Open top menu
Tuesday, March 21, 2017
घानाका रेफ्रीलाई आजीवन प्रतिबन्ध

एजेन्सी  विश्व फुटबल महासंघ फिफाले घानाका रेफ्री जोसेप ल्याम्पटीलाई फुटबल गतिविधिबाट आजीवन प्रतिबन्ध लगाएको छ । नियोजित रुपमा खेल हेरफेर गरेको भन्दै फिफाले राष्ट्रिय र अन्तराष्ट्रिय फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।
विश्वकप छनोट अन्र्तगत गत नेभेम्वरमा साउथ अफ्रिका र सेनेगलबीचको खेलको नतिजामा नियोजित हेरफेर गरेको भन्दै फिफाले प्रतिबन्ध लगाएको जनाएको छ ।  सेनेगलका खेलाडीले ह्यान्ड बल गरेको भन्दै रेफ्री जोसेफले पेनाल्टी दिएपनि रिप्लेमा त्यो घुडामा लागेको देखिएको थियो । सो खेल साउथ अफ्रिकाले २–१ ले जित्दै ४ टोली समुहको दोस्रो स्थानमा उक्लिएको थियो ।

आजिवन प्रतिबन्धको निर्णय बिरुद्ध ल्याम्पटीले फिफा र खेलकुदको सर्वोच्च अदालत कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्टसमा अपिल गर्न पाउनेछन ।
चैत्र ८, २०७३
Read more