Open top menu
Friday, March 24, 2017
आयरल्याण्ड द्धारा अफगानिस्तान सामु २३० रनको लक्ष्य

उत्तम रिजाल, अफगानिस्तान विरुद्धको पाँचौ तथा निर्णायक खेलमा आयरल्याण्डले २३० रनको लक्ष्य प्रस्तुत गरेको छ । 

इण्डीयाको नोयडामा टस जितेर ब्याटिङ्ग गरेको उसले उत्कृष्ट शुरुवात गरेपनि मध्य पंक्तिका ब्याट्समेन टिक्न नसक्दा उ ४८.१ ओभरमा २ सय २९ रनमै समेटिएको थियो ।


उसका लागी ओपनर पउल स्टर्लिङ्गले सर्बाधिक ५१, एड जोइसले ४२ तथा कप्तान विलियम पोटरफिल्ड र नेल ओब्रेनले समान ३४ रनको योगदान दिन बाहेक अन्यले खासै प्रदर्शन गर्न सकेनन् । बलिङ्गतर्फ रसिद खानले ४, फरिद अहमदले ३ तथा दवलत जद्रानले २ विकेट लिए । पाँच म्याचको श्रृंखला दुई–दुईको बराबरीमा रहेकोले पनि सिरीज हातपार्न आजको खेलमा दुबै टिमलाई जित्नै पर्ने दबाब रहेको छ ।
 
११ चैत्र, २
Read more