Open top menu
Wednesday, March 15, 2017
श्रीलंकाको खराब प्रदर्शन



बंगलादेश विरुद्धको दोस्रो टेष्टको पहिलो इनिङ्गमा श्रीलंकाले खराब प्रदर्शन गरेको छ । कोलम्बोमा टस जितेर ब्याटिङ्ग गरेको घरेलु टोलिले पहिलो दिनको खेल सकिंदा सम्म ८३.१ ओभर खेल्दै ७ विकेटको क्ष्यतिमा २ सय ३८ रन बनाएको छ । क्रिजमा दिनेश चण्डीमाल सर्बाधिक ८६ रनमा अविजित छन् ।


उनले २ सय १० बलको सामनामा ४ चौकाको सहायताले सो रन बनाएका हुन् । उनलाई कप्तान रंगना हेराथले ६३ बलमा २ चौकाको सहायताले १८ रनमा साथ दिइरहेका छन् । यसअघि ओपनर दिमुथ करुनारत्नेलाई पहिलो विकेट स्वरुप ७ रनमा गुमाएको श्रीलंकाले कुशल मेण्डिसलाई दोस्रो विकेट स्वरुप ५ रनमा गुमाएको थियो ।


त्यसपछि अर्का ओपनर उपल थारंगा ११ तथा गनारत्ने १३ रनमा आउट हुँदा धनन्जय डे शिल्भा र निरोशन डिकवेलले समान ३४ रनको योगदान दिए । त्यसपछि दिलरुवान परेराले ९ रनमा चित्त बुझाए । बलिङ्गतर्फ मुस्तफिजुर रहमान र मेहेदि हसनमिराजले २/२ तथा सुबाशिस रोय, तैजुल स्लाम र सकिब अल हसनले समान एक विकेट लिए ।


भोलि दोस्रो दिनको खेल शुरुहुँदा घरेलु टोलिले ७ विकेटको क्ष्यतिमा २ सय ३८ रनबाट खेल्न शुरु गर्नेछ ।


२ चैत्र,२०७३
Read more