Open top menu
Saturday, December 10, 2016
राष्ट्रिय प्रतियोगिताका लागि बुद्धिचालका खेलाडी छनौट शुरु



उत्तम रिजाल, 
२६ मंसिर, फिदिम/  सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बुद्धिचालका खेलाडी छनोट शुरु भएको छ । पाँचथरको फिदिममा शुरु भएको छनोट प्रतियोगितामा पहिलो राउण्डमा २० खेलाडी विजयी भएका छन् ।
जसमा महिला तर्पm सात खेलाडी विजयी भएका छन् । महिलातर्फ झापा र मोरङ्गका खेलाडीले सत प्रतिशत नतिजा निकालेका छन् । महिलातर्फकी टप रेटेड मोरङ्गकी खुसी मुखिया सँगै आस्मा थापा र ममता सहनीले जित हात पारे । झापाकी पुनम प्रसाई,खुस्बु थापा र कृपा अधिकारी विजयी हुदा ताप्लेजुङ्गकी शुशिला गुरुङ्गले पनि जित दर्ता गरिन् । 

उता पुरुष तर्फ भने पहिलो बोर्डमा अप्रत्यासित नतिजा निकाली उदयपुरका अन रेटेड महेशकुमार बस्नेतले शनशनी मच्चाए । उनले पुरुषतर्फका टप रेटेड  १९४७ रेटेड सप्तरीका सिंहेश्वर दासलाई चित ख्वाएका हुन् । अन्यखेलमा झापाका प्रकाश नेपाल र राजन सुवेदी, मोरङ्गका राजकुमार वान्तवा, इलामका सुरेन्द्र कुमार राई र याम प्रसाद लिम्बु,पाँचथरका रमेश केरुङ्ग र एलिन राई , धनकुटाका सुमन श्रेष्ठ,शुनसरीका राजनकुमार पोख्रेल र प्रज्वल घिमिरे र उदयपुरका पर्शुराम राई विजयी भएका छन् । आज थप दुई राउण्ड खेल हुने चिफ आरविटर विजय कुमार थापाले जानकारी दिनु भयो । छनोटमा पुर्वाञ्चलका १६ जिल्लाका ४४ खेलाडीको सहभागिता रहेको छ ।


Read more