Open top menu
Sunday, January 1, 2017
झापामा मिरालाई २८ लाखको सम्मान


उत्तम रिजाल
अल्ट्रा म्याराथुन धाविका मिरा राईलाई झापामा नगद २८ लाखको सम्मान गरिने भएको छ । सरकार र नेताले उनको साहासिक यात्रा बुझ्न नसेके पनि झापा दमकका एक ब्यक्तीले भने उनको उच्च सम्मान गर्ने तयारी गरेका छन् ।

ब्रिटिस आर्मीका खुकुरी प्रशिक्षक दमक १९ निवासी राष्ट्र राईले उनलाई सम्मान गर्न लागेका हुन् । उनले अयोग्य भनि फालिएको तथा कम्जोर आर्थिक अबस्था भएको  व्यक्तीले राष्ट्रको नाम विश्व सामु चिनाउँदा पनि त्यसको मुल्यांकन गर्न नसकेकाले राष्ट्रका लागि केहि गर्नुपर्छ भन्ने भएर नै सम्मान गर्न लागिएको बताए । उनले मिरालाई राष्ट्रले नचिने पनि आँफुहरुले चिनेको बताए । 

खुकुरी प्रशिक्षक राईले ब्रिटेनमै उनले स्थापना गरेको शगरमाथा ताइकन्दो डोजाङ्ग युकेको पहलमा अन्य चार सहयोगी संस्थाकोे सहयोगमा उक्त रकम दिन लागेको बताए । उनलाई किराँत राई यायोख्खा, जेन मार्शल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युके युथले सहयोग गरेको बताए । खुकुरी प्रशिक्षक राईले मिरालाई खाडी मुलुक जान रोकेका गुरु धर्म विक्रम मल्ललाई पनि नगद दुई लाखले सम्मान गर्ने बताए ।

बाह्र बर्षको कलिलै उमेरमा माओवादी सशस्त्र द्धोन्द्धमा बन्दुक बोकाइएकी उनी माओवादी शान्ति प्रक्रियामा आएसँगै अयोग्य लडाकुमा परिणत भएकी थिइन् । माओवादी सत्ता प्राप्तीमा लागिरहदा योग्य भएकी उनी त्यतिबेला अयोग्य भइन जतिबेला माओवादी अध्यक्ष प्रधानमन्त्री हुने निश्चित थियो । त्यही पदको आशामा बसेका प्रचण्ड लगायतका माओवादी नेताहरुले अनमीनले लडाकु प्रमाणीकरण गर्दा उनीसँगै सयौं लडाकु अयोग्यको बिल्ला भिर्न बाध्य भए । त्यस पश्चात खिन्न मन भएपछि खाडी मुलुक जाने सोचका साथ तयारी गरेकी उनी  ध्रुव विक्रम मल्ल नामका एक गुरुबाट रोकिइन र दौडतर्फ लागिन् । जसको फलस्वरुप उनी अल्ट्रा म्याराथुन धाविका बनिन् र आँफू अयोग्य नभएको मात्र होईन् नेताको सत्ता र कुर्सी मोहका कारण अयोग्य बनाइएको प्रमाणित गर्न सफल भइन् ।


प्रमाणिकरणमा अयोग्य भनिएपनि हरेश नखाई निरन्तरको मेहेनतले नेपाल र नेपालीको नाम विश्व सामु चिनाउन सकेको भन्दै उनको साहासिक कामको अहिले सर्बत्र चर्चा छ । मिरालाई यहि २१ गते दमक रेडक्रस भवनमा एक कार्यक्रम गरि सम्मान गरिने छ । 

Read more