Open top menu
Tuesday, December 27, 2016
१० हजार मिटर दौडमा कान्छिमायालाई स्वर्ण

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिलातर्फ दश हजार मिटर दौडमा एपिएफकी कान्छिमाया कोजूले स्वर्णपदक जितेकी छिन् । इटहरीमा भएको प्रतियोगितामा निर्धारित दूरी ३७ मिनेट १६ दशमलव ९० सेकेण्डमा पूरा गर्दै कान्छीमायाले स्वर्ण जितेकी हुन् । 

त्यस्तै ३८ मिनेट ३६ दशमलव ६० सकेण्डमा पूरा गर्दै सेनाकी विश्वरुपा बुढाले रजत र सेनाकै लक्ष्मी पाण्डेले ३९ मिनेट ३२ दशमलव ५५ सेकेण्डमा दौड पूरा गर्दै काश्य पदक जिते । 
त्यस्तै एथलेटिक्सको ४ गुणा एकसय मिटर रिलेको पुरुष र महिला दुबैमा सेनाका खेलाडीले स्वर्ण पदक जितेका छन् । पुरुषतर्फ सेनाको टीमले ४३ दशमलव ४६ सकेकेण्डमा दूरी पूरा गर्यो भने मध्यमाञ्चलले ४४ दशमलव ७६ सेकेण्डमा र एपिएफको टीमले ४४ दशमलव ८५ मा काश्य पदक जितेको हो । 
त्यस्तै यही स्पर्धाको महिलातर्फ सेनाको टोलीले ५२ मिनेट २० सेकेण्डमा दौड पूरा गर्यो भने रजत पदक जितेको मध्यपश्चिमले ५३ दशमलव ८३ र काश्य जितेको सशस्त्रको एपिएफले ५३ दशमलव ८८ सकेण्डमा दौड पूरा गर्यो । यससँगै एथलेटिक्सका सबै स्पर्धाको खेल सकिएको छ । 
Read more