Open top menu
Monday, December 19, 2022
झापाको भुटानी शरणार्थी शिविरमा गोल्डकप हुने December 19, 2022


झापा। झापाको दमक स्थित भुटानी शरणार्थी शिविरमा यहि पुस ६ गतेदेखि १३ गते सम्म प्रथम जय हुमागाई स्मृति गोल्डकप फुट्बल प्रतियोगिता संचालन हुने भएको छ । सो को तयारी पुरा भएको पनि आयोजकले जनाएको छ । पत्रकार मञ्च दमकमा सोमबार प्रत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । करिब ३३ लाख ५० हजार खर्च लाग्ने अनुमानसहित संचालनको तयारी गरिएको सो प्रतियोगितामा क्यामरुन, भारत, अमेरिका र नेपालका गरी ८ टिमको सहभागिता रहने आयोजक जय हुमागाई मेमोरियल ट्रष्टका अध्यक्ष शिव हुमागाईले जानकारी दिनुभयो ।    उहाँका अनुसार प्रतियोगितामा एभनीर एफसी क्यामरुन, सल्हेस युवा क्लब सिरहा, बीवाइसी बेलडाँगी, विर्तामोड युनाईटेड झापा, युकेएफसी दार्जेलिङ्ग, शान्तिनगर एफसी सुनसरी, बिवाईएससी मिनेसोटा अमेरिका र पथरी शनिश्चरे मोरङ्गको सहभागिता रहने ट्रष्टका अध्यक्ष हुमागाईले जानकारी दिनुभयो । उहाँले प्रतियोगिामा नेपालका एडिभिजन क्लबका खेलाडीहरुको पनि सहभागिता रहने जानकारी दिनुभयो । कुनै एडिभिजन क्लबको सहभागिता नभए पनि ए डिभिजन राष्ट्रिय लिग नभएकाले नेपाली टिममा राष्ट्रिय खेलाडीहरुको समेत सहभागिता रहने बताउनुभयो । प्रतियोगिताको विजेताले नगद ५ लाखसँगै ट्रफी तथा उप–विजेताले नगद ३ लाख हात पार्नेछन् । त्यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद २५ हजार, सर्बाधिक गोलकर्ताले नगद ७ हजार र म्यान अफ दि म्याचले ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा उपाधि दाबेदार टोली सल्हेस युवा क्लब सिरहा र विर्तामोड युनाईटेड आमनेसामने हुनेछन् । खेल शिविर भित्रको बेलडाँगी खेल मैदानमा हुने खेल संयोजक तारा कालिकोटेले जानकारी दिनुभयो ।

Read more