Open top menu
Monday, December 26, 2016

१० पुस,२०७३ ।   पुर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा विभागीय टोलीको बर्चश्व कायमै रहेको छ । महिला ज्याभ्लिन थ्रोमा नेपाल प्रहरीकी चन्द्रकला लाम्गादेले आज कीर्तिमानी प्रदर्शन गरेकी छन् । ४३ दशमलब ९४ मिटर दूरी थ्रो गर्दै उनले आफ्नै नाममा रहेको ४३ दशमलव ९० मिटरको कीर्तिमानमा सुधार गरेकी हुन् । जारी प्रतियोगितामा चन्द्रकलाको यो दोश्रो कीर्तिमान हो ।उनले हिजो ११ दशमलब ५६ मिटर फाल्दै सुटपुटमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी थिइन् ।सो स्पर्धामा नेपाल आर्मी क्लबकी लक्ष्मी थाक दोश्रो तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी सीमा थारु तेश्रो भए ।
पुरुष ज्याभ्लिनमा आर्मीका रामबहादुर कुमालले स्वर्ण पदक हात पारे । ५६ दशमलब ८८ मिटर टाढा फाल्दै उनले स्वर्ण जितेका हुन् । सो स्पर्धामा पुलिसका नरेन्द्रजंग शाहीले रजत र एपीएफका प्रेमप्रकाश खड्काले कास्य जिते ।
पुरुष लङजम्मा आर्मीका डिल्ली खत्रीले स्वर्ण जिते । उनले ६.९१ मिटर नाघ्दै स्वर्ण हात पारे । प्रहरीका गोपाल चौधरीले रजत तथा प्रहरीकै चन्द्रदेव जोशीले कांस्य पदक हात पारे । महिलातर्फको स्वर्ण भने पुलिसकी केशरी चौधरीले जितिन् । आर्मीकी कृष्णा चौधरीले रजत र एपीएफकी शिला चौधरीले कास्य पदक हात पारे । पुरुष १ सय १० मिटर हर्डल्समा आर्मीका विशेष महतोले स्वर्ण पदक हात पार्दा आर्मीकै रामप्रसाद थारुले रजत तथा पुलिसका चन्द्रदेव जोशीले कास्य पदक जिते ।
१ सय मिटर हर्डल्समा एपिएफकी सविता चौधरीले स्वर्ण जितिन् । मध्यमाञ्चलकी प्रमिला थारु र पुलिसकी केशरी चौधरीलाई पछि पार्दै उनले स्वर्ण जितेकी हुन् । पुरुष ५ हजार मिटर दौडमा एपीएफका गोपीचन्द्र कार्की पहिलो, आर्मीका हरिकुमार रिमाल दोश्रो पुलिशका भूमिराज राई तेस्रो भए । महिलातर्फ एपीएफकी कान्छीमाया कोजु पहिलो भइन् । आर्मीकी सानुमाया कार्की दोश्रो तथा आर्मीकै विश्वरुपा बुढाले तेस्रो स्थान हात पारिन् । महिला ४ गुणा ४ सय मिटर रिलेमा आर्मी पहिलो, एपीएफ दोश्रो र मध्यपश्चिमाञ्चल तेश्रो भए । त्यसै सोहि स्पर्धाको पुरुषतर्फ पनि आर्मी, एपीएफ र मध्यमाञ्चल क्रमशस् पहिलो दोस्रो र तेस्रो भए ।
इन्डोर खेल
टेबुल टेनिसमा महिला डबल्सको उपाधि आर्मीका रविना महर्जन र स्वेच्छा नेम्वाङ्गको जोडीले जितेका छन् । उनीहरुले पुलिसका नविता र एलिना महर्जनको जोडीलाई ७–११, ११–७, ११–६, ७–११ र ११–३ ले पराजित गर्दै स्वर्ण जितेका हुन् । पुरुष जोडीतर्फ पुलिसका प्रदीप रोक्का र विनेश खनियाको जोडीले एपिएफका शिवसुन्दर गोथे र अमरलाल मल्लको जोडी माथि ११–९, ११–९, ३–११ र ११–९ को जित हात पार्दै स्वर्ण पदक जिते । महिला टिम ईभेन्टस्मा भने पुलिसले बाजी मार्‍यो । पुलिसले एपिएफलाई ३–१ ले पराजित गर्दै स्वर्ण पदक जितेको हो । सोहि विधाको पुरुष तर्फको स्वर्णपनि पुलिसले जित हात पार्यो । पुलिसले एपिएफलाई ३–१ ले पराजित गर्दै स्वर्ण जितेको हो ।
आईटिएफ तेक्बान्दो
उता झापाको दमकमा जारी आइटीएफ तेक्वान्दो प्रतियोगीताको दोश्रो दिन सम्ममा ४२ पदकको टुंगो लागेको छ । पुरुष स्पाईरीङ् अन्तर्गत ४५ देखी ५० केजी तौलमा नेपाली सेनाका पूर्णबहादुर मगरले स्वर्ण, पश्चिमाञ्चलका दिपक गौतमले रजत तथा पूर्वाञ्चलका प्रभाव कार्की र मध्यमाञ्चलका सुनिल महत्तोले कास्य जितेका छन् । यस्तै ५१ देखी ५५ केजी तौल समुहमा एपिएफका योगेन्द्र धिमालले स्वर्ण, पश्चिमाञ्चलका विकल पौडेलले रजत तथा मध्यमाञ्चलका तारा तामाङ् र मध्यपश्चिमाञ्चलका हिमाल लामाले कास्य पदक जिते । ५६देखी ६० केजी तौलमा पश्चिमाञ्चलका दिनेश बुढाले स्वर्ण हात पार्दा , मध्यपश्चिमाञ्चलका शंकर यादवले रजत तथा नेपाली सेनाका सचिन्द्र तामाङ् र पूर्वाञ्चलका बशन्त बुढाथोकीले कास्य पदक हात पारे ।
प्याटन महिला ब्लु बेल्टमा आर्मीकी उसेना श्रेष्ठले स्वर्ण जितिन् । रेड बेल्टमाको स्वर्णपनि आर्मीकै कल्पना राईले जितिन् । ब्लाक बेलट पहिलो डानमा मध्यमाञ्चलकी रन्जू पुलामीले स्वर्ण जितिन् । सोहि स्पर्धाको दोश्रो डानमा आर्मीकी आश्मा श्रेष्ठले स्वर्ण पदक हात पारिन् । तेस्रो डानमा आर्मीकै तुलसा राजथलाले स्वर्ण जितिन् । प्याटन पुरुष ब्लु बेल्टमा पूर्वाञ्चलका वीरबहादुर तामाङ् पहिलो भए । रेड बेल्टमा सशष्त्रका श्यामकृष्ण श्रेष्ठले स्वर्ण जितिन् । ब्लाक बेल्ट पहिलो डानमा आर्मीका भीमबहादुर तामाङले स्वर्ण जिते । सोहि स्पर्धाको दोश्रो डानमा आर्मीका पूर्णबहादुर मगरले स्वर्ण पदक हात पारे । तेश्रो डानमा पूर्वाञ्चलका युवराज गुरुङ्ले स्वर्ण पदक हात पारे ।
क्रिकेट
सातौ राष्ट्रिय खेलकुद प्रतियोगीतामा पुरुष क्रिकेटतर्फ आज एपिएफ र पश्चिमाअञ्चल क्षेत्र बिजयी भएका छन् । एपिएफले सुदुरपश्चिमाअञ्चललाई १ सय ४४ रनको फराकिलो अन्तरले पराजित गर्यो । २ सय १ रनको चुनौती पाएको सुदुरपश्चिमाञ्चलले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ५६ रन मात्र बनाउन सक्यो । एपिएफको जितमा कप्तान पारस खड्काले नटआउट १ सय ५ रन बनाए । यस्तै सुबास खकुरेलले ६४ रन बनाए । अर्को खेलमा पश्चिमाञ्चलले मध्यामाञ्चल क्षेत्रलाई ६ रनले हरायो । १ सय २७ रनको मध्यम चुनौती पच्छ्याएको मध्यामाञ्चलले निर्धारित ओभरमा ७ विकेट गुमाउदै १ सय २१ रनमात्र जोडन सक्यो । पश्चिमाञ्चलका लागी दिपेश खत्रीले ५३ रन बनाए । जारी प्रतियोगीतामा लगातार दोस्रो जित निकालेको एपिएफ ४ अंकसहित समुह एको शीर्ष स्थानमा छ । भोलीको पहिलो खेलमा नेपाल आर्मी र मध्यपश्चिमाञ्चल तथा अर्को खेलमा पुलिस र पुर्बाअञ्चल क्षेत्र भिड्नेछन् ।
भलिबल
सातौ खेलकुद अन्र्तगत पुरुष भलिबलमा नेपाल आर्मीले पुर्वाञ्चललाई २५–२१, २५–१७ र २५–१६ को सोझो सेटमा हराएको छ । एपीएफले मध्यपश्चिमलाई २५–११, २५–१७ र २५–७ ले पराजित गर्यो । मध्यमाञ्चल भने पश्चिमाञ्चलसंग २५–१५, २५–१५ र २५–१५ को सोझो सेटमा पराजित भयो । महिलातर्फको स्पर्धामा मध्यमाञ्चलले पुर्वाञ्चललाई २५–३, २५–२०, र २५–४ को सोझो सेटमा हरायो । पुलिशले सुदुरपश्चिमाअञ्चललाई २५–६, २५–८ र २५–१० को सोझो सेटले पराजित गर्दा पश्चिमाञ्चलले मध्यपश्चिममाञ्चललाई २५–११, २५–२० र २५–८ को सेटले स्तब्ध पार्यो ।
Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments