Open top menu
Saturday, October 22, 2022
झापा गाउँपालिकामा १८ गतेदेखि तेस्रो अध्यक्ष कप भलिवल हुने

 

झापा। झापाको झापा गाउँपालिकामा प्रदेश १ स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता हुने भएको छ। वडा नम्बर -६ स्थित शरणामतीमा प्रदेश १ स्तरीय तेस्रो अध्यक्ष कप अन्तर पालिका पुरुष भलिवल प्रतियोगिता हुने भएको हो । प्रदेशका १६ टिमको सहभागीता रहने प्रतियोगिता कार्तिक १८ गतेदेखि २२ गते संचालन हुनेछ ।

यसैविच प्रतियोगिता सञ्चालनका लागि शनिवार बसेको आमभेलाले आयोजक समिति गठन गरेको छ। भेलाले खगेन्द्र घिमिरेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा हुमा कार्की,सचिवमा रुपनारायण बजगाई,सह-सचिवमा भुवन कार्की,कोषाध्यक्षमा दिपक सिटौला रहेका छन् । त्यस्तै सदस्यहरुमा रुपक कार्की,गोपाल प्रसाई,नवीन कटुवाल,भुमिका भट्टराई,डम्बर बस्नेत र शंखरप्रसाद पाण्डे रहेका छन् । 

भेलाले गजेन्द्र ताम्लीको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। त्यस्तै शंकरप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति पनि गठन गरेको छ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयासहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै प्रतियोगिताको वेस्ट प्लेयरले ११ हजार, वेस्ट ब्लकर,वेस्ट सेटर,वेस्ट डिफेन्स,वेस्ट स्पाइकर र राइजिङ प्लेयरले जनही ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता संचालनका लागि ११ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

Read more