Open top menu
Friday, December 30, 2016
एपिएफले खेल्न नमान्दा महिला क्रिकेटको स्वर्ण पुर्वाञ्चललाई

सातौ राष्ट्रिय खेलकुद अन्तरगत महिला क्रिकेटको स्वर्ण पदक पुर्वाञ्चलले जितेको छ । विभागीय टोली एपिएफले चौका भएको तर नदिएको भन्दै घुर्र्की देखाउँदै खेल परित्याग गर्दा स्वर्ण पदकको नजिक पुगेर पनि रजतमा चित्त बुझाउनु पर्यो । चौका विवादमा एपिएफले खेल त्यागेको थियो। उसको त्याग पछि पूर्वाञ्चललाई विजेता घोषित गरिएको थियो। २ विकेट हातमा रहँदा एपिएफलाई ६४ रनको लक्ष्य पूरा गर्न ९ बलमा ९ रन चाहिएको थियो। पूर्वाञ्चलकी कविता गौतमको बलमा रितु कनौजियाको सटले विवाद निम्त्यायो।
उनको प्रहार बाउन्ड्रीमा रहेकी फिल्डर अप्सरी बेगमले डाइभ गरेर चौका जोगाइन्। भलादमीको खेल मानिने क्रिकेटमा अम्पायरले प्रष्ट नदेख्दा वा थर्ड अम्पायर नहुँदा अम्पायरले सम्बन्धित फिल्डरलाई सोध्ने चलन छ। क्रिकेटमा फिल्डरले ढाँटदैन भन्ने विश्वास लिइन्छ। विपक्षी टोली र अम्पायरले पनि त्यसलाई मान्ने गर्छन।

अम्पायर अधिप प्रधानले फिल्डरलाई सोधे। फिल्डरले चौका नभएको बताएपछि एपिएफले त्यो बलमा दुई रनमात्र जोड्न सक्यो। त्यसपछिका दुई बल कविताले वाइड फालिन । अब एपिएफलाई जितका लागि ८ बलमा ५ रन जोडे पुग्ने भयो । प्लेयर बक्सबाट छोड्न दबाब आएपछि खेलाडीले मैदान छाडे र पूर्वाञ्चल स्वर्ण पदकको हकदार बन्यो। चौकाको विवादमा एपिएफले खेल परित्याग गरेको बताए पनि त्यसपछि टोलीले दुई बल खेलेको थियो। खेल परित्याग गरे पनि एपिएफले उपविजेताको पदक भने थापेको थियो। त्यसअघि पूर्वाञ्चलले १८.४ ओभरमा ६३ रन बनाउँदा सबै विकेट गुमाएको थियो । एपिएफले खेल परित्याग गर्दा पनि खेल १८.४ ओभर सकिएको थियो।
Read more