष्ट्रिय टिममा फर्कन अनुरोध गर्दै अर्जेन्टिनाका हजारौं नागरिकले आफ्नो प्रदर्शन जारी राखेका छन् । 


मेसीलाइ राष्ट्रिय टिममा फर्काउन राष्ट्रपति मौरिसियो माक्रीदेखि फुटबलका महान हस्ती डिएगो म्याराडोना समेतले प्रयास थालेका छन् । उनीहरुको आह्वानमै गत शनिबार साँझ ओबेलिस्को स्मारकमा मुसलधारे वर्षामा रुझ्दै हजारौं नागरिक भेला भएर प्रदर्शन गरेका थिए । त्यससँगै तातेको यो अभियान अहिले मुलुकै भर फैलिएको छ । 

कोपा अमेरिकाको फाइनल खेलमा प्रतिद्वन्द्वी चिलीसँग हारेपछि लोकप्रिय खेलाडी मेसीले अनपेक्षित रुपमा राष्ट्रिय टिमबाट सन्यास लिएको घोषणा गरेका थिए । उनले पेनाल्टीमा गोल गर्न नसकेका कारण अर्जेन्टिनाले उक्त खेल हारेको थियो । खेलमा सफलता प्राप्त भएपछि विजय उत्सव मनाउन ओबेलिस्को स्मारकमा मानिस भेला हुने अर्जेन्टिनामा परम्परा छ । उक्त प्रदर्शनमा फहराइएका ब्यानरमा लेखिएको थियो – लिओ, तिमी नजाऊ । 


हजारौं वर्षमा एक मेसी जन्मने हुनाले उनको खेल हेर्न पाउनु फुटबलप्रेमीका लागि ठूलो अवसर भएको प्रदर्शनमा उत्रिएका एक युवाले प्रतिक्रिया दिएका छन्  । न्यू जर्सीमा चिलीविरुद्धको खेल हारेपछि मेसी अर्जेन्टिना फर्किए र आफ्नो गृहनगर रोजारियोमा केही समय बिताए । त्यसपछि विदा मनाउन उनी बहमास गएका छन् ।

मेसीबिना अर्जेन्टिनाको खेल फितलो हुने गरेको छ ।  अर्जेन्टिनाका फुटबलप्रेमीहरु उनी राष्ट्रिय टिममा फर्किउन भन्ने चाहन्छन् । उनी राष्ट्रिय टिममा फर्कनुपर्छ, मेरा भावनाका लागि मलाई माफ गर्नुस,’ अल्बर्टो सालसले भने, मेरा लागि उनी अपवाद हुन, एक भगवान हुन ’ ।      



                                                                                                                              
                                                                                                                              (द गार्डियनबाट अनुदित)
Read more
आइसल्याण्डमाथी प्रभाबशाली जित निकाल्दै फ्रान्स  युरोकपको अन्तिम चारमा



२० असार , २०७३ /  आइसल्याण्डमाथी प्रभाबशाली जित निकाल्दै आयोजक फ्रान्स  युरोकप २०१६ को अन्तिम चारमा प्रवेश गरेको छ। युरोकपको अन्तिम क्वाटरफाईनलमा आइस्ल्याण्डलाई ५—२ को फराकिलो अन्तरमा पराजित गर्दै आयोजक फ्रान्सले अन्तिम चारको यात्रा तय गरेको हो। अधिकांस समय बल आफ्नो नियन्त्रणमा लिएको फ्रान्सले खेलको १२ र्औ मिनेटमा नै ओलिभर जिरउडको गोल बाट अग्रता लिएको थियो। 



पहिलो गोल गरेको ७ मिनेट पनि बित्न नपाउँदै पाउल पोग्वाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ४२ औं मिनेटमा दिमित्रि पयेट र ४५ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा ४–० को अग्रता दिलाए।


त्यसपछि पहिलो हाफमा ४–० ले पछि परेको आइसल्याण्डले दोस्रो हाफको ५३ औ मिनेटमा बिर्आर्नेसनले गोल गरेर खेल ४—१ को अवस्थामा ल्याए। खेलको ५८ औ मिनेटमा जिरउडले गोल गर्दै फ्रान्सलाई ५—१ को अग्रता दिलाए। त्यसपछि दोस्रो हाफको ८४ औ मिनेटमा बिर्आर्नेसनले गोल गर्दै खेललाई ५—२ को अवस्थामा ल्याएपनि टोलिको पराजय भने टार्न सकेनन्। 

जारी युरोकपमा यो नै अहिले सम्मको फराकिलो अन्तरको जित हो । अब अन्तिम दुई प्रबेशका लागी फ्रान्सले  विश्वविजेता जर्मनीसँग प्रतिश्पर्धा गर्नेछ ।

Read more