Open top menu
Friday, May 13, 2016
उपाधीका लागी रुपन्देही र पुलिस भिड्ने


३१ बैशाख,दमक / झापाको झिलझिलेमा जारी प्रथम सताक्षी गोल्डकपको उपाधीका लागी रुपन्देही ११ र नेपाल पुलिस क्लब भिड्ने निश्चित भएको छ । बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा रुपन्देही विजयी भएपछि उपाधीका लागी यी दुई टिम भिड्ने निश्चित भएको हो । रुपन्देहीले एपीएफलाई सडन डेथमा पराजित गरेको हो ।
निर्धारित समय सम्म गोलरहित वरावरी भएपछि भएको टाइब्रेकरमा ५–५ को बराबरी भएपछि खेल सडन डेथ सम्म पुगेको थियो । सडन डेथमा रुपन्देहीले एपीएफलाई ८–७ गोल अन्तरले पराजित गर्यो । रुपन्देहीको जितमा गोल किपर दिलिप क्षत्री नायक बने । उनले एपीएफका रामकुमार कुमाल र रमेश दंगालको प्रहारलाई बिफल बनाएका थिए । खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर १४ का भिक्टोर घोषित भए ।

चार विदेशी खेलाडी सहित मैदान उत्रिएको रुपन्देहीलाई एपीएफले कडा चुनौति दिएपनि आफुले पाएका अबसरलाई सदुपयोग गर्न सकेन् । उसका जर्सी नम्बर ११ का नबिन लामाले ३६ औं मिनेटमा प्रहार गरेको फ्रिकिक फष्टबार नजिकैबाट बाहिरीएको थियो भने ७६ औं मिनेटमा जर्सी नम्बर ५ का दंगालको हेड माथिल्लो पोल बारमा लागेर बाहिरिएको थियो । रुपन्देहीका भिक्टोर, मार्टिन तथा पुकार गहतराज गोल गर्न चुकेका थिए । उपाधी भिडन्त शनिबार हुनेछ ।
Read more
मिडिया कप दमक रन सम्पन्न


१८ बैसाख,दमक/   झापाको दमकमा मिडिया कप दमक रन सम्पन्न भएको छ । Damak Run 2073 आज  भएको तीन किलोमिटरको सो रनमा पाथीभरा एफ.एमका दमक रिपोर्टर चिरञ्जीवी घिमिरे प्रथम, रेडियो झापाका समाचार प्रमूख तथा खेल पत्रकार उत्तम रिजाल दोस्रो तथा दिलकुमार लावती तेस्रो भए । घिमिरेले उक्त दुरी १३ मिनेटमा पार गरेका थिए भने रिजालले १४ मिनेट ८ सेकेण्ड र लावतीले १४ मिनेट ५६ सेकेण्डमा पार गरेका थिए । दमक रनले आयोजना गरेको सो रनमा ३५ पत्रकारहरुको सहभागिता रहेको थियो । रनमा प्रथम,द्धितिय र तृतियले क्रमश नगद पाँच हजार,तीन हजार र दुई हजार प्राप्त गरे । उता महिला तर्फ हिमशिखर टेलिभिजनकी लक्ष्मी नेपाल प्रथम भइन् । महिला तर्फ उनले मात्र दुरी पार गरेकी थिइन् । उनले सो दुरी २४ मिनेटमा पार गरिन् । उनले नगद एघार सय प्राप्त गरिन् । प्रत्येक शनिबार हुदै आएको रनको २२ औं हप्तामा आयोजकले पत्रकारहरुलाई स्वास्थ्य शरिरका लागि भन्दै दौडाउने निर्णय गरे बमोजिम उक्त दौड गराइएको आयोजकका सुधिर प्रधानले जानकारी दिए । यो नेपालकै पहिलो मिडिया कप दौड हो ।
Read more