Open top menu
Monday, March 20, 2017
इण्डीया र अष्ट्रेलियाबीचको तेस्रो टेष्ट बराबरी

इण्डीया र अष्ट्रेलियाबीचको तेस्रो टेष्ट बराबरीमा सकिएको छ । आज पाँचौ तथा अन्तिम दिन पाहुँना टोली अष्ट्रेलियाले पुरै खेलेपछि तेस्रो टेष्ट बराबरीमा सकिएको हो । चौथो दिन ७.२ ओभरमा २ विकेट गुमाएर दबाबमा रहेको कंगारु टोलीका लागी आज थप दबाब रहेको थियो । आज ओपनर ब्याट्समेन म्याट रेन्स १५ तथा कप्तान स्टेभन स्मिथ २१ रनमा आउट भएपछि पाहुना टोली संकटमा परेको थियो । यद्यपी सन मार्स र पेटर हेन्ड्सकोम्बको साझेदारी घरेलु टोली इण्डीयाको लागी बाधक बन्यो ।

स्मिथलाई चौथो विकेटमा गुमाउँदा मात्र ६३ रन जोडेको कंगारु टोलीका लागी मार्स र हेन्ड्सकोम्बको जोडीले एक सय ८७ रन सम्म पुर्याएका थिए । आज बाँकी  ९२.४  ओभर  मात्र  खेल्नु  पर्ने  भएकोले  पाहुना  टोली संकटमा  परेसँगै पुरै ओभर टिक्न संघर्षरत थियो । मार्स रविन्द्र जडेजाको बलमा मुरली विजयद्धारा समातिएका थिए । उनले एक सय ९७ बलको सामनामा ७ चौकाको सहायताले ५३ रन जोडे । उनी ९१.२ ओभरमा आउट भएका थिए ।
त्यसपछि क्रिजमा आएका आक्रामक ब्याट्समेन ग्लेन म्याक्सवेल मात्र  २ रनमा पेवेलियन फर्किएपनि  ह्याण्ड्सकोम्ब र विकेट किपर म्याथ्यु वाडले अविजित खेलेका थिए । २०० बल खेलेका ह्याण्ड्सकोम्ब ७ चौका प्रहार गर्दै ७२ रनमा रहे भने वाडले १६ बलमा २ चौका हान्दै ९ रन जोडे । खेल सकिंदा पाहुना टोलीले एक सय ओभरमा ६ विकेटको क्ष्यतिमा २ सय ४ रन बनाएको थियो । बलिङ्गतर्फ रविन्द्र जडेजाले ४ तथा इशान्त शर्मा र रविचन्द्रन अश्विनले समान एक विकेट लिए ।
यसअघि राँचीमा टस जितेर ब्याटिङ्ग गरेको पाहुना टोली अष्ट्रेलियाले पहिलो इनिङ्गमा कप्तान स्टेभन स्मिथको सर्बाधिक अविजित एक सय ७८ तथा ग्लेन म्याक्सवेलको एक सय ४ रनको मद्दतमा १३७.३ ओभरमा ४ सय ५१ रन बनाएको थियो । 
जवाफमा घरेलु टोली इण्डीयाले उत्कृष्ट प्रदर्शन गर्दैै चेतेश्वर पुजराको २ सय २ , ऋद्धिमान शाहाको एक सय १७ तथा ओपनर मुरली विजयको ८२ र लोकेश राहुलको ६७ रनको मद्दतमा २१० ओभरमा ९ विकेटको क्ष्यतिमा ६ सय ३ रन बनाउँदै इनिङ्ग समाप्तिको घोषणा गरेको थियो । 
यो बराबरीसँगै चार टेष्ट म्याचको श्रृंखला एक / एक को बराबरीमा कायमै रहेको छ । यो खेलको म्यान अफ दि म्याच चेतेश्वर पुजरा भए । चौथो तथा अन्त्मि टेष्ट १२ गतेबाट धर्मशालामा शुरु हुनेछ ।
७ चैत्र,२०७३
Read more