Open top menu
Friday, December 30, 2016
एपिएफले खेल्न नमान्दा महिला क्रिकेटको स्वर्ण पुर्वाञ्चललाई

सातौ राष्ट्रिय खेलकुद अन्तरगत महिला क्रिकेटको स्वर्ण पदक पुर्वाञ्चलले जितेको छ । विभागीय टोली एपिएफले चौका भएको तर नदिएको भन्दै घुर्र्की देखाउँदै खेल परित्याग गर्दा स्वर्ण पदकको नजिक पुगेर पनि रजतमा चित्त बुझाउनु पर्यो । चौका विवादमा एपिएफले खेल त्यागेको थियो। उसको त्याग पछि पूर्वाञ्चललाई विजेता घोषित गरिएको थियो। २ विकेट हातमा रहँदा एपिएफलाई ६४ रनको लक्ष्य पूरा गर्न ९ बलमा ९ रन चाहिएको थियो। पूर्वाञ्चलकी कविता गौतमको बलमा रितु कनौजियाको सटले विवाद निम्त्यायो।
उनको प्रहार बाउन्ड्रीमा रहेकी फिल्डर अप्सरी बेगमले डाइभ गरेर चौका जोगाइन्। भलादमीको खेल मानिने क्रिकेटमा अम्पायरले प्रष्ट नदेख्दा वा थर्ड अम्पायर नहुँदा अम्पायरले सम्बन्धित फिल्डरलाई सोध्ने चलन छ। क्रिकेटमा फिल्डरले ढाँटदैन भन्ने विश्वास लिइन्छ। विपक्षी टोली र अम्पायरले पनि त्यसलाई मान्ने गर्छन।

अम्पायर अधिप प्रधानले फिल्डरलाई सोधे। फिल्डरले चौका नभएको बताएपछि एपिएफले त्यो बलमा दुई रनमात्र जोड्न सक्यो। त्यसपछिका दुई बल कविताले वाइड फालिन । अब एपिएफलाई जितका लागि ८ बलमा ५ रन जोडे पुग्ने भयो । प्लेयर बक्सबाट छोड्न दबाब आएपछि खेलाडीले मैदान छाडे र पूर्वाञ्चल स्वर्ण पदकको हकदार बन्यो। चौकाको विवादमा एपिएफले खेल परित्याग गरेको बताए पनि त्यसपछि टोलीले दुई बल खेलेको थियो। खेल परित्याग गरे पनि एपिएफले उपविजेताको पदक भने थापेको थियो। त्यसअघि पूर्वाञ्चलले १८.४ ओभरमा ६३ रन बनाउँदा सबै विकेट गुमाएको थियो । एपिएफले खेल परित्याग गर्दा पनि खेल १८.४ ओभर सकिएको थियो।
Read more
Tuesday, December 27, 2016
१० हजार मिटर दौडमा कान्छिमायालाई स्वर्ण

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिलातर्फ दश हजार मिटर दौडमा एपिएफकी कान्छिमाया कोजूले स्वर्णपदक जितेकी छिन् । इटहरीमा भएको प्रतियोगितामा निर्धारित दूरी ३७ मिनेट १६ दशमलव ९० सेकेण्डमा पूरा गर्दै कान्छीमायाले स्वर्ण जितेकी हुन् । 

त्यस्तै ३८ मिनेट ३६ दशमलव ६० सकेण्डमा पूरा गर्दै सेनाकी विश्वरुपा बुढाले रजत र सेनाकै लक्ष्मी पाण्डेले ३९ मिनेट ३२ दशमलव ५५ सेकेण्डमा दौड पूरा गर्दै काश्य पदक जिते । 
त्यस्तै एथलेटिक्सको ४ गुणा एकसय मिटर रिलेको पुरुष र महिला दुबैमा सेनाका खेलाडीले स्वर्ण पदक जितेका छन् । पुरुषतर्फ सेनाको टीमले ४३ दशमलव ४६ सकेकेण्डमा दूरी पूरा गर्यो भने मध्यमाञ्चलले ४४ दशमलव ७६ सेकेण्डमा र एपिएफको टीमले ४४ दशमलव ८५ मा काश्य पदक जितेको हो । 
त्यस्तै यही स्पर्धाको महिलातर्फ सेनाको टोलीले ५२ मिनेट २० सेकेण्डमा दौड पूरा गर्यो भने रजत पदक जितेको मध्यपश्चिमले ५३ दशमलव ८३ र काश्य जितेको सशस्त्रको एपिएफले ५३ दशमलव ८८ सकेण्डमा दौड पूरा गर्यो । यससँगै एथलेटिक्सका सबै स्पर्धाको खेल सकिएको छ । 
Read more
Monday, December 26, 2016
विभागीय टोलीको बर्चश्व कायमै

१० पुस,२०७३ ।   पुर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा विभागीय टोलीको बर्चश्व कायमै रहेको छ । महिला ज्याभ्लिन थ्रोमा नेपाल प्रहरीकी चन्द्रकला लाम्गादेले आज कीर्तिमानी प्रदर्शन गरेकी छन् । ४३ दशमलब ९४ मिटर दूरी थ्रो गर्दै उनले आफ्नै नाममा रहेको ४३ दशमलव ९० मिटरको कीर्तिमानमा सुधार गरेकी हुन् । जारी प्रतियोगितामा चन्द्रकलाको यो दोश्रो कीर्तिमान हो ।उनले हिजो ११ दशमलब ५६ मिटर फाल्दै सुटपुटमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी थिइन् ।सो स्पर्धामा नेपाल आर्मी क्लबकी लक्ष्मी थाक दोश्रो तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी सीमा थारु तेश्रो भए ।
पुरुष ज्याभ्लिनमा आर्मीका रामबहादुर कुमालले स्वर्ण पदक हात पारे । ५६ दशमलब ८८ मिटर टाढा फाल्दै उनले स्वर्ण जितेका हुन् । सो स्पर्धामा पुलिसका नरेन्द्रजंग शाहीले रजत र एपीएफका प्रेमप्रकाश खड्काले कास्य जिते ।
पुरुष लङजम्मा आर्मीका डिल्ली खत्रीले स्वर्ण जिते । उनले ६.९१ मिटर नाघ्दै स्वर्ण हात पारे । प्रहरीका गोपाल चौधरीले रजत तथा प्रहरीकै चन्द्रदेव जोशीले कांस्य पदक हात पारे । महिलातर्फको स्वर्ण भने पुलिसकी केशरी चौधरीले जितिन् । आर्मीकी कृष्णा चौधरीले रजत र एपीएफकी शिला चौधरीले कास्य पदक हात पारे । पुरुष १ सय १० मिटर हर्डल्समा आर्मीका विशेष महतोले स्वर्ण पदक हात पार्दा आर्मीकै रामप्रसाद थारुले रजत तथा पुलिसका चन्द्रदेव जोशीले कास्य पदक जिते ।
१ सय मिटर हर्डल्समा एपिएफकी सविता चौधरीले स्वर्ण जितिन् । मध्यमाञ्चलकी प्रमिला थारु र पुलिसकी केशरी चौधरीलाई पछि पार्दै उनले स्वर्ण जितेकी हुन् । पुरुष ५ हजार मिटर दौडमा एपीएफका गोपीचन्द्र कार्की पहिलो, आर्मीका हरिकुमार रिमाल दोश्रो पुलिशका भूमिराज राई तेस्रो भए । महिलातर्फ एपीएफकी कान्छीमाया कोजु पहिलो भइन् । आर्मीकी सानुमाया कार्की दोश्रो तथा आर्मीकै विश्वरुपा बुढाले तेस्रो स्थान हात पारिन् । महिला ४ गुणा ४ सय मिटर रिलेमा आर्मी पहिलो, एपीएफ दोश्रो र मध्यपश्चिमाञ्चल तेश्रो भए । त्यसै सोहि स्पर्धाको पुरुषतर्फ पनि आर्मी, एपीएफ र मध्यमाञ्चल क्रमशस् पहिलो दोस्रो र तेस्रो भए ।
इन्डोर खेल
टेबुल टेनिसमा महिला डबल्सको उपाधि आर्मीका रविना महर्जन र स्वेच्छा नेम्वाङ्गको जोडीले जितेका छन् । उनीहरुले पुलिसका नविता र एलिना महर्जनको जोडीलाई ७–११, ११–७, ११–६, ७–११ र ११–३ ले पराजित गर्दै स्वर्ण जितेका हुन् । पुरुष जोडीतर्फ पुलिसका प्रदीप रोक्का र विनेश खनियाको जोडीले एपिएफका शिवसुन्दर गोथे र अमरलाल मल्लको जोडी माथि ११–९, ११–९, ३–११ र ११–९ को जित हात पार्दै स्वर्ण पदक जिते । महिला टिम ईभेन्टस्मा भने पुलिसले बाजी मार्‍यो । पुलिसले एपिएफलाई ३–१ ले पराजित गर्दै स्वर्ण पदक जितेको हो । सोहि विधाको पुरुष तर्फको स्वर्णपनि पुलिसले जित हात पार्यो । पुलिसले एपिएफलाई ३–१ ले पराजित गर्दै स्वर्ण जितेको हो ।
आईटिएफ तेक्बान्दो
उता झापाको दमकमा जारी आइटीएफ तेक्वान्दो प्रतियोगीताको दोश्रो दिन सम्ममा ४२ पदकको टुंगो लागेको छ । पुरुष स्पाईरीङ् अन्तर्गत ४५ देखी ५० केजी तौलमा नेपाली सेनाका पूर्णबहादुर मगरले स्वर्ण, पश्चिमाञ्चलका दिपक गौतमले रजत तथा पूर्वाञ्चलका प्रभाव कार्की र मध्यमाञ्चलका सुनिल महत्तोले कास्य जितेका छन् । यस्तै ५१ देखी ५५ केजी तौल समुहमा एपिएफका योगेन्द्र धिमालले स्वर्ण, पश्चिमाञ्चलका विकल पौडेलले रजत तथा मध्यमाञ्चलका तारा तामाङ् र मध्यपश्चिमाञ्चलका हिमाल लामाले कास्य पदक जिते । ५६देखी ६० केजी तौलमा पश्चिमाञ्चलका दिनेश बुढाले स्वर्ण हात पार्दा , मध्यपश्चिमाञ्चलका शंकर यादवले रजत तथा नेपाली सेनाका सचिन्द्र तामाङ् र पूर्वाञ्चलका बशन्त बुढाथोकीले कास्य पदक हात पारे ।
प्याटन महिला ब्लु बेल्टमा आर्मीकी उसेना श्रेष्ठले स्वर्ण जितिन् । रेड बेल्टमाको स्वर्णपनि आर्मीकै कल्पना राईले जितिन् । ब्लाक बेलट पहिलो डानमा मध्यमाञ्चलकी रन्जू पुलामीले स्वर्ण जितिन् । सोहि स्पर्धाको दोश्रो डानमा आर्मीकी आश्मा श्रेष्ठले स्वर्ण पदक हात पारिन् । तेस्रो डानमा आर्मीकै तुलसा राजथलाले स्वर्ण जितिन् । प्याटन पुरुष ब्लु बेल्टमा पूर्वाञ्चलका वीरबहादुर तामाङ् पहिलो भए । रेड बेल्टमा सशष्त्रका श्यामकृष्ण श्रेष्ठले स्वर्ण जितिन् । ब्लाक बेल्ट पहिलो डानमा आर्मीका भीमबहादुर तामाङले स्वर्ण जिते । सोहि स्पर्धाको दोश्रो डानमा आर्मीका पूर्णबहादुर मगरले स्वर्ण पदक हात पारे । तेश्रो डानमा पूर्वाञ्चलका युवराज गुरुङ्ले स्वर्ण पदक हात पारे ।
क्रिकेट
सातौ राष्ट्रिय खेलकुद प्रतियोगीतामा पुरुष क्रिकेटतर्फ आज एपिएफ र पश्चिमाअञ्चल क्षेत्र बिजयी भएका छन् । एपिएफले सुदुरपश्चिमाअञ्चललाई १ सय ४४ रनको फराकिलो अन्तरले पराजित गर्यो । २ सय १ रनको चुनौती पाएको सुदुरपश्चिमाञ्चलले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ५६ रन मात्र बनाउन सक्यो । एपिएफको जितमा कप्तान पारस खड्काले नटआउट १ सय ५ रन बनाए । यस्तै सुबास खकुरेलले ६४ रन बनाए । अर्को खेलमा पश्चिमाञ्चलले मध्यामाञ्चल क्षेत्रलाई ६ रनले हरायो । १ सय २७ रनको मध्यम चुनौती पच्छ्याएको मध्यामाञ्चलले निर्धारित ओभरमा ७ विकेट गुमाउदै १ सय २१ रनमात्र जोडन सक्यो । पश्चिमाञ्चलका लागी दिपेश खत्रीले ५३ रन बनाए । जारी प्रतियोगीतामा लगातार दोस्रो जित निकालेको एपिएफ ४ अंकसहित समुह एको शीर्ष स्थानमा छ । भोलीको पहिलो खेलमा नेपाल आर्मी र मध्यपश्चिमाञ्चल तथा अर्को खेलमा पुलिस र पुर्बाअञ्चल क्षेत्र भिड्नेछन् ।
भलिबल
सातौ खेलकुद अन्र्तगत पुरुष भलिबलमा नेपाल आर्मीले पुर्वाञ्चललाई २५–२१, २५–१७ र २५–१६ को सोझो सेटमा हराएको छ । एपीएफले मध्यपश्चिमलाई २५–११, २५–१७ र २५–७ ले पराजित गर्यो । मध्यमाञ्चल भने पश्चिमाञ्चलसंग २५–१५, २५–१५ र २५–१५ को सोझो सेटमा पराजित भयो । महिलातर्फको स्पर्धामा मध्यमाञ्चलले पुर्वाञ्चललाई २५–३, २५–२०, र २५–४ को सोझो सेटमा हरायो । पुलिशले सुदुरपश्चिमाअञ्चललाई २५–६, २५–८ र २५–१० को सोझो सेटले पराजित गर्दा पश्चिमाञ्चलले मध्यपश्चिममाञ्चललाई २५–११, २५–२० र २५–८ को सेटले स्तब्ध पार्यो ।
Read more
सातौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण आर्मीका हरिकुमार रिमाललाई

९ पुस,२०७३   सातौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पदक त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमालले जितेका छन् । इटहरी रंगशालमा शनिबार बिहान भएको १५ सय मिटर दौडमा हरिले स्वर्ण जितेका हुन् ।
Hari Rimal of the Tribhuvan Army Club approaches finish line in men’s 1500m race during the 7th National Games at the Itahari Rangasala, in Sunsari, on Saturday. 
नेपाली सेनाका हरिले ४ मिनेट ४ दशमलव ३८ सेकण्डमा निर्धारित दुरी पार गरे । १५ सय मिटर दौडमा सेनाकै छत्रबहादुर दाहालले रजत जिते उनले ४ मिनेट ४ दशमलव ७३ सेकेण्डमा निर्धारित दुरी पूरा गरे । नेपाल पुलिसका करण खड्काले १५ सय मिटर दौडमा कास्य पदक जिते ।

महिलातर्फ सरस्वति भट्टराईलाई पहिलो स्वर्ण

यसैगरी महिलातर्फ १५ सय मिटर दौडमा सेनाकै सरस्वति भट्टराईले बाजी मारिन् । उनी सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदत जित्ने पहिलो महिला हुन् । उनले निर्धारित दुरी ४ मिनेट ४३ सेकेण्डमा पार गरिन् ।
Saraswati Bhattarai of the Tribhuvan Army Club approaches at finish line in women's 1500m race during the 7th National Games at the Itahari Rangasala in Sunsari, on Saturday, December 24, 2016. Photo: Udipt Singh Chhetry/THT
Saraswati Bhattarai of the Tribhuvan Army Club approaches at finish line in women’s 1500m race during the 7th National Games at the Itahari Rangasala in Sunsari, on Saturday, December 24, 2016.
सरस्वति ५ वर्षअघि सुदूरपश्चिमाञ्चलमा भएको प्रतियोगितामा घरेलु टोलीका तर्फबाट सहभागी भएकी थिइन् । त्यतिबेला चौथो भएकी उनी तीन वर्षअघि नेपाली सेनामा भर्ना भएकी हुन् । उनी ब्राजिलको रियो द जेनेरियोमा भएको ओलम्पिकमा समेत सहभागी भइसकेकी छिन् । महिलातर्फको राजत पदक सशस्त्र प्रहरीको एपिएफ क्लबकी पुमली रानाले जितिन् भने कास्य पदक आर्मीकी लक्ष्मी पाण्डेले जितिन् ।
Read more
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको विधिवत उद्घाटन

विराटनगर, ८ पुस,२०७३   सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज विधिवत उद्घाटन गरिएको छ । मोरङ्गको विराटनगर स्थित शहीद रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको औपचारिक उदघाटन भएको घोषणा गुर्नभयो ।
यो प्रतियोगिताले सन् २०१९ मा नेपालमा हुने तेह्रौं दक्षिण एशियाली खेलकुद सागलाई सफलतापूर्वक सम्पन्न गर्न उत्प्रेरण दिने विश्वास उहाँले व्यक्त गर्नुभयो । यस्तै सन् २०१८ मा इन्डोनेशियाको जकार्तामा हुने एशियाली खेलकुद र सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिकको तयारीका लागि पनि यो प्रतियोगिताले उत्प्रेरकको भूमिका खेलोस भन्ने कामना उहाँले गर्नुभयो । 
Athletes taking part in a march-past during the opening ceremony of the 7th National Games, in Biratnagar, on Friday, December 23, 2016. Photo: THT
प्रतियोगितामा ३० वटा खेलमा ३ हजार ९ सय ७२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा २९४ स्वर्ण, २९४ रजत र ४ सय ४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुने छ । २०३८ सालमा सुरु भएको प्रतियोगिता २–२ वर्षमा गर्ने भनिए पनि २०४४ सालको चौथो संस्करणसम्म समयमै भएपनि त्यसयता समयमा नै हुन सकेको छैन । धनगढीमा छैठौँ संस्करण भएको ५ वर्ष पछि सातौं संस्करण सुरु भएको हो । 
national-game
उदघाटन समारोह विराटनगरमा भए पनि प्रतियोगिताका खेलहरु पूर्वाञ्चलका सप्तरी, उदयपुर, सिराहा, मोरङ्, सुनसरी, झापा, र धनकुटामा हुनेछन् । यस्तै सातौं राष्ट्रिय खेलकुदको लन टेनिस भने कास्कीको पोखरामा सुरु भएको छ । यस्तै स्क्वास ललितपुरमा र फेन्सिङ काठमाडौंमा हुने छ ।
Participants of the seventh National Games attend the opening ceremony at the Shahid Maidan Stadium in Biratnagar on Friday, December 23, 2016. Photo: Udipt Singh Chhetry/THT
Read more
एसियन सेन्ट्रल जोनमा नेपालले माल्दिभ्ससँग खेल्दै

७ पुस,२०७३ ।   एसियन सेन्ट्रल जोन सिनियर भलिबल च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । खेल बंगलादेशको ढाकामा बेलुका सवा ६ बजे सुरु हुनेछ ।
बंगलादेशमा भएको प्रतियोगिताको अघिल्लो संस्करणमा नेपाल माल्दिभ्ससँगै सेमिफाइनलमा पराजित भएको थियो । प्रतियोगितामा नेपालले बंगलादेश, अफगानिस्तान र काजकिस्तानसँग पनि खेल्नेछ ।
राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनल पुग्नेछन् । सेन्ट्रल जोनमा रहेका १२ मध्ये भारत, पाकिस्तान, श्रीलंका र भुटान च्याम्पियनसिपमा सहभागी छैनन् ।
Read more
बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा



६ पुस,२०७३    स्पेनिस क्लब बार्सिलोनाले कोपा डेल रे फुटबलको अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ । दोस्रो लेग अन्तर्गत आज राति भएको खेलमा बार्सिलोना हर्कुलिसलाई ७–० ले हराउँदै समग्रमा ८–१ को जितसहित अन्तिम १६ मा पुगेको हो । पहिलो लेगमा १–१ को बराबरीमा रोकिएको बार्सिलोनालाई घरेलु मैदानमा भएको दोस्रो लेगमा शानदार जित दिलाउने क्रममा आर्ड तुरानले ह्याट्रिक गरे । 
स्टार खेलाडी लियोनल मेस्सी, लुइस स्वारेज र नेइमार बिना खेलेको बार्सिलोनाका लागि लुकास डिग्ने, इभान रेकिटिक, राफिन्हा र पाको एकेसरले एक एक गोल गरे ।  यस्तै राति नै भएको खेलमा फोर्मेनटिरालाई ९–१ ले हराएको सेभिल्ला समग्रमा १४–२ को जितसहित अन्तिम १६ मा पुगेको छ । यस्तै लेगानेसलाई २–१ ले हराएको भ्यालेन्सिया समग्रमा ५–२ तथा ग्रनाडालाई २–० ले हराएको ओसासुना समग्रमा २–१ को जितसहित अन्तिम १६ मा पुगेको छ । स्पोर्टिङ गिजोनलाई दोस्रो लेगमा ३–१ ले हराएको एइबर समग्रमा ५–२ तथा रियल बेटिसलाई ३–१ ले हराएको डिप्रोटिभो ला कोरुना समग्रमा ३–२ को जितसहित अन्तिम १६ मा पुगेका छन् ।
Read more
Saturday, December 24, 2016
आर्चरी खेल उदयपुरको गाईघाटमा सञ्चालन हुने

६ पुस,२०७३  सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेल उदयपुरको गाईघाटमा सञ्चालन हुने भएको छ । राष्ट्रिय आर्चरी खेल ब्यवस्थापन समितिले बुधबार पत्रकार सम्मेलन गरेर आगामी ९ देखि ११ गतेसम्म सञ्चालन गर्ने गरी खेल तालिका सार्वजनिक गरेको हो । 
ब्यवस्थापन समितिका संयोजक किरण राईले आर्चरी खेल तीन विधामा सञ्चालन गरिने जानकारी दिनुभयो । प्रतियोगिताका लागि देशभरबाट २५ जना महिला र ६५ जना पुरुष खेलाडीको सहभागिता रहने र एक डाइरेकटरसहित २० जना प्राविधिक परिचालन हुने संयोजक राईले बताउनुभयो । संयोजक राईले भन्नुभयो ‘उदयपुरको निम्ति यो सुनौलो अवसर रहेको भन्दै सफल बनाउन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक रहेको छ ।’  
सदरमुकाम गाईघाटस्थित थारुहट रंगशालामा सञ्चालन हुने प्रतियोगितामा रिकर्व ओपन, कम्पाउन्ड आर्चरी र स्ट्याण्डर्ड आर्चरी जुनियर गरी तीन विधा रहनेछ ।
Read more
Tuesday, December 20, 2016
जडेजा एक्लैले ७ विकेट लिएपछि इङ्गल्याण्ड विरुद्धको पाँचौ टेष्टमा पनि इण्डीया विजयी

५ पुस,२०७३   स्पिनर रविन्द्र जडेजा एक्लैले ७ विकेट लिएपछि इण्डीयाले इङ्गल्याण्ड विरुद्धको पाँचौ तथा अन्तिम टेष्ट पनि जितेको छ । उसले एक इनिङ र ७५ रनले खेल जितेको हो ।पहिलो इनिङ्गमा २ सय ८२ रनले पछि परेको इङ्गल्याण्डले दोश्रो इनिङ्गमा २ सय ७ रन मात्र बनाएपछि इण्डीया विजयी भएको हो । इङ्गल्याण्डलाई सस्तैमा समेट्ने क्रममा इसान्त शर्मा, उमेश यादव र अमित मिश्राले पनि एक एक विकेट लिए ।
engइङ्गल्याण्डका लागि केटोन जेनिङ्सले ५४, कप्तान एलेष्टर कुकले ४९ तथा मोइन अलिले ४४ रन बनाउनुबाहके अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । इङ्गल्याण्डका ७ ब्याट्समेन दोहोरो अंकको रन नजोड्दै पेवेलियन फर्किएका थिए।
India's captain Virat Kohli, right, and Umesh Yadav celebrate the dismissal of England's Adil Rashid during their fifth day of the fifth cricket test match in Chennai, India, Tuesday, Dec. 20, 2016. (AP Photo/Tsering Topgyal)
घरेलु टोली इण्डीयाले भने पहिलो इनिङ्गमा करुण नायरको अविजित ३ सय ३ , ओपनर लोकेश राहुलको १ सय ९९ तथा विकेटकिपर पार्थिब पटेलको ७१ रनको मद्दतमा ७ सय ५९ रन बनाएसँगै इनिङ्ग समाप्तीको घोषणा गरेको थियो । यो जितसँगै पाँच टेष्ट म्याचको श्रृंखला घरेलु टोलि इण्डीयाले चार शुन्यले जितेको छ । पहिलो टेष्ट बराबरी भएको थियो ।
Read more
Monday, December 19, 2016
पाकिस्तान विरुद्धको पहिलो टेष्टमा अष्ट्रेलिया विजयी

४ पुस,२०७३   पाकिस्तान विरुद्धको पहिलो टेष्टमा घरेलु टोली अष्ट्रेलिया ३९ रनले विजयी भएको छ । व्रिसबर्नमा ४ सय ८० रनको लक्ष्य लिएर जबाफी ब्याटिङ्ग गरेको पाहुना टोली एक सय ४५ ओभरमा ४ सय ५० रनमा समेटिएसँगै घरेलु टोली विजयी भएको हो ।
पाकिस्तानका लागी म्यान अफ दी म्याच असाद सफिकले सतक बनाएपनि त्यो जितका लागि पर्याप्त हुन सकेन् । उनले २ सय ७ बलको सामना गर्दै १३ चौका र एक छक्काको सहायताले एक सय ३७ रन बनाए । त्यस्तै ओपनर अजहर अलीले ७१,पुर्व कप्तान युनिस खानले ६५ तथा मोहम्मद अमिरले ४८ रन बनाएका थिए ।
पहिलो इनिङ्गमा खराब प्रदर्शन गरेको पाहुना टोली मात्र एक सय ४२ रनमा समेटिएको थियो । उता पहिलो इनिङ्गमा ४ सय २९ रनमा समेटिएको घरेलु टोली अष्ट्रेलियाले दोस्रो इनिङ्गमा ५ विकेट गुमाएर २ सय २ रन बनाउँदा इनिङ्ग समाप्तीको घोषणा गरेको थियो । जीतसँगै तीन टेष्ट म्याचको श्रृंखलामा घरेलु टोलीले एक शुन्यको अग्रता लिएको छ ।  
Read more
महिला फुटबलमा आर्मी र पुलिसको दोश्रो जित


४ पुस,२०७३  सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलमा सेनाको त्रिभूवन आर्मी  र नेपाल पुलिस क्लवले  लगातार दोश्रो जित निकालेका छन् । 
सुनसरीको दुहबीमा भएको खेलमा आर्मीले पूर्वाञ्चललाई ३-० ले हरायो । आर्मीका लागि सुष्मिता तामाङ्गले १५ औं मिनटमा गोल गरिन् गरिन भने  खेलको ५४ औं र ७० औं मिनटमा ईन्दिरा राईले गोल गर्दै आर्मीको जित पक्का गरिन् । आर्मीकी ईन्दिरा राई वुमन अफ द म्याच चुनिइन् । अर्को खेलमा प्रहरीले पश्चिमाञ्चललाई ४- ० ले पाखा लगायो । 
विजयी टिमका लागि वुमन अफ दि म्याच यशोदा लामाले खेलको १९ औं मिनटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि २९ औं मिनटमा निरु थापाले गोल गर्दै गोल संख्यालाई दोब्बर पारिन् । यस्तै श्रृजना खड्काले खेलको ४६ औं मिनटमा गोल थपिन् । त्यसपछि ५७ औं मिनटमा मञ्जु गुरुङ्गले गोल  गरिन् । जितसँगै दुबै टोलिले उपाधि दाबेदारी प्रस्तुत गरेका छन् ।
Read more
आर्मी र पुलिस विजयी


३ पुस,२०७३  ।  विभागीय टोली सेनाको  त्रिभुवन आर्मी क्लब  नेपाल पुलिस क्लबले सुनसरीको दुहबीमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा  जित हासिल गरेका छन्। प्रतियोगितामा विजयी सुरुआत गर्ने क्रममा समूह ‘ख’ अन्तर्गत भएको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले मध्य पश्चिमाञ्चललाई ३-०  ले  निराश पार्‍यो।
पुजा रानाले तेस्रो मिनेटमा अग्रता दिलाएको आर्मीका लागि भुजंगा राईले २४ औं मिनेटमा दोस्रो गोल गरिन। पहिलो हाफमा दुई गोलको अग्रता लिएको आर्मीका लागि ६८ औं मिनेटमा वैकल्पिक खेलाडी क्रान्ती आलेले अर्को गोल गर्दै जित पक्का पारिन। मध्यान्तरपछि सुस्मिता तामाङलाई स्थानान्तरण गर्दै क्रान्ती मैदान प्रवेश गरेकी थिइन। आर्मीकी मनिषा राउत उत्कृष्ट खेलाडी घोषित भइन। 
army-girls
त्यस्तै समूह ‘क’ मा पुलिसले  सुदूर पश्चिमाञ्चलमाथि ३-० को नतिजा निकाल्यो। पूरा समय खेलमा नियन्त्रण राखेको पुलिसका लागि पाँचौं मिनेटमै नीरु थापाले अग्रता दिलाएकी थिइन। यशोदा लामाले ३१ औं मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई पहिलो हाफमा २-० ले अघि बढाइन। दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै रुपा मगरले तेस्रो गोल गर्दै पुलिसको जित पक्का गरिन।
पुलिसका लागि पहिलो गोल गरेकी निरु थापा खेलको उत्कृष्ट खेलाडी घोषित भइन। समूह ‘क’ मा अघिल्लो दिन अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले विजयी सुरुआत गरिसकेको थियो। आइतबारको नतिजापछि पुलिस र एपिएफ समान तीन अंकका साथ सेमिफाइनलको बलियो हकदारका रुपमा प्रस्तुत भएका छन्। प्रतियोगितामा सोमबार समूह ‘क’ मा पश्चिमाञ्चलले नेपाल पुलिस क्लबसँग खेल्नेछ भने समूह ‘ख’ मा पूर्वाञ्चल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।
Read more
अन्तिम टेष्टको पहिलो इनिङ्गमा पनि इण्डीयाको उत्कृष्ट प्रदर्शन


उत्तम रिजाल, ३ पुस,२०७३ /    इङ्गल्याण्ड विरुद्धको पाँचौ तथा अन्तिम टेष्ट क्रिकेटमा पनि घरेलु टोली इण्डीयाले उत्कृष्ट प्रदर्शन गरेको छ । चेन्नईमा पाहुना टोलीलाई ४ सय ७७ रनमा समेट्दै आफ्नो इनिङ्ग शुरु गरेको उसले तेस्रो दिनको खेल सकिंदा सम्म चार विकेटको क्षतिमा ३ सय ९१ रन जोडेको छ ।
घरेलु टोलीका लागी ओपनर लोकेश राहुलले सर्बाधिक एक सय ९९ तथा विकेट किपर पार्थिब पटेलले ७१ रनको योगदान दिए । क्रिजमा करुन नाएर ७१ तथा मुरली विजय १७ रन बनाएर खेलिरहेका छन् । यसअघि टस जितेर ब्याटिङ्ग गरेको पाहुना टोली इङ्गल्याण्डले पहिलो इनिङ्गमा एक सय ५७ दशमलव २ ओभर खेल्दै ४ सय ७७ रन जोडेको थियो ।engउसका लागी मोइन अलिले एक सय ४६,जोइ रुटले ८८ तथा लिएम डावसनले अविजित ६६ र आदिल रसिदले ६० रनको योगदान दिएका थिए । पाँच टेष्टको श्रृंखला घरेलु टोली इण्डीयाले तीन शुन्यले जितिसकेको छ ।
Read more
पाकिस्तान विरुद्धको पहिलो टेष्टमा अष्ट्रेलिया जित नजिक


उत्तम रिजाल, ३ पुस,२०७३      पाहुना टोलि पाकिस्तान विरुद्धको पहिलो टेष्टमा घरेलु टोलि अष्ट्रेलिया जितको नजिक पुगेको छ । ब्रिसवर्नमा जारी पहिलो टेष्टको चौथो दिनको खेल सकिंदा सम्म ४ सय ९० रनको लक्ष्य पाएको पाहुना टोलिले आठ विकेट गुमाएर ३ सय ८२ रन जोडेको छ ।
घरेलु टोलिले भने पहिलो इनिङ्गमा कप्तान स्टेभन स्मिथको एक सय ३० तथा पिटर ह्याण्डसकोम्बको एक सय ५ रनको मद्दतमा ४ सय २९ रन बनाएको थियो भने दोस्रो इनिङ्ग ३९ ओभरमा पाँच विकेटको क्षतिमा २०२ रनमा डिक्लियर गरेको थियो । पाकिस्तानलाई जितका लागि अझै एक सय ८ रनको आवश्यकता रहेको छ । पाकिस्तानले भोली पाँचौ तथा अन्तिम दिनको खेल तीन सय ८२ रनबाट खेल्न शुरु गर्नेछ । भोलिको पहिलो बलको सामना असाद सफिकले गर्नेछन् ।
david-warner
पहिलो इनिङ्गमा ५५ ओभरमा एक सय ४२ रनमा समेटिएको उसका लागि ओपनर अजहर अलिले ७१ तथा पुर्व कप्तान युनिस खानले ६५ तथा मोहम्मद अमीरले ४८ रनको योगदान दिए । क्रिजमा असाद सफिक एक सय ४० बलको सामना गर्दै दश चौका र एक छक्काको सहायताले एक सय रनमा छन् भने यासिर शाहा तीन बलको सामनामा चार रनमा छन् ।
Read more
मलेशिया विरुद्ध नेपालको कठिन जित



कोलम्बोमा टस हारेर ब्याटिङ्ग गरेको मलेशियाले ४४ दशमलव ४ ओभरमा एक सय ५३ रन बनाएको थियो । उसका लागि कप्तान विरन्दिप सिंहले सर्वाधिक ७५,मोहम्मद हासिफले २१ र सैफ उल्लाह मल्लिकले ११ रनको योगदान दिन बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् । आठ रनमा पहिलो विकेट गुमाएको मलेशियाले दोस्रो विकेट पनि आठ रनमै गुमाएको थियो । ४८ मा तेस्रो,५७ मा चौथो,७३ मा पाँचौ,७९ मा छैटौ,८५ मा सातौ,एक सय २० मा आठौ र एक सय ३७ मा नौ औं विकेट गुमाएको थियो । मलेशियालाई सस्तैमा समेट्ने क्रममा बलिङ्गतर्फ नेपालका आदिल खानले तीन तथा कप्तान संन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए ।nepal-u19-team2जबाफमा एक सय ५४ रनको झिनो लक्ष्य लिएर मैदान उत्रिएको नेपालले ओपनर आसिफ सेखलाई एक तथा अर्का आक्रामक ब्याट्समेन आदिल खानलाई विना कुनै रनमा गुमाएको थियो । टिमको स्कोर ६ रन भएको अबस्थामा दुई विकेट गुमाएको नेपालले ३९ रनमा तेस्रो विकेट गुमाएको थियो । त्यसपछि दबाबमा रहेको नेपालले ६२ मा चौथो विकेट गुमायो । ओपनर अभिनास कर्ण २९ रन जोड्दै आउट भए । त्यसपछि आस गरिएका दिपेन्द्रसिंह ऐरी पनि २२ रन जोड्दै आउट हुँदा नेपालले मात्र ८० रन जोडेको थियो । त्यसपछि विकेट किपर प्रकाश केसी दोस्रो बलको सामना गर्ने क्रममा विरन्दिप सिंहको बलमा एलबीडब्लु धरापमा पर्दा नेपालले ८० रनमै छैटौ विकेट गुमाएको थियो । त्यसपछि पराजय उन्मुख रहेको नेपालका लागी रोहित कुमार पौडेलले केहि सम्माले पनि उनीपनि १२ रन जोड्दै मोहम्मद अमिरको बलमा बोल्ड आउट भए ।nepal-2016त्यपछि झन दबाबमा रहेको नेपालले एक सय ८ रनमा आठौ विकेट गुमाएको थियो । आठौ विकेट झरेसँगै समुह चरणको अन्तिम खेलमा मात्र भएपनि जित निकाल्ने सोचमा रहेको नेपाल पराजय नजिक पुगेको थियो । त्यसपछि अनिल शाहाले सम्मालिदै ब्याटिङ्गगर्दा टिमलाई जित नजिक पुर्याए । उनले ६६ बलको सामना गर्दै ३२ रनको योगदान दिए । उनी नौ औं विकेट स्वरुप आउट हुँदा नेपालले एक सय ४५ रन जोडेको थियो । शाहालाई पबन सराफले साथ दिएका थिए । सराफ ६७ बलको सामना गर्दै २ चौका र एक छक्काको मद्दतमा २९ रनमा अविजित रहे । टिमलाई जित दिलाउने क्रममा अन्तिम विकेटका रुपमा क्रिजमा आएका कप्तान संन्दिप लामिछानेले तीन बलमा तीन रनको योगदान दिए । यसअघि समुह चरणका दुई खेल गुमाएसँगै प्रतियोगिताबाट बाहिरीसकेको नेपालले जितको स्वाद पाएपनि आस गरिए अनुसारको भने खेल खेल्न सकेन् । नेपाल पहिलो खेलमा आयोजक श्रीलंकासँग एक रनले र दोस्रो खेलमा इण्डीयासँग ६ विकेटले पराजित भएको थियो ।
Read more
Sunday, December 18, 2016
 एशिया कपमा नेपालको कम्जोर प्रदर्शन समुहको अन्तिम खेलमा पनि पराजय नजिक


उत्तम रिजाल, ३ पुस,२०७३ / श्रीलंकामा जारी अण्डर नाइन्टीन एसिया कप क्रिकेटमा नेपालले कम्जोर प्रदर्शन गरेको छ ।
लगातार दुई खेलमा पराजय भोगेसँगै प्रतियोगिताबाट बाहिरीसकेको उ मलेशिया विरुद्धको समुहको अन्तिम खेलमा पनि पराजय नजिक पुगेको छ । कोलम्बोमा टस हारेर ब्याटिङ्ग गरेको मलेशियाले प्रस्तुत गरेको एक सय ५४ रनको झिनो लक्ष्य पच्याएको नेपालले अहिले सम्म आठ विकेट गुमाइ सकेको छ । ३३ ओभर सम्मको खेल सकिंदा नेपालले आठ विकेटको क्षतिमा एक सय १६ रन जोडेको छ । यसअघि मलेशिया भने निर्धारित ५० ओभरको खेलमा ४४ दशमलव ४ ओभरमा सबै विकेट गुमाइ एक सय ५३ रन बनाएको थियो । 

उसका लागि कप्तान वीरन्दीप सिंहले सर्वाधिक ७५ , मोहम्मद हसिफले २१ र सैफ उल्लाह मल्लिकले ११ रनको योगदान दिएका थिए । अन्य ब्याट्समेन भने दोहोरो अंकको रन जोड्न नसक्दै आउट भए । बलिङ्गतर्फ नेपालका आदिल खानले तीन,कप्तान संदिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले २/२ तथा रोहित कुमार पौडेल र सुभांकर उरावले एक/एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङ्ग गरिरहेको छ । समुह चरणका पहिला दुबै खेलमा पराजय भोगेका दुबै टोलि पहिलो जितको खोजिमा छन् । नेपाल पहिलो खेलमा आयोजक श्रीलंकासँग एक रनले तथा दोस्रो खेलमा इण्डीयासँग ६ विकेटले पराजित भएको थियो । 

Read more
मलेशियाद्धारा नेपाल सामु १५४ रनको लक्ष्य प्रस्तुत




टस हारेर ब्याटिङ्ग गरेको उसले निर्धारित ५० ओभरको खेलमा ४४ दशमलव ४ ओभरमा सबै विकेट गुमाइ एक सय ५३ रन बनाएको थियो । उसका लागि कप्तान वीरन्दीप सिंहले सर्वाधिक ७५ , मोहम्मद हसिफले २१ र सैफ उल्लाह मल्लिकले ११ रनको योगदान दिएका थिए । अन्य ब्याट्समेन भने दोहोरो अंकको रन जोड्न नसक्दै आउट भए । बलिङ्गतर्फ नेपालका आदिल खानले तीन,कप्तान संदिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले २/२ तथा रोहित कुमार पौडेल र सुभांकर उरावले एक/एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङ्ग गरिरहेको छ । समुह चरणका पहिला दुबै खेलमा पराजय भोगेका दुबै टोलि पहिलो जितको खोजिमा छन् । नेपाल पहिलो खेलमा आयोजक श्रीलंकासँग एक रनले तथा दोस्रो खेलमा इण्डीयासँग ६ विकेटले पराजित भएको थियो ।
Read more
Friday, December 16, 2016
इण्डीयासँगको पराजयसँगै नेपाल बाहिरीयो


उत्तम रिजाल, १ पुस, २०७३    श्रीलंकामा जारी अण्डर नाइन्टीन एशिया कप क्रिकेटमा नेपाल इण्डीयासँग पराजित भएको छ । इण्डीयासँगको पराजयसँगै नेपाल प्रतियोगिताबाट पनि बाहिरीएको छ ।
समुह चरणको पहिलो खेलमा आयोजक श्रीलंकासँग एक रनले पराजित भएपछि बाँकी दुबै खेल जित्नु पर्ने दबाबमा रहेको नेपाल आज इण्डीयासँग ६ विकेटले पराजित भएको हो । कोलम्बोमा टस जितेर ब्याटिङ्ग गरेको नेपालले प्रस्तुत गरेको एक सय ७३ रनको लक्ष्य इण्डीयाले खेल सकिन ९९ बल अगाबै पुरा गरेको थियो । ओपनर  पृथ्वी सावलाई ५ रनमै नेपालका कप्तान तथा स्पिनर संदिप लामिछानेले पेवेलियनको बाटो देखाउँदै विकेट लिएर जित निकाल्न सक्ने संकेत देखाएपछि त्यसपछि सहत विकेट लिन नसक्दा पराजय भोगेको थियो ।
दोस्रो विकेटका लागी नेपालले १९ औं ओभर सम्म पर्खिनु परेको थियो । अर्का ओपनर हिमांसु राना दोस्रो विकेट स्वरुप १९ औं ओभरको अन्तिम बलमा विकेट किपर प्रकाश केसीद्धारा समातिएका थिए । उनी पवन सराफको बलमा केसीद्धारा समातिदा ६१ बलमा ५ चौका सहित ५१ रनमा थिए । टिमका लागि अर्का आक्रामक ब्याट्समेन सुबमन गिलले ५७ रनको योगदान दिएका थिए । बलिङ्गतर्फ पवन सराफले तीन तथा सन्दिप लामिछानेले एक विकेट लिए ।
यसअघि नेपालले रोहित कुमार पौडेलको अविजित ६८,दिपेन्द्रसिंह ऐरीको ३४,आसिफ सेखको १८,प्रकाश केसीको १३ तथा कप्तान सन्दिप लामिछानेको ७ रनको मद्दतमा निर्धारीत ५० ओभरमा ९ विकेट गुमाइ एक सय ७२ रन जोडेको थियो । नेपालले अब समुह चरणको अन्तिम खेलमा मलेशियाको सामना गर्नेछ । 
Read more
Thursday, December 15, 2016
एक्सपो चेसमा नेपाल तेश्रो


२९ मंसिर,२०७३, काठमाडौं    सोमबार सम्पन्न संसारका बालबालिकाको लागि एक्सपो चेसमा नेपाललाई तेश्रो स्थान प्राप्त भएको छ । विश्वका पाँच महादेशका आठ राष्ट्र सहभागी प्रतियोगितामा एशियाबाट नेपालको सहभागीता रहेको एक्सपोचेसका नेपाल संयोजक उमेश केसीले बताए ।
संसारका बालबालिकाहरुलाई चेस खेलको माध्यमबाट अन्य देशको भाषा तथा संस्कृतिका विषयमा समेत ज्ञान आर्जन गर्न सहयोग पर्याउने उद्देश्यले आयोजित प्रतियोगितामा नेपालबाट ११ जना बालबालिकाको सहभागीता रहेको थियो । अनलाईन प्रविधिबाट सञ्चालन भएको प्रतियोगिताको प्रत्येक चरणमा ४ जना खेल्ने, ४ जनाले विद्दुतीय उपकरणमा सहयोग पुर्याउने तथा ३ जना प्रत्यक्ष कुराकानीमा सहभागी भएका थिए । संसारभर एउटै समयमा प्रतियोगिता सञ्चालन भएको थियो ।
सात चरणमा सम्पन्न प्रतियोगितामा स्पेन १० म्याच प्वाईन्टका साथ पहिलो स्थानमा रह्यो भने पेरु ९ म्याच प्वाईन्टका साथ दोश्रो स्थानमा रह्यो । ८ म्याच प्वाईन्ट बटुल्दै तेश्रो भएको नेपालले २ मा जित, ४ मा बराबरी तथा १ खेलमा हार बेहोरेको थियो । नेपालले चिलिलाई ०.५ अंकका विरुद्ध ३.५ अंकले पराजित गर्यो भने हंगेरीलाई ३–१ ले हरायो । त्यसैगरी पेरु, युगाण्डा, मेक्सिको तथा अमेरिकासँग २–२ अंकका साथ बराबरीको नतिजा आत्मसात गर्यो । उता विजेता टोलि स्पेनसँग ०.५ का विरुद्ध ३.५ अंकको हार व्यहोर्न पुग्यो । स्पेनी स्वयंसेवी संस्था एक्सपोचेसको आयोजनामा भएको कार्यक्रममा चित्रकला तर्फ समेत नेपालका बालबालिका सहभागी भएका थिए । चित्रकलामा हंगेरीकी बालिका प्याट्रिसिया नेजी उत्कृष्ठ भईन ।



Read more
पुर्वाञ्चलबाट बुद्धिचालका खेलाडी छनौट,झापा टिम च्याम्पियन



    
उत्तम रिजाल, 
२९ मंसिर, फिदिम    सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पुर्वाञ्चलबाट बुद्धिचालका खेलाडी छनोट भएका छन् ।
पाँचथरको फिदिममा सम्पन्न छनोट प्रतियोगिताबाट पुरुषतर्फ सात र महिलातर्फ पाँच गरी बाह्र खेलाडी छनोट भएका छन् । छनोट प्रतियोगितामा झापाले दब्दबा कायम गरेको छ । झापाका सहभागी पाँचै खेलाडी छनोट भएका छन् । झापाले सबै खेलाडी छनोट भएसँगै टिम च्पयाम्पियनको पनि उपाधी जितेको छ ।  प्रतियोगितामा पुरुष र महिला दुबै इभेन्टमा झापाका खेलाडी प्रथम भए । 
पुरुषतर्फ झापाका प्रकाश नेपाल अपराजित रहदै सात राउण्डको खेलमा ६ अंकका साथ प्रथम भए । उनले सातौ तथा अन्तिम राउण्डमा पाँचथरका हेम बहादुर जबेगुलाई चित ख्वाएका थिए । उनीसँगै सुनसरीका प्रज्वल घिमिरे, धनकुटाका सुमन श्रेष्ठ, भोजपुरका सुमन राई, सप्तरीका सिंहेश्वर दास,झापाका राजन सुबेदी र उदयपुरका पर्शुराम राई क्रमश दोस्रो देखी सातौ हुदै धनकुटामा हुने राष्ट्रिय प्रतियोगिताको लागी छनोट भएका छन् ।  

उता महिलातर्फ झापाकी कृपा अधिकारीले प्रथम स्थान हासिल गर्दा झापाकै पुनम प्रसाई दोस्रो भइन् । त्यस्तै ताप्लेजुङ्गकी शुशिला गुरुङ्ग तेस्रो हुदा झापाकै खुस्बु थापा चौथो र मोरङ्गकी आस्मा थापा पाँचौ हुदै राष्ट्रिय प्रतियोगिताका लागी छनोट भएका छन् । प्रतियोगिता आगामी पुस आठ गतेबाट शुरुहुदैछ ।  












Read more
दोश्रो दिन सम्म चार खेलाडीको अग्रता


उत्तम रिजाल
२६ मंसिर,फिदिम / सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बुद्धिचालतर्फको पुर्वाञ्चल स्तरीय छनोट खेलमा चार खेलाडीले अग्रता लिएका छन् । पाँचथरको फिदिममा जारी खेलमा दोश्रो दिन तेश्रो राउण्ड सम्मको खेल सकिदा महिला तर्फ झापाकी पुनम प्रसाईले एकल अग्रता लिएकी छन् ।
उनले तेश्रो राउण्डमा झापाकै खुस्बु थापालाई पराजित गरेसँगै अग्रता लिएकी हुन् । पहिलो बोडमा ब्लाकबाट खेलेकी उनले खुस्बुलाई रिजाइन दिन बाध्य बनाएकी थिइन् । झापाकै कृपा अधिकारी र मोरङ्गकी आष्मा थापा समान २.५ अंकका साथ दोस्रो स्थानमा छन् । मोरङ्गकी खुसी मुखिया र ममता सहनी, ताप्लेजुङ्गकी शुशिला गुरुङ्ग र झापाकी खुस्बु थापा २ अंकका साथ अन्तिम पाँचमा पर्न संघर्षरत छन् ।
उता पुरुषतर्फ झापाका प्रकाश नेपाल, शुनसरीका प्रज्वल घिमिरे र  धनकुटाका सुमन श्रेष्ठ समान तीन अंकका साथ अग्र स्थानमा रहेका छन् । तेस्रो राउण्डमा पहिलो बोर्डमा खेलेका प्रकाशले शुनसरीका राजन कुमार पोख्रेललाई पराजित गरेका थिए । त्यस्तै शुनसरीका प्रज्वलले उदयपुरका पर्शुराम राईलाई तथा धनकुटाका सुमन श्रेष्ठले झापाका राजन सुवेदीलाई पराजित गरेका छन् । अन्य खेलमा सप्तरीका मनोज विक र सिंहेश्वर दास,उदयपुरका महेश कुमार बस्नेत,भोजपुरका सुमन राई,मोरङ्गका राजकुमार वान्तवा,पाँचथरका हेम बहादुर जबेगु र एलिन आङ्गदेम्बेले जित निकालेका छन् । उनीहरु समान २ अंकका साथ अन्तिम सात प्रबेशका लागी संघर्ष गरिरहेका छन् । प्रतियोगितामा आज चौथो र पाँचौ राउण्डका खेल हुनेछन् । 
Read more
Saturday, December 10, 2016
राष्ट्रिय प्रतियोगिताका लागि बुद्धिचालका खेलाडी छनौट शुरु



उत्तम रिजाल, 
२६ मंसिर, फिदिम/  सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बुद्धिचालका खेलाडी छनोट शुरु भएको छ । पाँचथरको फिदिममा शुरु भएको छनोट प्रतियोगितामा पहिलो राउण्डमा २० खेलाडी विजयी भएका छन् ।
जसमा महिला तर्पm सात खेलाडी विजयी भएका छन् । महिलातर्फ झापा र मोरङ्गका खेलाडीले सत प्रतिशत नतिजा निकालेका छन् । महिलातर्फकी टप रेटेड मोरङ्गकी खुसी मुखिया सँगै आस्मा थापा र ममता सहनीले जित हात पारे । झापाकी पुनम प्रसाई,खुस्बु थापा र कृपा अधिकारी विजयी हुदा ताप्लेजुङ्गकी शुशिला गुरुङ्गले पनि जित दर्ता गरिन् । 

उता पुरुष तर्फ भने पहिलो बोर्डमा अप्रत्यासित नतिजा निकाली उदयपुरका अन रेटेड महेशकुमार बस्नेतले शनशनी मच्चाए । उनले पुरुषतर्फका टप रेटेड  १९४७ रेटेड सप्तरीका सिंहेश्वर दासलाई चित ख्वाएका हुन् । अन्यखेलमा झापाका प्रकाश नेपाल र राजन सुवेदी, मोरङ्गका राजकुमार वान्तवा, इलामका सुरेन्द्र कुमार राई र याम प्रसाद लिम्बु,पाँचथरका रमेश केरुङ्ग र एलिन राई , धनकुटाका सुमन श्रेष्ठ,शुनसरीका राजनकुमार पोख्रेल र प्रज्वल घिमिरे र उदयपुरका पर्शुराम राई विजयी भएका छन् । आज थप दुई राउण्ड खेल हुने चिफ आरविटर विजय कुमार थापाले जानकारी दिनु भयो । छनोटमा पुर्वाञ्चलका १६ जिल्लाका ४४ खेलाडीको सहभागिता रहेको छ ।


Read more
Thursday, December 8, 2016
Andy Murray and Johanna Konta head the list of six British stars at the Australian Open

Andy Murray and Johanna Konta head the list of six British stars at the Australian Open

Last Updated: 08/12/16 
Andy Murray will be aiming to win his first Australian Open
Great Britain have a guaranteed six players in the main draw of the Australian Open next month with new world No 1 Andy Murray leading the way.
Murray, Kyle Edmund and Dan Evans will all be in the men's first round in Melbourne while Johanna Konta, Heather Watson and Naomi Broady will compete in the women's singles.
Murray will be heading to his first Grand Slam as the top seed and will be hoping to finally win a tournament he has finished runner-up of five times, while Edmund and Evans, ranked 45th and 66th respectively, both head into 2017 on the back of their best-ever seasons.
Read more
Arsenal, Spurs and Man Utd discussed in Premier League Daily Podcast


Arsenal, Spurs and Man Utd discussed in Premier League Daily Podcast

Mesut Ozil celebrates with Alexis Sanchez
Welcome to Thursday's Premier League Daily Podcast

Premier League Daily

The Premier League Daily Podcast discusses Arsenal, Spurs, Man Utd and Liverpool
On today's show, we hear from Arsene Wenger on whether Alexis Sanchez and Mesut Ozil will stay at the club.
Our guests Peter Beagrie, Phil Babb and Chris Iwelumo discuss the future of the big-name pair, plus Arsenal's rivals Tottenham and the good work they've done with player contracts.
Read more