Open top menu
Friday, November 4, 2022
आयोजक झापाको विजयी शुरुवात

   


शरणामति। झापाको झापा गाउँपालिका ६ स्थित जनता माविको खेलमैदानमा जारी प्रदेश १ स्तरीय अन्तर पालिका भलिबल प्रतियोगितामा झापाले विजयी शुरुवात गरेको छ। उसले झापाकै मेचीनगर नगरपालिकालाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । पहिलो सेट २५-१४ ले आफ्नो पक्षमा पारेको झापाले दोस्रो सेट २५-२० र तेस्रो सेट २५-११ ले आफ्नो पक्षमा पारेको थियोे ।  जितसँगै झापा प्रतियोगिताको दोस्रो चरणमा प्रबेश गरेको छ । झापाका रोशन शिवाकोटी म्यान अफ द म्याच घोषित भए। शनिबार ५ खेल हुनेछन् । पहिलो खेलमा त्रियुगा नगरपालिका उदयपुर र मादी गाउँपालिका संखुवासभा आमनेसामने हुनेछन्। २२ गते सम्म चल्ने सो प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको आयोजना झापा गाउँपालिकाले गरेको हो ।



Read more