Open top menu
Thursday, December 24, 2020
वाईएफसी पथरीलाई एक शुन्यले पाखा लगाउँदै आयोजक सेमिफाईनलमा

 वाईएफसी पथरीलाई एक शुन्यले पाखा लगाउँदै आयोजक चुलाचुली फुट्बल क्लब झापाको दमकमा जारी दुम्सेली नक आउट फुट्बल प्रतियोगिताको सेमिफाईनल प्रबेश गरेको छ ।

विजयी टिमका लागि म्यान अफ दि म्याच मल्दिनो आङ्गथुपोले निर्णायक गोल गरे । उनले पहिलो हाफको ५ औं मिनेटमा पेनाल्टि मार्फत गरेको गोल नै अयोजकलाई सेमिफाईनल पुग्न पर्याप्त भयो ।

खेलको शुरुवातमै एक शुन्यले पछि परेको वाईएफसीले गोल गर्ने थुप्रै अबसर पाएपनि सदुपयोग गर्न नसक्दा प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेपनि क्वाटरफाईनलबाटै घर फर्किएको छ ।

जितसँगै आयोजकले अब अन्तिम दुई प्रबेशका लागि फुलबारी स्पोर्टिङ्ग क्लब धरमपुरसँग प्रतिस्पर्धा गर्नेछ । भोली प्रतियोगिताको पहिलो सेमिफाईनलमा विर्तामोड युनाईटेड झापा र बेलबारी फुट्बल क्लब मोरङ्ग आमने–सामने हुने खेल संयोजक अनिस बस्नेतले जानकारी दिनुभयो ।

दमक–३ स्थित चुलाचुली खेल मैदानमा जारी सो प्रतियोगिताको विजेताले नगद २५ हजार र उप–विजेताले नगद १५ हजारसँगै ट्रफी हात पार्ने छन् ।

Read more