Open top menu
Tuesday, February 6, 2018
राष्ट्रिय जागृती क्लब स्वर्गीय विशाल खड्का स्मृति कप फुटबलकाे फाइनलमा


उत्तम रिजाल,झापा – सुनसरीको राष्ट्रिय जागृती फुट्बल क्लब झापाको कमल गाउँपालिकामा जारी स्वर्गीय विशाल खड्का स्मृति कप फुट्बल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सयपत्री फुट्बल क्लब पाँचथरलाई ३–१ ले पराजित गर्दै राष्ट्रिय जागृतीले फाइनल यात्रा तय गरेको हो। यद्यपी खेलमा अग्रता भने सयपत्री फुट्बल क्लबले लिएको थियो। पाँचथरका जर्सी नम्बर ३ का उमेश राईले पहिलो हाफको १७औं मिनेटमा शान्दार गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए।

तर, दोश्रो हाफको छैटौ मिनेटमा उमेश राई खुट्टाको चोटका कारण मैदान बाहिरिए। त्यपछि राष्ट्रिय जागृती खेलमा हावी भएको थियो। जागृतीका जर्सी नम्बर ९ का वीरेन्द्र लिम्बुले दोश्रो हाफको १२औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए भने जर्सी नम्बर १४ का दिपेन तामाङ्गले २७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि झनै आक्रामक खेल खेलेको उसका लागि दोश्रो हाफको ३२ औ मिनेटमा जर्सी नम्बर १० का समीर राईले तेश्रो गोल गरेका थिए।

खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर ९ का वीरेन्द्र लिम्बु घोषित भए। उनले ट्रफीसँगै नगद दुइ हजार प्राप्त गरे। बुधबार दोश्रो सेमिफाइनलमा आयोजक गुहेश्वरी युवा क्लब र पथरी फुट्बल क्बल मोरङ्ग आमने–सामने हुनेछन्।
प्रतियोगिताको विजेताले नगद एक लाख एक सय एघार तथा उप–विजेताले नगद पचास हजार पाँच सय पचपन्न रुपैयासँगै ट्रफी हात पार्ने छन्। खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ।

२०७४ माघ, २४
Read more
एपीएफलाई टाइब्रेकरमा पछि पार्दै पथरी फुटबल क्लब सेमिफाइनलमा

उत्तम रिजाल, झापा – शसस्त्र प्रहरी बलको एपीएफ क्लब झापालाई टाइब्रेकरमा ५–३ ले पछि पार्दै पथरी फुटबल क्लब मोरङ्ग झापाको कमल गाउँपालिकामा जारी स्वर्गीय विशाल खड्का स्मृती कप फुट्बल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।
निर्धारीत ७० मिनेट सम्म खेल गोल रहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा शसस्त्रका जर्सी नम्बर ८ का उज्वल राईको प्रहार क्रसबारमा लागेर फर्किएपछि एपीएफको अघिल्लो चरण पुग्ने सपना अधुरै भएको हो।
विजयी टिमका लागि जर्सी नम्बर १५ का सुमन राई, जर्सी नम्बर ८ का साइमन लिम्बु, जर्सी नम्बर ४ का मिन धिमाल, जर्सी नम्बर १२ का सुबास तामाङ्ग र जर्सी नम्बर ३ का कबी राईले गोल गरेका थिए ।
उता पराजित शसस्त्रको तर्फबाट भने जर्सी नम्बर १० का सुशील राई, जर्सी नम्बर ४ का अभिषेक लिम्बु र जर्सी नम्बर ५ का पवन बस्नेतको प्रहार मात्र गोलमा परिणत भएको थियो । खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर १२ का सुबास तामाङ्ग घोषित भए।
उनलाई कमल गाउँपालिकाका खेलकुद विकास समितिका सह–सम्योजक तेज कुमार राईले ट्रफी प्रदान गरे। त्यस्तै आयोजकका अध्यक्ष कृष्ण कार्कीले नगद २ हजार पुरस्कार प्रदान गरेका थिए। यो खेलसँगै प्रतियोगितको सेमिफाइनल समीकरण पनि पुरा भएको छ।
मंगलबार पहिलो सेमिफाइनलमा राष्ट्रिय लिग खेलेका खेलाडीहरुले भरिएको सयपत्री फुट्बल क्लब पाँचथर र राष्ट्रिय जागृती फुटबल क्बल सुनसरी आमने–सामने हुनेछन्। प्रतियोगिताको विजेताले नगद १ लाख १ सय ११ र उप–विजेताले नगद ५० हजार पाँच सय पचपन्न रुपैयाँसँगै ट्रफी हात पार्नेछन्। खेल गुहेश्वरी युवा क्लबले आयोजना गरेको हो। 
२०७४ माघ, २३
Read more