Open top menu
Wednesday, April 19, 2017
हैदराबाद १५ रनले विजयी

इण्डीयन प्रिमियर लिग क्रिकेटको गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । उसले दिल्ली डेयरडेभिल्सलाई १५ रनले पराजित गरेको गर्योे ।
हैदराबादमा टस जितेर ब्याटिङ्ग गरेको सनराइजर्सले प्रस्तुत गरेको एक सय ९२ रनको लक्ष्य पच्छ्याएको दिल्लीले पुरै ओभर खेलेपनि ५ विकेट गुमाएर एक सय ७६ रन मात्र बनाउन सक्यो । उसका लागी श्रेयास इयरले सर्बाधिक अविजित ५०, ओपनर सन्जु सामसनले ४२, करुन नैरले ३३ र एंगेलो म्याथ्युजले ३१ रनको योगदान दिए ।
टस जितेर ब्याटिङ्ग गरेको सनराइजर्स हैदराबादले ४ विकेटको क्ष्यतिमा एक सय ९१ रन जोडेको थियो । उसका ओपनर तथा आक्राम ब्याट्समेन कप्तान डेविड वार्नर ४ रनमै आउट भएपनि म्यान फ दि म्याच कान विलियम्सन र शिखर धवन चम्किएपछि उच्च स्कोर बनाएको थियो । विलियम्सनले ५१ बलमा ६ चौका र ५ छक्काको सहायताले ८९ तथा धवनले ५० बलमा ७ चौका र एक छक्काको सहायताले ७० रन जोडेका थिए ।
युवराजसिंह मात्र ३ रनमा पेवेलियन फर्किदा मोइसेस हेनरीक्विस १२ तथा दीपक हुडा ९ रनमा अविजित रहे । आज किंग्स इलेभेन पन्जाब र मुम्बई इण्डीयन्सबीच प्रतिस्पर्धा हुनेछ ।

२०७४,बैसाख ७
Read more
Tuesday, April 4, 2017
पहिलो ट्वान्टी–ट्वान्टीमा बंगलादेश द्धारा श्रीलंका सामु १५६ रनको लक्ष्य प्रस्तुत

उत्तम रिजाल,   श्रीलंका विरुद्धको पहिलो टि ट्वान्टीमा बंगलादेशले एक सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कोलम्बोमा टस जितेर ब्याटिङ्ग गरेको पाहुना टोली बंगलादेशले ६ विकेटको क्ष्यतिमा एस सय ५५ रन जोडेको थियो ।


उसका लागि मोसादेक हुसेनले सर्बाधिक अविजित ३४ , महमुदुल्लाहले ३१, ओपनर सौम्य सरकारले २९ तथा सविर रहमानले १९ रनको योगदान दिए । आस गरिएका ओपनर तमिम इक्वाल विनाकुनै रनमा आउट भएपछि टिमले खाता नै नखोली पहिलो विकेट गुमाएको थियो । तर सरकार र रहमानले सम्हालिदैं ब्याटिङ्ग गरेसँगै टिमले सन्तोषजनक स्कोर बजाएको थियो ।


बलिङ्गतर्फ लासिथ मालिङ्गाले २ तथा विकुम संजय, असेला गुनारत्ने र सिक्कुज प्रसन्नाले समान एक विकेट लिए । जबाफमा एक सय ५६ रनको लक्ष्यका साथ ब्याटिङ्ग थालेको घरेलु टोलीले आक्रामक शुरुवात गरेको छ ।

२२ चैत्र, २०७३
Read more
Sunday, April 2, 2017
मायामी ओपन टेनिसको उपाधि रोजर फेडेररलाई

पाँचौं मायामी ओपन टेनिसको उपाधि रोजर फेडेररले जितेका छन् । फाइनलमा चिर प्रतिद्वन्द्वी राफेल नाडाललाई हराएर फेडेररले उपाधि उचालेका हुन् ।

विश्व नम्बर ६ रोजर फेडेररले सातौं बरियताका राफेल नाडाललाई ६–३ र ६–४ को सेटमा हराएर उपाधि उचालेका हुन् । स्वीस फेडेररले निक किरिओसलाई ७–६, ६–७ र ७–६ को सेटमा हराएर फाइनलमा स्थान बनाएका थिए । 

यस्तै सातौं बरियताका स्पेनिस नाडालले सेमिफाइनलमा ४० औं बरियताका फाबियो फोग्निनीलाई ६–१ र ७–५ को सेटमा हराएर फाइनलमा स्थान पक्का गरेका थिए । मायामी ओपनको फाइनल भेट फेडेरर र नाडालबिचको ३७ औं भेट थियो । फेडेररले गएको जनवरीमा भएको अस्ट्रेलियन ओपनमा नाडाललाई हराएर उपाधि जितेका थिए । 
मायामी ओपनको उपाधि तेश्रोपटक जितेका फेडेररले यसले आफूलाई फ्रेन्च ओपनमा राम्रो प्रदर्शन गर्ने हौसला मिलेको बताए । घुँडाको चोटका कारण लामो समय कोर्टमा नदेखिएका ३५ वर्षे फेडेरर मायामी ओपनको उपाधि जित्ने सबैभन्दा बढी उमेरका खेलाडी पनि भएका छन् ।

Read more
लिग लिडर चेल्सीको अप्रत्यासित हार

लिग लिडर चेल्सीले अप्रत्यासित हार ब्यहोरेपछि इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि होड रोमाञ्चक बनेको छ । गए राति आफ्नै घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा उ  क्रिस्टल प्यालेससंग २–१ ले पराजित भयो । खेलको ५ औ मिनेटमा सेस फाब्रिगासको गोल मार्फत अग्रता लिएपनि त्यसको ६ मिनेटमा २ गोल खाएको थियो ।


खेलपछि चेल्सी प्रशिक्षक एन्टोनी कोन्टेले अप्रत्यासित हारले प्रिमियर लिगको उपाधि यात्रा अझ रोचक बनेको प्रतिक्रिया दिए । लिगमा ९ खेल बाँकी रहदा लण्डन क्लब, दोस्रो स्थानको टोटनह्याम भन्दा ७ अंकले अघि छ । अर्को खेलमा टोटनह्यामले वर्नलीलाई २–० ले पराजित गरेको छ । त्यस्तै, लिभरपुलले एर्भटनलाई ३–१ ले पराजित गर्दै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।
शीर्ष चार भित्र पर्न संघर्षरत म्यानचेष्टर युनाईटेडले भने वेष्ट ब्रोमसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको छ । पछिल्लो नतिजाले शीर्ष चारभित्र पर्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने म्यान युको सम्भावना कम्जोर बनेको छ । ९ खेल बाँकी छदा म्यान यु चौथो स्थामा रहेको म्यान्चेष्टर सिटी भन्दा ४ अंकले पछाडी छ ।
२० चैत्र, २०७३
Read more