Open top menu
Tuesday, February 6, 2018


उत्तम रिजाल,झापा – सुनसरीको राष्ट्रिय जागृती फुट्बल क्लब झापाको कमल गाउँपालिकामा जारी स्वर्गीय विशाल खड्का स्मृति कप फुट्बल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सयपत्री फुट्बल क्लब पाँचथरलाई ३–१ ले पराजित गर्दै राष्ट्रिय जागृतीले फाइनल यात्रा तय गरेको हो। यद्यपी खेलमा अग्रता भने सयपत्री फुट्बल क्लबले लिएको थियो। पाँचथरका जर्सी नम्बर ३ का उमेश राईले पहिलो हाफको १७औं मिनेटमा शान्दार गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए।

तर, दोश्रो हाफको छैटौ मिनेटमा उमेश राई खुट्टाको चोटका कारण मैदान बाहिरिए। त्यपछि राष्ट्रिय जागृती खेलमा हावी भएको थियो। जागृतीका जर्सी नम्बर ९ का वीरेन्द्र लिम्बुले दोश्रो हाफको १२औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए भने जर्सी नम्बर १४ का दिपेन तामाङ्गले २७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि झनै आक्रामक खेल खेलेको उसका लागि दोश्रो हाफको ३२ औ मिनेटमा जर्सी नम्बर १० का समीर राईले तेश्रो गोल गरेका थिए।

खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर ९ का वीरेन्द्र लिम्बु घोषित भए। उनले ट्रफीसँगै नगद दुइ हजार प्राप्त गरे। बुधबार दोश्रो सेमिफाइनलमा आयोजक गुहेश्वरी युवा क्लब र पथरी फुट्बल क्बल मोरङ्ग आमने–सामने हुनेछन्।
प्रतियोगिताको विजेताले नगद एक लाख एक सय एघार तथा उप–विजेताले नगद पचास हजार पाँच सय पचपन्न रुपैयासँगै ट्रफी हात पार्ने छन्। खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ।

२०७४ माघ, २४
Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments