Open top menu
Wednesday, May 18, 2016
 चार खेलाडी सम्मानित

५ जेठ, दमक/ राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका लागि
उनीहरुलाई आज दमकस्थित एभरेष्ट बोर्डिङ्ग स्कुलमा एक कार्यक्रम गरी एभरेष्ट बोर्डिङ्ग स्कुल र झापा जिल्ला बुद्धिचाल संघले संयुक्त रुपमा सम्मान गरेका हुन् । उनीहरुलाई नगद सहित सम्मान गरिएको थियो ।
 
स्कुलका तर्फबाट प्रिन्सिपल कोषराज प्याकुरेलले सोहि स्कुलकी छात्रा खुस्बुलाई एक हजार र अन्यलाई पाँच सयसहित सम्मान गरेका थिए । 

त्यस्तै बुद्धिचाल संघले जनही एक हजार र सम्मान पत्रसहित सम्मान गरेको थियो । भुपेन्द्र बाहेकका तीनै खेलाडी गत महिना ललितपुरमा भएको छनोट प्रतियोगिताबाट छनोट भएका हुन् । भुपेन्द्रलाई भने बुद्धिचाल संघको केन्द्रिय सदस्यमा सर्वाधिक मत ल्याइ विजयी भएको र झापाको साख बढाएको भनि सम्मान गरिएको हो । उनी राष्ट्रिय आरविटर तथा क्यानिडेट मास्टर हुन् । 

संघकोतर्फबाट सम्मानित हुनेहरुलाई झापा जिल्ला बुद्धिचाल संघका अध्यक्ष तथा प्रमुख अतिथि विजय बहादुर मावोहाङ्ग, उपाध्यक्ष देबराज गजमेर, सचिब झमक प्रसाद प्याकुरेल र कोषाध्यक्ष सुरज सुब्बाले सम्मान गरेका थिए । 

कार्यक्रम सोहि स्कुलका प्रिन्सिपल कोषराज प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । राष्ट्रिय प्रतियोगिता शुक्रबारबाट शुरु हुदैछ । प्रतियोगिता पुरुषतर्फ १९ औ प्रतियोगिता हो भने महिला तर्फ चौथो हो । झापाबाट छनोट भएका चार खेलाडी सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा झापा दमकका भुपेन्द्र निरौला निरज, प्रकाश नेपाल, खुस्बु थापा र काँकडभिट्टाकी पुनम प्रसाई छन् ।
Read more