Open top menu
Friday, December 23, 2022
एभनिर एफसी जय हुमागाई स्मृति गोल्डकपको सेमिफाईनलमा

 


उत्तम रिजाल, झापा । क्यामरुनको एभनिर एफसी झापाको दमकमा जारी प्रथम जय हुमागाई स्मृति गोल्डकप फुट्बल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ । उसले बिवाईसी बेलडाँगीलाई पाँच शुन्यले पराजित गर्दै सेमिफाईनल प्रबेश गरेको हो । खेलको शुरुवातदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको एभनिरले दोश्रो मिनेटमै अग्रता लिएको थियो ।

उसका गिनीले गोल गर्दै खाता खोलेका थिए । त्यसपछि टिम्बा टिम्बाले १७ औं मिनेटमा गोल गर्दै खेलमा एभनिरलाई दुई शुन्यको अग्रता दिलाए । टिम्बाले हेड मार्फत दर्शनीय गोल गरेका थिए । त्यसपछि झनै आक्राम देखिएको उसले २७ औं मिनेटमा स्टेफनको गोलबाट अग्रता तेब्बर बनाएको थियो ।

उता बिवाईसीका खमिर गिल्शन कन्दङ्गवा १३ औ मिनेटमा गोल गर्न चुके भने राहुल राईले ३१ औं मिनेटमा वान भर्सेस वानमा पनि गोल गर्न नसक्दा पहिलो हाफमा बिवाईसी तीन शुन्यले पछि परेको थियो । पहिलो हाफमा तीन शुन्यले पछि परेको बिवाईसीले दोश्रो हाफमा केहि सुधारिएको खेल प्रदर्शन गरेपनि एभनिरका सोङ्गलाई रोक्न सकेन् ।

सोङ्गले दोश्रो हाफको ३६ औं र ३७ औं मिनेटमा गोल गर्दै एभनिर एफसीलाई पाँच शुन्यको जित दिलाए । नेपालका चर्चित खेलाडीहरु देवेन्द्र तामाङ्ग,सुनिल खड्का, पुजन उपरकोटी, रुपेश केसी, अशोक खबास, बर्तमान राई एन्जल गुरुङ्ग लगायतका खेलाडी मैदानमा उत्रिएपनि बिवाईसी एभनिर विरुद्ध निरीह देखिएको थियो ।

जितसँगै एभनिरले सिरहाको सल्हेस युवा क्लबसँगको भेट पक्का गरेको छ । खेलको म्यान अफ द म्याच विजयी टिमका जर्सी नम्बर २२ का स्टेफन भए । उनले नगद पाँच हजार हात पारे । शनिवार अन्तिम चार प्रबेशका लागि युकेएफसी दार्जेलिङ्ग र उपाधि दाबेदार बिवाईएससी मिनिसोटा अमेरिका आमनेसामने हुने छन् ।

प्रतियोगिताको विजेताले नगद ५ लाख हात पार्नेछ भने उपविजेताले नगद ३ लाख हात पार्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार र विधागततर्फका उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार प्राप्त गर्ने खेल संयोजक तारा कालिकोटेले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल, भारत, अमेरिका र क्यामरुनका गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको आयोजना जय हुमागाई मेमोरियल ट्रष्टले गरेको हो ।

Read more
Monday, December 19, 2022
झापाको भुटानी शरणार्थी शिविरमा गोल्डकप हुने December 19, 2022


झापा। झापाको दमक स्थित भुटानी शरणार्थी शिविरमा यहि पुस ६ गतेदेखि १३ गते सम्म प्रथम जय हुमागाई स्मृति गोल्डकप फुट्बल प्रतियोगिता संचालन हुने भएको छ । सो को तयारी पुरा भएको पनि आयोजकले जनाएको छ । पत्रकार मञ्च दमकमा सोमबार प्रत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । करिब ३३ लाख ५० हजार खर्च लाग्ने अनुमानसहित संचालनको तयारी गरिएको सो प्रतियोगितामा क्यामरुन, भारत, अमेरिका र नेपालका गरी ८ टिमको सहभागिता रहने आयोजक जय हुमागाई मेमोरियल ट्रष्टका अध्यक्ष शिव हुमागाईले जानकारी दिनुभयो ।    उहाँका अनुसार प्रतियोगितामा एभनीर एफसी क्यामरुन, सल्हेस युवा क्लब सिरहा, बीवाइसी बेलडाँगी, विर्तामोड युनाईटेड झापा, युकेएफसी दार्जेलिङ्ग, शान्तिनगर एफसी सुनसरी, बिवाईएससी मिनेसोटा अमेरिका र पथरी शनिश्चरे मोरङ्गको सहभागिता रहने ट्रष्टका अध्यक्ष हुमागाईले जानकारी दिनुभयो । उहाँले प्रतियोगिामा नेपालका एडिभिजन क्लबका खेलाडीहरुको पनि सहभागिता रहने जानकारी दिनुभयो । कुनै एडिभिजन क्लबको सहभागिता नभए पनि ए डिभिजन राष्ट्रिय लिग नभएकाले नेपाली टिममा राष्ट्रिय खेलाडीहरुको समेत सहभागिता रहने बताउनुभयो । प्रतियोगिताको विजेताले नगद ५ लाखसँगै ट्रफी तथा उप–विजेताले नगद ३ लाख हात पार्नेछन् । त्यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद २५ हजार, सर्बाधिक गोलकर्ताले नगद ७ हजार र म्यान अफ दि म्याचले ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा उपाधि दाबेदार टोली सल्हेस युवा क्लब सिरहा र विर्तामोड युनाईटेड आमनेसामने हुनेछन् । खेल शिविर भित्रको बेलडाँगी खेल मैदानमा हुने खेल संयोजक तारा कालिकोटेले जानकारी दिनुभयो ।

Read more
Friday, November 4, 2022
आयोजक झापाको विजयी शुरुवात

   


शरणामति। झापाको झापा गाउँपालिका ६ स्थित जनता माविको खेलमैदानमा जारी प्रदेश १ स्तरीय अन्तर पालिका भलिबल प्रतियोगितामा झापाले विजयी शुरुवात गरेको छ। उसले झापाकै मेचीनगर नगरपालिकालाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । पहिलो सेट २५-१४ ले आफ्नो पक्षमा पारेको झापाले दोस्रो सेट २५-२० र तेस्रो सेट २५-११ ले आफ्नो पक्षमा पारेको थियोे ।  जितसँगै झापा प्रतियोगिताको दोस्रो चरणमा प्रबेश गरेको छ । झापाका रोशन शिवाकोटी म्यान अफ द म्याच घोषित भए। शनिबार ५ खेल हुनेछन् । पहिलो खेलमा त्रियुगा नगरपालिका उदयपुर र मादी गाउँपालिका संखुवासभा आमनेसामने हुनेछन्। २२ गते सम्म चल्ने सो प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको आयोजना झापा गाउँपालिकाले गरेको हो ।



Read more
Saturday, October 22, 2022
झापा गाउँपालिकामा १८ गतेदेखि तेस्रो अध्यक्ष कप भलिवल हुने

 

झापा। झापाको झापा गाउँपालिकामा प्रदेश १ स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता हुने भएको छ। वडा नम्बर -६ स्थित शरणामतीमा प्रदेश १ स्तरीय तेस्रो अध्यक्ष कप अन्तर पालिका पुरुष भलिवल प्रतियोगिता हुने भएको हो । प्रदेशका १६ टिमको सहभागीता रहने प्रतियोगिता कार्तिक १८ गतेदेखि २२ गते संचालन हुनेछ ।

यसैविच प्रतियोगिता सञ्चालनका लागि शनिवार बसेको आमभेलाले आयोजक समिति गठन गरेको छ। भेलाले खगेन्द्र घिमिरेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा हुमा कार्की,सचिवमा रुपनारायण बजगाई,सह-सचिवमा भुवन कार्की,कोषाध्यक्षमा दिपक सिटौला रहेका छन् । त्यस्तै सदस्यहरुमा रुपक कार्की,गोपाल प्रसाई,नवीन कटुवाल,भुमिका भट्टराई,डम्बर बस्नेत र शंखरप्रसाद पाण्डे रहेका छन् । 

भेलाले गजेन्द्र ताम्लीको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। त्यस्तै शंकरप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति पनि गठन गरेको छ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयासहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै प्रतियोगिताको वेस्ट प्लेयरले ११ हजार, वेस्ट ब्लकर,वेस्ट सेटर,वेस्ट डिफेन्स,वेस्ट स्पाइकर र राइजिङ प्लेयरले जनही ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता संचालनका लागि ११ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

Read more
Tuesday, August 30, 2022
केन्या विरुद्धको पाँच म्याचको श्रृंखला नेपाललाई

केन्या विरुद्धको पाँच म्याचको श्रृंखला नेपालले तीन दुईले जितेको छ ।  पाँचौ तथा अन्तिम टि–२० मा घरेलु टोली केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज हात पारेको हो । ओपनर तथा पूर्व कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक र रोहित पौडेलको आक्रामक ब्याटिङमा नेपालले केन्यालाई ३१ रनले पराजित गरेको थियो । 

जितको लागि १ सय ७६ रनको विशाल लक्ष्य लिएर ब्याटिङ्ग गरेको घरेलु टोलीले ७ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । केन्याका नेहेम्याह ओधियाम्बोले २२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए ।

कप्तान शेम न्गोचे १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रनमा अविजित रहे । नेल्सन ५ बलमा १ चौका र १ छक्कासहित १३ रनमा अविजित रहे । विकेटकिपर इफरान करिम २८ र कोलिन्स ओबुयाले २३ रन बनाए । नेपालका सन्दीप लामिछाने र बसिर अहमदले समान दुई दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी र करण केसीले एक एक विकेट लिए ।

त्यसअघि नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । नेपालका ज्ञानेन्द्र मल्ल ४४ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रनमा आउट भए । ज्ञानेन्द्रले ४१ बलमा आफ्नो टि२० आई करिअरको दोस्रो अर्धशतक प्रहार गरे ।

रोहित पौडेलले २५ बलमा ७ चौकासहित ४७ रनमा आउट भए । ओपनर अर्जुन साउद २१ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा आउट भए । पहिलो विकेटका लागि अर्जुन साउद र ज्ञानेन्द्र मल्लले ८ ओभरमा ६५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

अर्जुन शेम न्गोचेको आठौं ओभरको अन्तिम बलमा विकेटकिपर इफरान करिमबाट स्टम्पिङ आउट भए । नियमित ओपनर पवन सरार्फको स्थानमा नेपालले आज ज्ञानेन्द्रलाई ओपनिङ गराएको थियो । तेस्रो नम्बरमा आएका दीपेन्द्रसिंह ऐरी १७ बलमा ३ चौकासहित २२ रनमा आउट भए । पवन १ रन, विवेक यादव २ र आदिल अन्सारी ४ रनमा आउट भए ।

केन्याका स्पिनर विरज पटेल, शेम न्गोचे र नेहेम्याह ओधियाम्बो दुई दुई विकेट लिए । नेपाल पहिलो खेलमा ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । तेस्रो खेलमा ४ विकेटले विजयी हुँदा चौथो खेलमा ७ रनले स्तब्ध भएको थियो । अव तीन एकदिवसिय अभ्यास खेलको सिरिज हुनेछ । पहिलो खेल शुक्रबार हुनेछ ।

Read more