Open top menu
Monday, July 4, 2016



२० असार, २०७३ / कोपा अमेरिका फुट्बलको फाइनलमा चिलीसँग पेनाल्टि मिस गरेसँगै टिमले हार व्यहोरेपछि राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका पाँच पटकका फिफा बर्ष खेलाडी लिओनल मेसीलाई राष्ट्रिय टिममा फर्कन अनुरोध गर्दै अर्जेन्टिनाका हजारौं नागरिकले आफ्नो प्रदर्शन जारी राखेका छन् । 


मेसीलाइ राष्ट्रिय टिममा फर्काउन राष्ट्रपति मौरिसियो माक्रीदेखि फुटबलका महान हस्ती डिएगो म्याराडोना समेतले प्रयास थालेका छन् । उनीहरुको आह्वानमै गत शनिबार साँझ ओबेलिस्को स्मारकमा मुसलधारे वर्षामा रुझ्दै हजारौं नागरिक भेला भएर प्रदर्शन गरेका थिए । त्यससँगै तातेको यो अभियान अहिले मुलुकै भर फैलिएको छ । 

कोपा अमेरिकाको फाइनल खेलमा प्रतिद्वन्द्वी चिलीसँग हारेपछि लोकप्रिय खेलाडी मेसीले अनपेक्षित रुपमा राष्ट्रिय टिमबाट सन्यास लिएको घोषणा गरेका थिए । उनले पेनाल्टीमा गोल गर्न नसकेका कारण अर्जेन्टिनाले उक्त खेल हारेको थियो । खेलमा सफलता प्राप्त भएपछि विजय उत्सव मनाउन ओबेलिस्को स्मारकमा मानिस भेला हुने अर्जेन्टिनामा परम्परा छ । उक्त प्रदर्शनमा फहराइएका ब्यानरमा लेखिएको थियो – लिओ, तिमी नजाऊ । 


हजारौं वर्षमा एक मेसी जन्मने हुनाले उनको खेल हेर्न पाउनु फुटबलप्रेमीका लागि ठूलो अवसर भएको प्रदर्शनमा उत्रिएका एक युवाले प्रतिक्रिया दिएका छन्  । न्यू जर्सीमा चिलीविरुद्धको खेल हारेपछि मेसी अर्जेन्टिना फर्किए र आफ्नो गृहनगर रोजारियोमा केही समय बिताए । त्यसपछि विदा मनाउन उनी बहमास गएका छन् ।

मेसीबिना अर्जेन्टिनाको खेल फितलो हुने गरेको छ ।  अर्जेन्टिनाका फुटबलप्रेमीहरु उनी राष्ट्रिय टिममा फर्किउन भन्ने चाहन्छन् । उनी राष्ट्रिय टिममा फर्कनुपर्छ, मेरा भावनाका लागि मलाई माफ गर्नुस,’ अल्बर्टो सालसले भने, मेरा लागि उनी अपवाद हुन, एक भगवान हुन ’ ।      



                                                                                                                              
                                                                                                                              (द गार्डियनबाट अनुदित)
Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments