१८ बैसाख,दमक/ झापाको दमकमा मिडिया कप दमक रन सम्पन्न भएको छ । आज भएको तीन किलोमिटरको सो रनमा पाथीभरा एफ.एमका दमक रिपोर्टर चिरञ्जीवी घिमिरे प्रथम, रेडियो झापाका समाचार प्रमूख तथा खेल पत्रकार उत्तम रिजाल दोस्रो तथा दिलकुमार लावती तेस्रो भए । घिमिरेले उक्त दुरी १३ मिनेटमा पार गरेका थिए भने रिजालले १४ मिनेट ८ सेकेण्ड र लावतीले १४ मिनेट ५६ सेकेण्डमा पार गरेका थिए । दमक रनले आयोजना गरेको सो रनमा ३५ पत्रकारहरुको सहभागिता रहेको थियो । रनमा प्रथम,द्धितिय र तृतियले क्रमश नगद पाँच हजार,तीन हजार र दुई हजार प्राप्त गरे । उता महिला तर्फ हिमशिखर टेलिभिजनकी लक्ष्मी नेपाल प्रथम भइन् । महिला तर्फ उनले मात्र दुरी पार गरेकी थिइन् । उनले सो दुरी २४ मिनेटमा पार गरिन् । उनले नगद एघार सय प्राप्त गरिन् । प्रत्येक शनिबार हुदै आएको रनको २२ औं हप्तामा आयोजकले पत्रकारहरुलाई स्वास्थ्य शरिरका लागि भन्दै दौडाउने निर्णय गरे बमोजिम उक्त दौड गराइएको आयोजकका सुधिर प्रधानले जानकारी दिए । यो नेपालकै पहिलो मिडिया कप दौड हो ।
Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.
0 comments