Open top menu
Wednesday, February 7, 2018
पथरीलाई पराजित गर्दै आयोजक फाइनलमा, उपाधिका लागि राष्ट्रिय जागृतिसँग भिड्ने

उत्तम रिजाल, झापा – पथरी फुटबल क्लब मोरङलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै आयोजक गुहेश्वरी युवा क्लब झापाको कमल गाउँपालिकामा जारी स्वर्गीय विशाल खड्का स्मृति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

निर्धारित समयसम्म २–२ को बराबरी भएपछि भएको टाइब्रेकरमा आयोजकका जर्सी नम्बर–१५ का निशान लिम्बु, जर्सी नम्बर–२३ का अशोक खबास, जर्सी नम्बर–१० का तीर्थ बस्नेत र जर्सी नम्बर–४ का निरज बस्नेतले गोल गरेका थिए।

आयोजकका जर्सी नम्बर–३ का सुरेन खबासको प्रहार पथरीका गोल रक्षक अर्जुन बस्नेतले विफल तुल्याएका थिए। पथरीका तर्फबाट जर्सी नम्बर–१७ का दिपक राई, जर्सी नम्बर–११ का साइमन लिम्बु र जर्सी नम्बर–३ का कवि राईले मात्र गोल गर्न सके।

कप्तान मीन धिमालको प्रहार आयोजकका गोल रक्षक किशोर गिरीले विफल बनाएका थिए। त्यस्तै, जर्सी नम्बर–४ का सुवास तामाङको प्रहार क्रस बारमा लागेर बाहिरिएको थियो।

यद्यपि खेलमा अग्रता पथरीले पहिलो हाफको ३२औं मिनेटमा साइमन लिम्बुको गोलबाट लिएको थियो। उनले पेनाल्टी मार्फत गोल गरेका थिए। साइमनले नै पहिलो हाफकै इन्जुरी समयमा थप अर्को गोल गर्दै अग्रता दोब्बर बनाएका थिए।

तर, पहिलो हाफमा दुई शुन्यले पछि परेको आयोजकले दोश्रो हाफको छैटौ मिनेटमा जर्सी नम्बर ११ का सुनिल खड्काको गोलबाट अग्रता कम गरेको थियो। दोश्रो हाफको २४औं मिनेटमा पथरीका जर्सी नम्बर–१० का सुमन राई रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

उनले आयोजकका जर्सी नम्बर–२३ का अशोक खबासमाथि हातपात गरेपछि रेफ्री लोकराज ढुङ्गानाले रातो कार्ड दिएका हुन्। त्यसपछि दश खेलाडीमा सीमित भएको पथरीविरुद्ध झनै आक्रामक देखिएको आयोजकले दोश्रो हाफको ३५औं मिनेटमा बराबरी गर्यो।

उसका निरज बस्नेतले डिबक्सभित्र निशान लिम्बुले दिएको क्रस पासमा दर्शनीय गोल गरेका थिए। यसअघि, खेल शुरु भएको ९औं मिनेटमा अयोजकका जर्सी नम्बर–१० का तीर्थ बस्नेतको प्रहार बायाँ पोलमा लागेर बाहिरिएको थियो।

दोश्रो हाफको इन्जुरी समयमा आयोजकका कप्तान सुरेन थापाको प्रहार पनि क्रसबारमा लागेर बाहिरिएको थियो। खेलको म्यान अफ दि म्याच विजयी टिमका निरज बस्नेत भए। उनले ट्रफी तथा नगद दुइ हजार प्राप्त गरे।
अब आयोजकले उपाधिका लागि सुनसरीको राष्ट्रिय जागृतिसँग आगामी शुक्रबार प्रतिस्पर्धा गर्नेछ। 

राष्ट्रिय जागृतिले यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा सयपत्री फुटबल क्बल पाँचथरलाई ३–१ ले पराजित गरेको थियो। प्रतियोगिताको विजेताले नगद एक लाख एक सय एघार तथा उप–विजेताले पचास हजार पाँच सय पचपन्न रुपैयाँ प्राप्त गर्नेछन्।

२०७४ माघ,  २५ 
Read more
Tuesday, February 6, 2018
राष्ट्रिय जागृती क्लब स्वर्गीय विशाल खड्का स्मृति कप फुटबलकाे फाइनलमा


उत्तम रिजाल,झापा – सुनसरीको राष्ट्रिय जागृती फुट्बल क्लब झापाको कमल गाउँपालिकामा जारी स्वर्गीय विशाल खड्का स्मृति कप फुट्बल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सयपत्री फुट्बल क्लब पाँचथरलाई ३–१ ले पराजित गर्दै राष्ट्रिय जागृतीले फाइनल यात्रा तय गरेको हो। यद्यपी खेलमा अग्रता भने सयपत्री फुट्बल क्लबले लिएको थियो। पाँचथरका जर्सी नम्बर ३ का उमेश राईले पहिलो हाफको १७औं मिनेटमा शान्दार गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए।

तर, दोश्रो हाफको छैटौ मिनेटमा उमेश राई खुट्टाको चोटका कारण मैदान बाहिरिए। त्यपछि राष्ट्रिय जागृती खेलमा हावी भएको थियो। जागृतीका जर्सी नम्बर ९ का वीरेन्द्र लिम्बुले दोश्रो हाफको १२औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए भने जर्सी नम्बर १४ का दिपेन तामाङ्गले २७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि झनै आक्रामक खेल खेलेको उसका लागि दोश्रो हाफको ३२ औ मिनेटमा जर्सी नम्बर १० का समीर राईले तेश्रो गोल गरेका थिए।

खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर ९ का वीरेन्द्र लिम्बु घोषित भए। उनले ट्रफीसँगै नगद दुइ हजार प्राप्त गरे। बुधबार दोश्रो सेमिफाइनलमा आयोजक गुहेश्वरी युवा क्लब र पथरी फुट्बल क्बल मोरङ्ग आमने–सामने हुनेछन्।
प्रतियोगिताको विजेताले नगद एक लाख एक सय एघार तथा उप–विजेताले नगद पचास हजार पाँच सय पचपन्न रुपैयासँगै ट्रफी हात पार्ने छन्। खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ।

२०७४ माघ, २४
Read more
एपीएफलाई टाइब्रेकरमा पछि पार्दै पथरी फुटबल क्लब सेमिफाइनलमा

उत्तम रिजाल, झापा – शसस्त्र प्रहरी बलको एपीएफ क्लब झापालाई टाइब्रेकरमा ५–३ ले पछि पार्दै पथरी फुटबल क्लब मोरङ्ग झापाको कमल गाउँपालिकामा जारी स्वर्गीय विशाल खड्का स्मृती कप फुट्बल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।
निर्धारीत ७० मिनेट सम्म खेल गोल रहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा शसस्त्रका जर्सी नम्बर ८ का उज्वल राईको प्रहार क्रसबारमा लागेर फर्किएपछि एपीएफको अघिल्लो चरण पुग्ने सपना अधुरै भएको हो।
विजयी टिमका लागि जर्सी नम्बर १५ का सुमन राई, जर्सी नम्बर ८ का साइमन लिम्बु, जर्सी नम्बर ४ का मिन धिमाल, जर्सी नम्बर १२ का सुबास तामाङ्ग र जर्सी नम्बर ३ का कबी राईले गोल गरेका थिए ।
उता पराजित शसस्त्रको तर्फबाट भने जर्सी नम्बर १० का सुशील राई, जर्सी नम्बर ४ का अभिषेक लिम्बु र जर्सी नम्बर ५ का पवन बस्नेतको प्रहार मात्र गोलमा परिणत भएको थियो । खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर १२ का सुबास तामाङ्ग घोषित भए।
उनलाई कमल गाउँपालिकाका खेलकुद विकास समितिका सह–सम्योजक तेज कुमार राईले ट्रफी प्रदान गरे। त्यस्तै आयोजकका अध्यक्ष कृष्ण कार्कीले नगद २ हजार पुरस्कार प्रदान गरेका थिए। यो खेलसँगै प्रतियोगितको सेमिफाइनल समीकरण पनि पुरा भएको छ।
मंगलबार पहिलो सेमिफाइनलमा राष्ट्रिय लिग खेलेका खेलाडीहरुले भरिएको सयपत्री फुट्बल क्लब पाँचथर र राष्ट्रिय जागृती फुटबल क्बल सुनसरी आमने–सामने हुनेछन्। प्रतियोगिताको विजेताले नगद १ लाख १ सय ११ र उप–विजेताले नगद ५० हजार पाँच सय पचपन्न रुपैयाँसँगै ट्रफी हात पार्नेछन्। खेल गुहेश्वरी युवा क्लबले आयोजना गरेको हो। 
२०७४ माघ, २३
Read more
Friday, January 26, 2018
फुटबलका विशाल राई र क्रिकेटकी रुबिना क्षेत्री झापा जिल्लाको उत्कृष्ट वर्ष खेलाडी घोषित, प्रोफाइल भने कमजोर

उत्तम रिजाल , झापा,११ माघ  नेपाल खेलकुद पत्रकार मन्च झापाले फुटबलका विशाल राई र क्रिकेटकी रुबिना क्षेत्रीलाई झापा जिल्लाको उत्कृष्ट वर्ष खेलाडी घोषित गरेको छ । विशाल पुरुषतर्फ र रुबिना महिलातर्फ उत्कृष्ट बर्ष खेलाडी घोषित भएका हुन् । दुबैको प्रोफाइल भने अन्य प्रतिस्पर्धीको भन्दा कम छ । तर आयोजकले अवार्ड घोषणा गर्दा कुनै पनि खेलाडीको प्रोफाइल अतिथि तथा उपस्थित दर्शक सामु प्रस्तुत गरेन् ।
आयोजकले भने २०७३ साल भरिको ब्यक्तिगत प्रदर्शनका आधारमा उनीहरुलाई २०७३ सालको उत्कृष्ट बर्ष खेलाडी घोषित गरेको जनाएको छ । यद्यपी अन्य प्रतिस्पर्धी खेलाडीले भने अवार्ड वितरणमा खेलाडीको प्रोफाइल दर्शक सामु नदेखाइ आँफुखुसी उत्कृष्ट खेलाडी घोषणा गरेको गुनासो गरेका छन् । पुरुषतर्फको बर्ष खेलाडी घोषित भएका मनाङ्ग मस्र्याङ्दी क्लबका मिडफिल्डर विशालले फुटबलकै योगेश गुरुङ र बुद्धिचालका भूपेन्द्र निरौलालाई पछि पार्दै उपाधि जितेका हुन् । बर्षको उत्कृष्ट खेलाडी हुन उसले बर्षभरी अन्य प्रतिस्पर्धी खेलाडीको भन्दा उत्कृष्ट प्रदर्शन गरेको हुनु पर्दछ। तर त्यो नहेरिएको बक्सिङ्गकी सुलब मगर र बुद्धिचालका भुपेन्द्र निरौलाले अवार्ड वितरण पछि प्रतिक्रिया दिए ।

यस्तो छ विशाल,योगेश र भुपेन्द्रको बर्ष २०७३ को प्रोफाइल ।


बर्ष २०७३ मा विशाल राई

बर्ष २०७३ मा खेलेका सबै प्रतियोगीतामा गरि मनाङले आहा रारा,झापा गोल्डकप र धनगडी गोल्डकप जीतेको विशालले बताए । उनीसँगको कुराकानीमा उनले भने बर्ष २०७३ भरी दुइ तीन गोल गरे होला । उनी बर्ष २०७३ मा कुनै प्रतियोगितामा सर्बाधिक गोलकर्ता तथा उत्कृष्ट मिडफिल्डर भएनन् ।

बर्ष २०७३ मा योगेश गुरुङ्ग

झापा ११ बाट खेल्दै आएका योगेश गुरुङ्गले बर्ष २०७३ मा झापा ११ ले माइ भ्याली गोल्डकप, काँकडभिट्टा गोल्डकप र मानेभञ्ज्याङ्ग गोल्डकप जीतेको बताए । उनलाई बर्ष २०७३ भरी तपाइले कति गोल गर्नु भयो भनी सोधिएको प्रश्नमा उनले भने २०७३ भरी सबै प्रतियोगिता गरि चार पाँच गोल गरे होला । योगेश पनि बर्ष २०७३ मा कुनै प्रतियोगितामा सर्बाधिक गोलकर्ता तथा उत्कृष्ट खेलाडी घोषित भएनन् ।

बर्ष २०७३ मा भुपेन्द्र निरौला

बुद्धिचालका भुपेन्द्र निरौलाले बर्ष २०७३ मा इलाममा सम्पन्न १९ औं राष्ट्रिय बुद्धिचालमा एक खेल अगाबै नेपाल च्याम्पियन बन्दै उपत्यका बाहिरको पहिलो नेपाल च्याम्पियन बन्ने पहिलो खेलाडीको रुपमा आँफुलाई दर्ज गरेका थिए । त्यस्तै उनले अजरबैजानको बाकुमा भएको विश्वका एक सय ८० देश का खेलाडी सहभागी ओलम्पियाड ( चेस ओलम्पिक ) मा नेपालको प्रतिनिधित्व गरेका थिए । सोहि प्रतियोगितामा उनले बुद्धिचालका २५१० रेटिङ्गका कोलम्बियन ग्राण्डमास्टर लाई पराजीत गरे । २५०० रेटिङ्ग माथीको ग्राण्डमास्टरलाई पराजीत गर्ने उनी नै पहिलो नेपाली खेलाडी समेत हुन् । त्यस्तै २०७३ मै स्याङ्गजामा भएको धनबहादुर प्रधान स्मृती राष्ट्र व्यापी बुद्धिचालमा अपराजीत रहदै दोश्रो भएका थिए । सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लब बाट सहभागी ( उपत्यका बाहिर बाट विभागीय टोलीबाट खेल्ने पहिलो बुद्धिचाल खेलाडी ) ।

के भने उपाधि जितेपछि स्टेजबाट विशालले

उपाधि जितेपछि स्टेजबाट सम्बोधन गर्दै विशालले भने– म मनाङ्गको खेलाडी हुँ । मलाई झापा बाट खेल्ने मन छ । अहिले सम्म झापा बाट खेल्न पाएको छुइन । अब चाँहि पुरा हुन्छ होला, भगिरथ आले मामा यहिँ हुनुन्छ, जेके सर यहि हुनुन्छ । मलाई झापा बाट खेलाउनु हुन्छ होला । म झापा बाट खेल्न चाहान्छु ।


उता उत्कृष्ट महिला वर्ष खेलाडी भएकी रुबिनाको बर्ष २०७३ राम्रो थिएन् । उनले खेलेका ११ खेलमा कुनैमा पनि अर्ध सतक बनाउन त सकिनन् नै उनले १३ रन भन्दा बढी रन जोड्न सकिनन् । यद्यपी उनले बक्सिङकी सुलब मगर र कराँतेकी एस्तर राईलाई उछिन्दै उपाधि जीतेकी थिइन् ।

यस्तो छ बर्ष २०७३ मा रुबिना क्षेत्रीको प्रदर्शन

उनको नेतृत्वमा हङ्गकङ्गमा भएको विश्वकप क्रिकेटको लागी एशिया क्षेत्रको छनोट प्रतियोगिताका ६ खेल मध्ये ३ मा जीत,३ मा हार,उनले प्रतियोगितामा खेलेका ६ खेलमा सबै भन्दा बढी चीन विरुद्ध १३ रन जोडेकी थिइन् ।
पहिलो खेल ९ अक्टोबर २०१६ आयोजक हङ्गकङ्गसँग ६ विकेटले पराजित, नेपाल १९.२ ओभरमा ७७ रनमा अल आउट । रुबिना १२ रनमा आउट, बलिङ्गतर्फ ३ ओभर ११ रन ।
दोश्रो खेल १० अक्टोबर २०१६थाइल्याण्डसँग ३ विकेटले पराजित, नेपालले २० ओभरमा ८ विकेट गुमाएर ७६ रन बनाउँदा १५ बल खेलेकी रुबिना ७ रनमा अविजित, बलिङ्गतर्फ ३ ओभर १४ रन एक विकेट ।
तेश्रो खेल ११ अक्टोबर २०१६ नेपाल २० रनले विजयी, नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९५ रन जोड्दा ७ बल खेलेकी रुबिना ४ रनमै आउट । बलिङ्गतर्फ ४ ओभर १० रन १ विकेट ।                                               
चौथो खेल १३ अक्टोबर २०१६ नेपाल हङ्गकङ्ग विरुद्ध ६ रनले विजयी, नेपालले २० ओभरमा ८ विकेट गुमाएर ७५ रन जोड्दा ४ बल खेलेकी रुबिना ४ रनमै आउट । बलिङ्गतर्फ ३ ओभरमा १५ रन खर्चेर एक विकेट ।
पाँचौ खेल १४ अक्टोबर २०१६ नेपाल थाइल्याण्डसँग एक विकेटले पराजित, नेपालले २० ओभरमा ४ विकेटको क्ष्यतिमा एक सय ८ रन जोड्दा रुबिना १० रनमा अविजित ।
छैटौ खेल १५ अक्टोबर २०१६ चीन विरुद्ध नेपाल ४ विकेटले विजयी, ९ बल खेलेकी रुबिना १३ रनमा अविजित, बलिङ्गतर्फ ४ ओभरमा १० रन खर्चेर २ विकेट लिन सफल । सो खेलमा मात्र प्लेयर अफ दि म्याच ।  
त्यस्तै उनको नेतृत्वमा थाइल्याण्डको बैंककमा भएको ट्वान्टी–ट्वान्टी एशिया कप क्रिकेट प्रतियोगिता खेलेको नेपालले प्रतियोगिताका कुनै पनि खेलमा जीत निकाल्न सकेन् । उनले प्रतियोगितामा खेलेका ५ खेलमा सबै भन्दा बढी पाकिस्तान विरुद्ध ११ रन जोडेकी थिइन् ।

एशिया कपको पहिलो खेल २६ नोभेम्बर २०१६नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित, नेपाल १८.१ ओभरमा ४७ रनमा अल आउट, ३३ बल खेलेकी रुबिना ११ रन जोड्दै विस्माह मारुफको बलमा क्लिन बोल्ड, बलिङ्गतर्फ उनले २ ओभरमा ११ रन दिइन् ।
दोश्रो खेल २८ नोभेम्बर २०१६नेपाल श्रीलंकासँग ८ विकेटले पराजित,१६.३ ओभरमा २३ रनमै सिमित, रुबिना १४ बलमा एक रन जोड्दै आउट । बलिङ्गतर्फ २ ओभरमा १७ रन खर्चेर एक विकेट ।
तेश्रो खेल २९ नोभेम्बर २०१६ बंगलादेशसँग ९२ रनले पराजित, नेपाल १७.३ ओभरमा ४१ रनमै अल आउट, रुबिना १९ बलमा ७ रन जोड्दै जहनरा आलमको बलमा बोल्ड । बलिङ्गतर्फ ४ ओभरमा एक मेडन राख्दै एक विकेट ।
चौथो खेल १ डिसेम्बर २०१६ थाइल्याण्डसँग ८ विकेटले पराजित, नेपाल १९.५ ओभरमा ६३ रनमै प्याक । १५ बल खेलेकी रुबिना ८ रनमा आउट, बलिङ्गतर्फ ४ ओभर १६ रन ।
पाँचौ खेल २ डिसेम्बर २०१६ इण्डीयासँग ९९ रनले पराजित, नेपाल १६.३ ओभरमा २१ रनमै अल आउट । १६ बल खेलेकी रुबिना २ रनमै पुनम यादवको बलमा स्टम्पिङ आउट । बलिङ्गतर्फ ४ ओभर २१ रन २ विकेट ।


बर्ष २०७३ मा सुलब मगर

क्षेत्रिय प्रतियोगितामा स्वर्ण पदक, सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक, भारतमा सम्पन्न दिल्ली सुपर लिग बक्सिङ्ग प्रतियोगिताको लागी भारत उत्तर प्रदेश सरकार द्धारा दुइ बर्षे अनुबन्ध गरिएकी नेपालकी एक मात्र महिला खेलाडी, सो प्रतियोगिताका लागी उनलाई प्रति खेल ७०० अमेरिकी डलरमा अनुबन्ध गरिएको थियो । प्रति खेल ७०० अमेरिकी डलर पाउने उनी नेपालकै पहिलो तथा एक मात्र खेलाडी । १७ बर्षे उमेरमा दिल्ली सुपर लिग खेल्ने विश्वकै पहिलो खेलाडी ।

बर्ष २०७३ मा एस्तर राई

क्षेत्रिय प्रतियोगितामा स्वर्ण पदक,राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक   


खेलाडीको गुनासो

बक्सिङ्गकी सुलब मगरले आँफुलाई अवार्ड घोषणा गर्ने अघिल्लो दिन मात्र फोन गरेर तपाई पनि मनोनयनमा पर्नु भएको छ । आउनु होला, निर्णायक र दर्शकले भोट गरेर उत्कृष्ट खेलाडी घोषर्णा गर्ने हो भनेर बोलाएको भएपनि त्यस्तो नभएको भन्दै सहि निर्णय नभएको गुनासो गरिन् ।
उनले आयोजकले आफ्नो भिडियो समेत नबनाएको बताईन् । उनले खान बस्नको ब्यबस्था छ भनेर आयोजकले अरुलाई पनि ल्याएर आउनुस भनेको र आँफुले गुरुलाई लिएर गएको तर राती अबेर त्यतिकै हिड्नु परेको गुनासो समेत गरिन् । उनले भनिन– भने जस्तो केहि रहेनछ धन्न साथीहरुलाई लिएर गइनछु , नत्र बेइजत नै हुने रहेछ ।
त्यस्तै कराँतेकी एस्तरले फुट्बल र क्रिकेटलाई मात्र खेल देख्नेहरुले बक्सिङ्ग र कराँते के बुझ्थे भन्दै प्रतिक्रिया दिएकी थिइन् भने बुद्धिचालका भुपेन्द्रले खेलाडीको ब्यक्तिगत प्रदर्शनका आधारमा आयोजकले अवार्ड घोषणा नगरेको प्रतिक्रिया दिए ।
उनले खेलाडीको व्यक्तिगत प्रदर्शन हेरेर मुल्यांकन गर्नुको सट्टा आयोजकले आफ्नो नजिककोलाई अवार्ड दिएको आरोप लगाउँदै खेलाडीको प्रोफाइल अतिथि तथा उपश्थित दर्शक,पत्रकार सामु नदेखाउनु नै कमजोर प्रोफाइल भएकालाई उत्कृष्ट खेलाडी घोषणा गर्न सजिलो भएको प्रतिक्रिया दिए ।

त्यस्तै पूर्व क्रिकेटर तथा नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवाल वर्षका उत्कृष्ट प्रशिक्षक बने । मनोजसँगै उत्कृष्ट प्रशिक्षकमा झापा ११ का सञ्जय राई र कराँतेकी सीता राई मनोनयनमा परेका थिए । अवार्डमा फुटबलले वर्ष खेलाडीसहित तीन विधामा पुरस्कार जित्यो । युवा वर्ष खेलाडीको उपाधि झापा ११ का डिफेन्डर देवेन्द्र तामाङले पाए भने रमपम झापा ११ पिपुल्स च्वाइजतर्फ उत्कृष्ट टोली बन्यो । विजेता सबैले समान १५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।
अवार्ड विजेतालाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्ट, एन्फाका केन्द्रीय सदस्य पंकजविक्रम नेम्वाङ, एन्फा पूर्वाञ्चल संयोजक जलकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापा,जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगिरथ आलेलगायतले पुरस्कृत गरेका थिए । नगद पुरस्कार एन्फा सदस्य नेम्वाङले दिवंगत भाइ फुटबलर आशिषविक्रम नेम्वाङको स्मृतिमा प्रदान गरेका थिए ।
Read more
Thursday, January 25, 2018
मोरङ्गको विराटनगरमा महानगरपालिका कप बुद्धिचाल प्रतियोगिता हुने

झापा,११ माघ  मोरङ्गको विराटनगरमा विद्यालय स्तरीय महानगरपालिका कप बुद्धिचाल प्रतियोगिता हुने भएको छ । विराटनगर महानगरपालिका भित्रका बुद्धिचालका खेलाडीहरुको खेल स्तर बृद्धिका लागि खेलको आयोजना गरिएको जिल्ला बुद्धिचाल संघका अध्यक्ष विजय थापाले जानकारी दिए । 


प्रतियोगिता आगामी २६ गते देखी २८ गते सम्म संचालन हुनेछ । प्रतियोगितामा विराटनगर महानगरपालिका भित्रका ७० बढी खेलाडीको सहभागिता रहने पनि अध्यक्ष थापाले जानकारी दिए ।
Read more