Open top menu
Sunday, April 2, 2017
मायामी ओपन टेनिसको उपाधि रोजर फेडेररलाई

पाँचौं मायामी ओपन टेनिसको उपाधि रोजर फेडेररले जितेका छन् । फाइनलमा चिर प्रतिद्वन्द्वी राफेल नाडाललाई हराएर फेडेररले उपाधि उचालेका हुन् ।

विश्व नम्बर ६ रोजर फेडेररले सातौं बरियताका राफेल नाडाललाई ६–३ र ६–४ को सेटमा हराएर उपाधि उचालेका हुन् । स्वीस फेडेररले निक किरिओसलाई ७–६, ६–७ र ७–६ को सेटमा हराएर फाइनलमा स्थान बनाएका थिए । 

यस्तै सातौं बरियताका स्पेनिस नाडालले सेमिफाइनलमा ४० औं बरियताका फाबियो फोग्निनीलाई ६–१ र ७–५ को सेटमा हराएर फाइनलमा स्थान पक्का गरेका थिए । मायामी ओपनको फाइनल भेट फेडेरर र नाडालबिचको ३७ औं भेट थियो । फेडेररले गएको जनवरीमा भएको अस्ट्रेलियन ओपनमा नाडाललाई हराएर उपाधि जितेका थिए । 
मायामी ओपनको उपाधि तेश्रोपटक जितेका फेडेररले यसले आफूलाई फ्रेन्च ओपनमा राम्रो प्रदर्शन गर्ने हौसला मिलेको बताए । घुँडाको चोटका कारण लामो समय कोर्टमा नदेखिएका ३५ वर्षे फेडेरर मायामी ओपनको उपाधि जित्ने सबैभन्दा बढी उमेरका खेलाडी पनि भएका छन् ।

Read more
लिग लिडर चेल्सीको अप्रत्यासित हार

लिग लिडर चेल्सीले अप्रत्यासित हार ब्यहोरेपछि इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि होड रोमाञ्चक बनेको छ । गए राति आफ्नै घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा उ  क्रिस्टल प्यालेससंग २–१ ले पराजित भयो । खेलको ५ औ मिनेटमा सेस फाब्रिगासको गोल मार्फत अग्रता लिएपनि त्यसको ६ मिनेटमा २ गोल खाएको थियो ।


खेलपछि चेल्सी प्रशिक्षक एन्टोनी कोन्टेले अप्रत्यासित हारले प्रिमियर लिगको उपाधि यात्रा अझ रोचक बनेको प्रतिक्रिया दिए । लिगमा ९ खेल बाँकी रहदा लण्डन क्लब, दोस्रो स्थानको टोटनह्याम भन्दा ७ अंकले अघि छ । अर्को खेलमा टोटनह्यामले वर्नलीलाई २–० ले पराजित गरेको छ । त्यस्तै, लिभरपुलले एर्भटनलाई ३–१ ले पराजित गर्दै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।
शीर्ष चार भित्र पर्न संघर्षरत म्यानचेष्टर युनाईटेडले भने वेष्ट ब्रोमसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको छ । पछिल्लो नतिजाले शीर्ष चारभित्र पर्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने म्यान युको सम्भावना कम्जोर बनेको छ । ९ खेल बाँकी छदा म्यान यु चौथो स्थामा रहेको म्यान्चेष्टर सिटी भन्दा ४ अंकले पछाडी छ ।
२० चैत्र, २०७३
Read more