Open top menu
Friday, December 25, 2020
विर्तामोडलाई पाखा लगाउँदै बेलबारी फाईनलमा

विर्तामोड युनाईटेडलाई पाखा लगाउँदै मोरङ्गको नर्थ राधानगर फुट्बल क्लब झापाको दमकमा जारी दुम्सेली नक आउट फुट्बल प्रतियोगिताको फाईनल प्रबेश गरेको छ । उसले विर्तामोड माथी एक शुन्यको जीत निकालेको हो । 


निक्कै नै प्रतिस्पर्धात्मक रहेको खेलमा विजयी टिमका लागि म्यान अफ दि म्याच विवेक पौडेलले निर्णायक गोल गरे । जर्सी नम्बर ७ का पौडेलले दोश्रो हाफको १७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि एक शुन्यले पछि परेको विर्तामोडले खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि गोल गर्न नसक्दा प्रतियोगिताको सेमिफाईनलबाटै बाहिरीएको छ ।

भोली अन्तिम सेमिफाईनलमा आयोजक चुलाचुली फुट्बल क्लब र फुलबारी स्पोर्टिङ्ग क्लब धरमपुर आमने–सामने हुने खेल संयोजक अनिस बस्नेतले जानकारी दिनुभयो ।

दमक–३ स्थित चुलाचुली खेल मैदानमा जारी सो प्रतियोगिताको विजेताले नगद २५ हजार र उप–विजेताले नगद १५ हजारसँगै ट्रफी हात पार्ने छन् । प्रतियोगितामा झापा र मोरङ्गका गरी १२ टिमको सहभागिता रहेको छ ।

Read more