Open top menu
Friday, January 6, 2017
न्युजिल्याण्डलाई श्रृंखला


उत्तम रिजाल,  बंगलादेश विरुद्धको तीन ट्वान्टी–ट्वान्टी म्याचको श्रृंखला न्युजिल्याण्डले जितेको छ । दोस्रो ट्वान्टी–ट्वान्टी म्याचमा ४७ रनको जित हासिल गरेसँगै न्युजिल्याण्डले एक खेल अगावै श्रृंखला जितेको हो ।
न्युजिल्याण्डले प्रस्तुत गरेको एक सय ९६ रनको लक्ष्य पच्छ्याएको बंगलादेश १८ दशमलव एक ओभरमा एक सय ४८ रनमा समेटिएको थियो । उसका लागी सविर रहमानले ४८, सौम्य सरकारले ३९, महमदुल्लाहले १९ तथा नुरुल हसनले १० रन जोड्न बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् ।
बलिङ्गतर्फ न्युजिल्याण्डका इण्डरवीर सिंह सोधीले ३ , कप्तान कान विलियम्सन र बेन ह्विलरले २/२ विकेट लिएका थिए । यसअघि टस हारेर ब्याटिङ्ग गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्ष्यतिमा एक सय ९५ रन बनाएको थियो ।
उसका लागी म्यान अफ दि म्याच कोलिन मुन्रोले एक सय एक ,टोम ब्रुसले ५९ र कप्तान कान विलियम्सनले १२ रनको योगदान दिएका थिए भने अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् ।

२३ पुस,२०७३

Read more
श्रीलंका विरुद्धको तीन टेष्ट म्याचको श्रृंखला साउथ अफ्रिकालाई

दोस्रो टेष्टमा पाहुना टोली श्रीलंकालाई २ सय ८२ रनले पराजित गर्दै साउथ अफ्रिकाले तीन टेष्ट म्याचको श्रृंखला एक खेल अगावै जितेको छ ।
जितका लागी ५ सय ७ रनको विशाल लक्ष्य पच्छ्याएको पाहुना टोली ६२ ओभरमा २ सय २४ रनमै समेटिएपछि घरेलु टोली विजयी भएको हो । श्रीलंकाका लागी कप्तान एंगेलो म्याथ्युजले ४९ , रंगना हेराथले अविजित ३५ , दिनेश चण्डिमालले ३० र कौशल शिल्भाले २९ रन जोड्न बाहेक अन्यले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । श्रीलंका यसअघि पहिलो इनिङ्गमा एक सय १० रनमा समेटिएको थियो ।
2
उता केपटाउनमा टस हारेर ब्याटिङ्ग गरेको घरेलु टोलीले भने पहिलो इनिङ्गमा ओपनर डिन एल्गरको एक सय २९ , क्विन्टोन डे कोकको एक सय एक र कप्तान फाप डु प्लेसिसको ३८ रनको मद्दतमा एक सय १६ ओभरमा ३ सय ९२ रन बनाएको थियो भने दोस्रो इनिङ्गमा ५१ दशमलव ५ ओभरमा ७ विकेटको क्ष्यतिमा २ सय २४ रन बनाउँदा इनिङ्ग समाप्तिको घोषणा गरेको थियो ।
4
खेलको म्यान अफ दि म्याच विजयी टिमका कागिसो रवाडा भए । उनले श्रीलंकाका ६ ब्याट्समेनलाई पेवेलियनको बाटो देखाएका थिए ।

२२ पुस, २०७३
Read more
अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मिरा र उनका प्रशिक्षक मल्ल सम्मानित

अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मिरा राई र उनका प्रशिक्षक ध्रुव विक्रम मल्ललाई झापाको दमकमा सम्मान गरिएको छ । सगरमाथा डोजाङ बेलायतका संस्थापक प्रमुख राष्ट्र राईको पहलमा उनीहरुलाई सम्मान गरिएको हो । खेलको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सफल भएकाले उनलाई सम्मान गरिएको राईले बताए ।
बेलायतस्थित डोजाङका प्रमुख तथा प्रशिक्षक राईको अगुवाईमा बेलायतका अन्य चार संस्था किरात राई यायोक्खा, किरात युथ अर्गनाइजेसन, जोन मार्सल आर्ट एकेडेमी र भोजपुर समाजको सहभागितामा मिरा राईको सहयोगार्थ ३० लाख रुपैयाँ संकलन गरिएको थियो। सोहि रकमबाट आज एक कार्यक्रम आयोजना गरी राईलाई २८ लाख र प्रशिक्षक ध्रुब मल्ललाई दुईलाख रुपैयाँसहित सम्मान गरिएको हो ।
mirr
उनीहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट ,नेपाली कांग्रेसकी सभासद महेन्द्रा सुब्बा लगायतले चेक हस्तान्तरण गरेका थिए । दमक रेडक्रस भवनमा भएको सम्मान कार्यक्रममा झापाका विभिन्न खेलकुद संघ संस्थाका पदाधिकारी र खेल प्रेमीहरुको उल्लेखिय उपस्थिति रहेको थियो । कार्यक्रमको आयोजना सगरमाथा मल्टि मार्सल आर्ट एकेडेमी दमकले गरेको थियो ।
२१ पुस, २०७३
Read more